ブログ

ポッドキャスト

ポッドキャスト RSS

2025.10.30[Thu] 09:00

【BOOKUOKA】

हरेक वर्ष अक्टोबर २७ देखि नोभेम्बर ९ तारिकसम्मको दुई हप्तालाई "पठन सप्ताह" को रूपमामनाइन्छ।

यसको उद्देश्य मानिसहरूलाई किताबसँग नजिक हुनेअवसर प्रदान गर्नुहो। शरद ऋतुको मौसम, जहाँ हावा स्वच्छ रमनोरमहुन्छ, पढ्नको लागिएकदमै उपयुक्त मानिन्छ। यस समयमा ध्यान केन्द्रित गर्ने क्षमता पनि बढ्ने भएकाले पढाइको आनन्द लिनको लागि योउत्कृष्टअवधि हो।

, यही समयमाहरेक वर्ष आयोजना हुने लोकप्रिय कार्यक्रम हो, "BOOKUOKA(बुकुओका)"।

"फुकुओकालाई किताबको सहर बनाऔं" भन्ने सोचका साथ सुरु भएको यो कार्यक्रम, यस वर्ष२०औं पटकआयोजना हुँदैछ। किताब पसलहरू, प्रकाशन गृहहरू, सम्पादकहरू लगायत किताबसँग सम्बन्धित व्यक्तिहरूले आयोजक समितिमा रहेर, फुकुओका सहरभरिपुरानो किताबको बजारगोष्ठीजस्ताविभिन्न कार्यक्रमहरूआयोजना गर्नेछन्। कार्यक्रम अवधिभरिसहरभरि नै किताब प्रेमीहरूकोभीडभाडदेखिनेछ।

तीमध्ये, मुख्य कार्यक्रमहो, "खुला आकाशमुनि प्रयोग गरिएका पुस्तक बजार"।

यो कार्यक्रम, यस वर्ष नोभेम्बर २ तारिक आइतबारका दिनआयोजना हुनेछ। कार्यक्रमस्थल, तेन्जिनबाटगोकोकु जिन्जासम्म जाने "खेयाकी डोरी" सडक हो। यो सडकमा पुरानो किताबको खुला बजारसजिएको हुनेछ। प्रकाशन गृहहरू, किताब पसलहरू, र साधारण किताब मन पराउने व्यक्तिहरूलेआफ्नै तरिकालेछानेका पुरानो किताबहरू राखेरएक दिनका लागिसानो किताब पसलखोल्नेछन्। तपाईंले खोजिरहनुभएकोलोप भइसकेकोवामूल्यवान्किताबहरू पनि यहाँभेटिन सक्छन्। अवश्य पनि, नयाँ किताबहरूपनि भेट्टाउनुहोला! पसलवालाहरूसँग कुराकानी गर्नु रव्यक्तिगत विशेषताभएका स्टलहरूघुमेर हेर्नुपनिरमाइलो हुन्छ। यो हरेक वर्ष धेरै मानिसहरूकोसहभागितामाआयोजना हुने,एक लोकप्रिय कार्यक्रम हो।घुम्दै जाँदाएकपटकअवश्य हेर्नुहोला।

त्यस्तै, अर्को एउटा कार्यक्रम जुनगत वर्षको शरद ऋतुमापहिलो पटक आयोजना भईअत्यन्तै सफलभएको थियो, त्यो यस वर्ष पनिआयोजना हुँदैछ! त्यो हो, तेन्जिनको Fukuoka PARCO मा सीमित अवधिको लागि आयोजना हुने कार्यक्रम, "BOOK MEETS FUKUOKA"

यसमादेशभरिका प्रकाशन गृहहरू र किताब पसलहरूभेला हुनेछन्विभिन्न प्रकारका किताबहरूप्रदर्शित हुनेछन्। जापानभरिका ३४ वटासाना र मध्यम आकारकाप्रकाशन गृहहरू रआफ्नै शैलीकाकारण लोकप्रिय बनेका प्रिफेक्चर भित्रका ६ वटास्वतन्त्रकिताब पसलहरूआ-आफ्नोउत्कृष्टकिताबहरूलिएर सहभागी हुनेछन्।किताबका विशेषज्ञहरूलेसिफारिस गरेका किताबहरू राखिएको कर्नर, पुरानो किताब बजार घुम्ती, साथैप्रदर्शनी कर्नरमौलिक सामानको बिक्री पनिगरिनेछ।

यसका अतिरिक्त, फुकुओकाका विभिन्न किताब पसलहरूमा पनिकार्यक्रम अवधिभरिविभिन्न योजनाहरूआयोजना हुनेछन्।

स्थानीयउच्च विद्यालयका विद्यार्थीहरूकिताब पसलका कर्मचारीहरूलेसिफारिस गरेका किताबहरू राखिएकोविशेष कर्नर,हरेक पसलमाफरक-फरक हुनेछन्। साथै, केही किताब पसलहरूमालेखकहरूद्वारागोष्ठीपनिआयोजना हुनेछन्, र यस वर्षकोरियाबाटपनिएक लोकप्रिय निबन्धकारआमन्त्रित हुनेखबर छ।

केही किताब पसलहरूमा त काम गरिरहेका किताब पसलकर्मीहरूको एक जुट हुने कार्यक्रमहरू समेत आयोजना गरिन्छ। त्यसमै, भूत-प्रेतको कथा सुनाउने विशिष्ट कथावाचन कार्यक्रम, नाटकको मज़ा लिने योजना, र सृजनात्मक कार्यशाला जस्ता विभिन्न गतिविधिहरू पनि हुनेछन्। यो समयको विशेष अवसरमा, किताबसँग सम्बन्धित अनौठा र रोचक अनुभवहरू थुप्रै छन्!

यदि तपाईंलाईयसमाचासो छभने, कृपया "BOOKUOKA (बुकुओका)"भनेर खोजीगर्नुहोला।

किताबको बीचमा बसेर रमाइलो किसिमका अनौठा भेटघाटको अनुभव लिन सक्नुहुन्छ।
पढाइको यो शरद ऋतु, दिल खोलेर रमाइलो गर्नुहोस् है

2025.10.23[Thu] 09:00

【Fukuoka City Bousai Fair】

फुकुओकासिटी हलको पश्चिमपट्टी रहेको "फुरेआई हिरोबा" मा विपद् रोकथाम (आपतकालीन तयारी) सम्बन्धी जानकारीहेर्न, सिक्न र अनुभव गर्न सकिनेकार्यक्रम, " Fukuoka City Bousai Fair " आयोजना हुन गईरहेको छ।

यो कार्यक्रमनोभेम्बर महिनाको १ तारिक शनिबारका दिनआयोजना हुनेछ।

कार्यक्रम स्थलमा, विपद् रोकथामसँग सम्बन्धित लगभग ४० वटा संघसंस्था तथा कम्पनीहरूलेआफ्नो जानकारीमूलक बुथ स्थापना गर्नेछन्। त्यहाँ विपद् रोकथाममा उपयोगी ज्ञान, प्रविधि र नवीनतम उपकरणहरूप्रत्यक्ष हेर्न, सिक्न र अनुभव गर्न सकिनेछ।

साथै, आश्रयस्थल (Evacuation center) कस्तो हुन्छ भन्ने कुरा जान्नका लागि आश्रयस्थलको जीवनशैली झल्काउनेठाउँको प्रदर्शनीपनिहुनेछ। यो कार्यक्रमलेपरिवारका सबै सदस्यहरुले रमाइलोका साथविपद्का लागि तयारी गर्न सहयोगगर्नेछ।

स्टेजमा, फुकुओका शहरद्वारा दमकलको परम्परागत कलाको प्रस्तुति, सिटी हलको प्रयोग गरेर गरिने दमकल अभ्यास, र विपद् उद्धार कुकुरहरूको प्रदर्शन जस्ताआकर्षक कार्यक्रमहरूहेर्न सकिनेछ।

यसका साथै, दमकल, पुलिस कार जस्ता विपद् प्रतिकार्यमा प्रयोग हुने सवारी साधनहरूको प्रदर्शनी, अभिभावक-बालबालिका दुवैले भाग लिन मिल्ने विपद् रोकथाम क्विज, चार मिटर लामोडायनासोरको आगमन जस्ताधेरै रमाइला योजनाहरूअभिभावक-बालबालिकाका लागिउपलब्ध छन्!

पुरस्कार जित्न सकिने क्विज र्‍याली र लोकप्रिय किचन कारहरूको उपस्थिति पनिहुनेछ, जसले गर्दा बालबालिकादेखि वयस्कसम्म, सबै उमेर समूहका मानिसहरूले विपद् रोकथामलाईनजिकबाट बुझ्न सक्नेकार्यक्रमबनेको छ।

कार्यक्रम बिहान१० बजेदेखिबेलुका४ बजेसम्मचल्नेछ।

आगामी हप्ता, नोभेम्बर १ तारिक शनिबार, फुकुओका सिटी हल अगाडिको फुरेआई हिरोबामारमाइलो तरिकालेविपद् रोकथामबारेज्ञान हासिल गरौं।

 

 

【फुकुओका शहरको सूचना】

“फुकुओका किबो च्युउ गाक्को - विद्यालयको जानकारीमूलक सेमिनार”को सूचना

"फुकुओका किबो च्युउ गाक्को" भनी चिनिने विद्यालयको बारेमायहाँहरुलाई जानकारी छ?

यो फुकुओका शहरले स्थापना गरेकोसरकारी रात्रि माध्यमिक विद्यालयहो, जुन विभिन्न कारणले अनिवार्य शिक्षा प्राप्त गर्न नसकेका वा विद्यालय नजाने जस्ता कारणले कक्षा लिन नपाएका व्यक्तिहरूको लागिखोलिएको हो।

यसमाराष्ट्रियताको कुनै बन्देज नराखीभर्ना हुन सकिन्छ।

यहाँ दिउँसोको माध्यमिक विद्यालयमा जस्तै ९ वटै विषयपढाइ हुन्छ, तर जापानी भाषामा समस्या हुने विद्यार्थीहरूलेजापानी भाषाको विशेष कक्षा पनिलिन सक्नेछन्।

विद्यालयकोपाठ्यक्रम पूरा गरेपछि, माध्यमिक विद्यालयकोस्नातकको प्रमाणपत्रप्राप्त हुनेछ।

कक्षा सोमबारदेखि शुक्रबार साँझ ५:५० बजेबाट राती ९:१५ बजे सम्म हुन्छ। 

विद्यालयको ठेगाना, सवारा वार्डको मोमोचीमाअवस्थित छ।

कक्षाकोशुल्क र पाठ्यपुस्तकको खर्चलाग्ने छैन।

विस्तृत जानकारीलिन चाहने व्यक्तिहरूको लागि, विद्यालयको जानकारीमूलक सेमिनार डिसेम्बर ७ तारिक दिउँसो २ बजेदेखिआयोजना हुनेछ।

कृपयाडिसेम्बर १ तारिकभित्र फोन वा वेबसाइट मार्फतआफ्नो सहभागिताको लागि दर्तागर्नुहोला।

फोन नम्बर ०९२४०००७५१  हो।

सोमबारदेखि शुक्रबार, दिउँसो २ बजेबाट राति ९:३० बजेसम्म कल स्वीकार गरिन्छ।

वेबसाइटको लागि, कृपया " फुकुओका किबो च्युउ गाक्को सेइतो बोस्यु (福岡きぼう中学校 生徒募集) "भनेर खोज्नुहोस्।

सोधपुछ तथा परामर्शको लागि पनिसम्पर्क गर्न सकिन्छ।

वेबसाइटमा दिइएको इमेल ठेगाना प्रयोग गरेर, तपाईंलेआफ्नो भाषामापनिसजिलै सोधपुछगर्न सक्नुहुनेछ।

🔎https://sites.google.com/fuku-c.ed.jp/fukuokakibou/admissions/info

2025.10.16[Thu] 09:00

जापानी भाषा(日本語) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【Hakata Old Town Festival/Hakata Old Town Light-up Walk】

पुराना हाकाताको आकर्षण अनुभव गर्न सकिने शरद ऋतुका केही कार्यक्रमहरूको जानकारी गराउँदैछौँ ।

यस शुक्रबार, १७ तारिकबाट सुरु हुने कार्यक्रम हो, "Hakata Old Town Festival"। धेरैजसो मन्दिर तथा पुराना सहरहरू रहेका "हाकाता पुरानो सहर" क्षेत्रमा अर्को महिना नोभेम्बर ९ तारिकआइतबारसम्म, इतिहास र संस्कृतिले भरिपूर्ण सहरमा विभिन्न कार्यक्रमहरू आयोजना हुनेछन् । २४ दिनसम्म चल्ने यो महोत्सवमा पुरानो सहर घुम्ने, किमोनो लगाउने, खानेकुराको आनन्द लिने अवसर प्राप्त हुनेछ ।

यसमध्ये पनि " Hakata Old Town Light-up Walk"विशेष छ, सामान्यतया प्रवेश गर्न नमिल्ने मन्दिरहरू यो अवधिमा विशेष गरी राति खुला गरिनेछ । मन्दिरका भवन र बगैँचालाई उज्यालोले सजाइनेछ र सुन्दर बनाइएका मन्दिरका बाटो तथा रमणीय परिसरको आनन्द लिन सकिनेछ । यो कार्यक्रममा दिउँसोभन्दा फरक वातावरणमा मन्दिर दर्शन गर्न पाइनेछ । यस वर्षको झिलिमिलीको विषय "प्रकाशको जङ्गल"रहेको छ । " Hakata Old Town Light-up Walk" ३१ तारिकशुक्रबारबाट सुरु भई नोभेम्बर ३ तारिकसोमबारसम्म चल्नेछ । झिलिमिलीको समय साँझ १७:३० देखि राति २१:०० बजेसम्म तोकिएको छ ।

यी ४ दिनमा, क्लासिक सङ्गीतको प्रत्यक्ष प्रस्तुति, ज्याजको प्रत्यक्ष सङ्गीतसँगै जापानी रक्सी लगायतका पेय पदार्थ, फुड ट्रकका परिकारको आनन्द लिन सकिने साङ्गीतिक कार्यक्रम, साथै रात्रिकालीन बजार र बजारमा दिन र रात दुवै समय हाकाताको खानाको मजा लिन सकिनेछ । थप जानकारीको लागि, कृपया वेबसाइट हेर्नुहोस् ।

यो कार्यक्रममा मात्र उपलब्ध हाकाताको विशेष इतिहास र संस्कृतिको अनुभव गर्न, तपाईहरु पनि पक्कै जानुहोला ।

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

"२३औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" को जानकारी

"२३औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?

अक्टोबर १९ आइतबार दिउँसो १३:०० बजे देखि "२३ औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता आयोजना हुन गईरहेको छ। 

यस प्रतियोगितामा, फुकुओका सहर क्षेत्रमा रहेका कक्षाहरू वा स्कूलहरूमा जापानी भाषा सिकिरहेका विदेशीहरूले फुकुओकामा बस्दा अनुभव गरेका कुराहरू वा आफ्नो भविष्यका सपना जस्ता विभिन्न विषयहरूमा जापानी भाषामा वक्तव्य दिनेछन्।

कार्यक्रम स्थल, फुकुओका सहरको चुओ वार्ड रोप्पोनमाचुमा रहेको फुकुओका सिटी साइन्स म्युजियमको साइन्स हलमा हुनेछ। प्रवेश शुल्क निःशुल्क छ, र कार्यक्रममा आउनको लागि अग्रिम बुकिङ आवश्यक छैन।

प्रतियोगीहरूले गरेको मेहनत र सिकाइको फल सुन्न तपाईंहरू पनि अवश्य आउनुहोस्!

अधिक जानकारीको लागि, सार्वजनिक हित समावेशी फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिता कार्यान्वयन समितिको फोन नम्बर (०९२-२६२-१७४४) मा सम्पर्क गर्नुहोस्।



शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा-“याराना हिरोबा” को जानकारी

तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,

हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमाहरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।

अक्टोबर महिनामा यो कार्यक्रम२८ तारिक मंगलबारहुनेछ। 

समय बिहान१०:३० देखि ११:३० सम्महो।

कार्यक्रमको विषयबस्तु हो,"सान्नो कोदोमो प्लाजाबाट सञ्चालित ३० मिनेटको रिथमिक कक्षा"।

सङ्गीतको तालमा अभिभावक र बच्चा दुवैले जिउ हल्लाउँदै रमाइलो गर्नेछन्। यो अभिभावक र बच्चाबीचको आत्मीय सम्बन्ध अझ बलियो बनाउने अवसर हो। रिथमिकको माध्यमबाट सङ्गीतको मजा र अभिव्यक्तिको आनन्दलाई अभिभावक र बच्चा दुवै मिलेर महसुस गरेर हेरौं! 

आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको फेसबुकमा हेर्नुहोस्।

2025.10.09[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【लकुद दिवस】

प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो सोमबारलाई खेलकुद दिवस का रूपमा मनाइन्छ। यो दिनलाई खेलकुदमा रमाएर स्वस्थ शरीर र मनको विकास गर्ने दिन भनी सार्वजनिकबिदा दिइएको छ।

यो समय मौसम पनि राम्रो हुने भएकाले ठाउँठाउँमा खेलकुद प्रतियोगिता र कार्यक्रमहरू आयोजना हुन्छन्। यदि तपाईंलाई पनि नियमित व्यायामको कमी महसुस भएको छ भनेयो मौकामा शरीरलाई चलायमान बनाउने होइन व्यायाम गर्नाले शरीर स्वस्थ हुनुका साथै धेरै परिश्रम गरेपछि भोक लाग्छ र खाना पनि अझ स्वादिष्ट लाग्छ।

साथैव्यायामपछि राम्रोसँग आराम गर्दा दैनिक जीवन व्यवस्थित हुन्छशरीर र मनबीच सन्तुलन कायम रहन्छर यसले दैनिक कार्यक्षमता पनि बढाउन सक्छ।

स्वस्थ रहनका लागि वयस्क मानिसका लागि दैनिक ६० मिनेट वा सोभन्दा बढी समय हिँड्नु वा त्यस्तै प्रकारको शारीरिक गतिविधि गर्नु उपयुक्त मानिन्छ। यसलाई हिँडाइमा नाप्दा लगभग ८,००० पाइला वा त्योभन्दा बढी हिँड्नु राम्रो मानिन्छ।

यो समय मौसम पनि राम्रो हुने भएकाले यो उपयुक्त हुन्छ। त्यसैलेयो 'खेलकुदको शरद ऋतुमा आफूलाई मन पर्ने खेल्ने वा नयाँ खेलमा सहभागी हुने वा दैनिक जीवनमा शारीरिक गतिविधि थप्ने जस्ता प्रयास गर्नुभए कसो होला?

 

 

【फुकुओका शहरको सूचना】

द क्रिएटर्स २०२५कार्यक्रमको जानकारी

फुकुओकाको रचनात्मक तथा मनोरञ्जनात्मक कार्यक्रम 'द क्रिएटर्स २०२५' बारे जानकारी रहेको छ। यस वर्ष पनि यो कार्यक्रममा नयाँ मनोरञ्जनात्मक सामग्री तथा प्रविधिको प्रयोगबाट तयार पारिएका रोचक विषयहरू प्रस्तुत गरिनेछ।

यो कार्यक्रम यस वर्ष अक्टोबर ११ (शनिबार) र १२ (आइतबार) गरी दुई दिनसम्म चुओ-कु दाइम्यो स्थित युनाइटेड ल्याबमा आयोजना हुनेछ र प्रवेश निःशुल्क छ।

स्टेजमा SIRUP र muque जस्ता चर्चित कलाकारहरूको साङ्गीतिक प्रस्तुति, किमोनोका कलाकार फुकुमोतो कोउजी र फूल सजावट गर्ने समूह HANA ART KATAYAMA को संयुक्त प्रस्तुति पनि रहनेछ।

यसका साथै, 'फुकुओका क्रिएटर्स अवार्ड' अन्तर्गत फुकुओकासँग सम्बन्धित कलाकारहरूलाई सम्मान गरिनेछ। यो विशेष कार्यक्रमले गेम, सङ्गीत, एनिमे, मङ्गा, भिडियो, फेसन, र डिजाइनजस्ता क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहन गर्नेछ। स्थानीय कलाकारहरूले तयार पारेका हेर्नसक्नु हुन्छ। साना बालबालिकाका लागि पनि विशेष कार्यक्रमहरू समावेश छन्। यहाँ प्रोग्रामिङ, गेम बनाउने कार्यशाला, डीजे र भीआर अनुभवजस्ता परिवारसँगै रमाउन सकिने सामग्रीहरू पनि उपलब्ध छन्।

गेमका मनपराउनेहरूका लागि, चर्चित गेम 'ग्रान टुरिज्मो ७' को अनुभव लिने बुथ, स्थानीय गेम कम्पनीले बनाएको भीआर अनुभव, गेम कम्पनीका प्रतिनिधि तथा गेम डिजाइनरहरू लगायतका विशेष पाहुनाहरूसँग छलफलका सत्रहरू पनि राखिएको छ।

यसबाहेक, आमामुदाकोतान को अर्को ब्रान्ड 'daco फुकुओका' ले कार्यक्रमस्थलमा मात्र पाइने विशेष प्रकारको ब्रेड बिक्री गर्नेछ। यो ब्रेड फुकुओकाको आर्ट बुक फेयर'NEWGRAPHY' सँगको सहकार्यमा तयार गरिएको विशेष झोलामा उपलब्ध गराइनेछ।

यो विशेष दुई दिनको कार्यक्रममा बालबालिकादेखि वयस्कसम्म सबैले 'सिर्जना गर्ने आनन्द' को अनुभव लिन सक्नेछन्।

2025.10.02[Thu] 09:00

जापानी भाषा(日本語)

【DISNEY ANIMATION IMMERSIVE EXPERIENCE】

डिज्नीका फ्यानहरूलाई एउटा रमाइलो सूचना छ।
आगामी अक्टोबर १३ देखि, फुकुओका सिटि म्युजियममा ‘Disney Animation Immersive Experience’ भन्ने विशेष कार्यक्रम आयोजना हुँदैछ।
यो कार्यक्रम पहिलो पटक क्युशु क्षेत्रमा हुँदैछ।

यो कार्यक्रम सन् २०२२ मा उत्तर अमेरिकाबाट सुरु भएको हो, र त्यसयता संसारभरका धेरै दर्शकहरूलाई आकर्षित गर्दै आएको छ।
यस कार्यक्रममा, डिज्नी एनिमेशनका प्रसिद्ध चलचित्रहरूलाई विशेष दृश्य र संगीतको माध्यमबाट प्रत्यक्ष रूपमा अनुभव गर्न सकिन्छ।

अलादीन र जास्मिनसँगै जादुई गलैँचामा उड्ने वा मिराबलसँगै उनको जादुमय घरभित्र पस्ने जस्ता डिज्नी एनिमेशनका सुरुका उत्कृष्ट फिल्मदेखि हालैका चर्चित फिल्मसम्मका कथाहरूलाई चलचित्रभित्रै पसेर अनुभव गर्न सकिने एउटा बिल्कुलै नयाँ कार्यक्रम हुँदैछ।

यो कार्यक्रम अक्टोबर १३ देखि २०२६ को फेब्रुअरी १ सम्म चल्नेछ। यसको आयोजना फुकुओका सिटी म्युजियममा हुनेछ।

यो कार्यक्रमको सबै क्षेत्रमा फोटो खिच्न सकिनेछ। यसका साथै, कार्यक्रमका लागि मात्रै बनाइएका विशेष सामग्रीहरू पनि खरिदका लागि उपलब्ध हुनेछन्।

वाल्ट डिज्नी एनिमेशन स्टुडियोको कला र विरासतको संसारमा प्रवेश गरी 'फ्रोजन', 'द लिटिल मरमेड', 'बिग हिरो सिक्स' जस्ता फिल्मका निर्माताहरूले तयार पारेको सङ्गीत, कला र एनिमेशनको आनन्द लिन सक्नुहुन्छ। यो बिल्कुलै नयाँ कार्यक्रमको अनुभव लिन तपाईहरु पनि गएर हेर्दा कस्तो होला!

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

"२३औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?

अक्टोबर १९ आइतबार दिउँसो १३:०० बजे देखि "२३ औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” आयोजना हुन गईरहेको छ। यस प्रतियोगितामा, फुकुओका सहर क्षेत्रमा रहेका कक्षाहरू वा स्कूलहरूमा जापानी भाषा सिकिरहेका विदेशीहरूले फुकुओकामा बस्दा अनुभव गरेका कुराहरू वा आफ्नो भविष्यका सपना जस्ता विभिन्न विषयहरूमा जापानी भाषामा वक्तव्य दिनेछन्।

कार्यक्रम स्थल फुकुओका सहरको चुओ वार्ड रोप्पोनमाचुमा रहेको फुकुओका सिटी साइन्स म्युजियमको साइन्स हलमा हुनेछ। प्रवेश शुल्क निःशुल्क छ, र आउने व्यक्तिहरूलाई कुनै अग्रिम बुकिङको आवश्यकता छैन।

प्रतियोगीहरूले गरेको मेहनत र सिकाइको फल सुन्न तपाईंहरू पनि अवश्य आउनुहोस्!

अधिक जानकारीको लागि, सार्वजनिक हित समावेशी फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिता कार्यान्वयन समितिको फोन नम्बर (०९२-२६२-१७४४) मा सम्पर्क गर्नुहोस्।

 

 

स्वयंसेवक बैङ्क - भाषा र मनलाई जोड्ने अन्तर्राष्ट्रिय आदानप्रदानमा सहयोग

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले सन् २०२१ देखि नै 'विदेशीलाई सहयोग गर्ने स्वयंसेवक बैङ्क' स्थापना गरेको छ। यसको उद्देश्य यहाँका जापानी र विदेशी नागरिकहरूबीच आपसी समझदारी बढाएर सबैले मिलेर बस्न सक्ने बहुसांस्कृतिक समाजको निर्माण गर्नु हो।

यो अभियानमा, फुकुओका सहरमा बसोबास गर्ने, काम गर्ने वा पढ्ने १६ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू सहभागी हुन सक्छन्। यसमा तपाईंले जापानी भाषाबाट विदेशी भाषामा वा विदेशी भाषाबाट जापानी भाषामा दोभासे अनुवादको काम गर्नुपर्ने हुन्छ।

स्वयंसेवकको रूपमा काम गर्दा तपाईंको जापानी भाषाको सीप बढ्छ र तपाईंले समाजलाई अझ नजिकबाट बुझ्न सक्नुहुन्छ। तपाईंको भाषिक सीपले ठूलो सहयोग पुर्याउन सक्छ।

यदि तपाईंलाई यसमा रुचि छ वा सहभागी हुन चाहनुहुन्छ भने, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज हेर्नुहोस्। त्यहाँ तपाईंले विस्तृत जानकारी र आवेदन दिने तरिका पाउनुहुनेछ।

यदि कुनै कुरामा स्पष्ट हुनुभएन भने, (०९२-२६२-१७४४) मा फोन गरेर हामीलाई सोध्न सक्नुहुन्छ।

2025.09.25[Thu] 09:00

अन्तर्वार्ता(インタビュー)

【अतिथि अन्तर्वार्ता】

-KOIRALA KAMAL PRASAD-

सुपरमार्केट ダイキョーバリュー弥永店 को स्टाफ

instagram:@daikyo_yanaga

 

2025.09.18[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【ART FAIR ASIA FUKUOKA】

आउँदो हप्ताको अन्त्यमा, तपाईं कलात्मक समय बिताउन चाहनुहुन्छ कि? यस हप्ता, हामी तपाईंलाई एसिया-केन्द्रित कला मेला, “ART FAIR ASIA FUKUOKA 2025” बारे जानकारी दिँदैछौं।

यस वर्ष १०औँ वार्षिकोत्सव मनाउँदै गरेको यो कार्यक्रम अहिलेसम्मकै सबैभन्दा ठूलो स्तरको हुनेछ! यहाँ १०० भन्दा बढी स्टलहरू हुनेछन्, जसमा देश-विदेशका ग्यालरी तथा कलाकारहरू भेला हुनेछन्।

यसपटक कला हेर्ने र किन्ने मात्र नभई, प्रत्यक्ष अनुभव गर्ने गरी कार्यक्रम थप आकर्षक बनाइएको छ। लाइभ प्रदर्शनहरू, ठूला कला संरचनाहरू (इन्स्टलेसनहरू), र एशियाली आधुनिक कलाका अगुवाहरूको प्रस्तुतिसहितको क्युरेटेड बुथहरू पनि रहनेछन्। यो तीन दिनको कार्यक्रम एसिया र जापान, स्थानीय र विश्वव्यापी कलाको मिलनबिन्दु बन्नेछ।

यो कार्यक्रम अगस्ट २६, शुक्रबारदेखि अगस्ट २८, आइतबारसम्म, मारिन मेस्से फुकुओकाको B हलमा हुनेछ। कला बारे धेरै नजाने पनि यो कार्यक्रममा रमाइलो रूपमा अनुभव गर्न सकिने हुनाले, अवश्य पनि गएर हेर्नुहोस्!

 

 

फुकुओका शहरको सूचना

यरोग रोकथाम सप्ताहको बारेमा

सेप्टेम्बर २४ देखि सेप्टेम्बर ३० सम्म क्षयरोग रोकथाम सप्ताह हो।

क्षयरोग एक यस्तो रोग हो, जसमा क्षयरोग ब्याक्टेरियाको कारण मुख्यतया फोक्सोमा संक्रमण गराउँछ।

यो एक सरुवा रोग हो।

२०२४ मा, फुकुओका शहरमा १७६ नयाँ क्षयरोग बिरामीहरु पाईएका थिए। हालैका वर्षहरूमा, २० देखि ३० वर्ष उमेर समूहका विदेशी मूलका बिरामीहरूको संख्या बढ्दो छ। साथै, जापानी भाषा शैक्षिक संस्थाहरूमा सामूहिक संक्रमणका घटनाहरू पनि पाईएका छन्।

क्षयरोगका लक्षणहरूमा खोकी, खकार, ज्वरो, छाती दुख्ने, थकान, राति पसिना आउने र तौल घट्ने आदि पर्दछन्। यसका प्रारम्भिक लक्षणहरू रुघाखोकीजस्तै हुन सक्छन्। यदि तपाईँलाई "दुई हप्ताभन्दा बढी समयसम्म खोकी लागिरहेको छ," "खकार आइरहेको छ," "शरीर कमजोर भएको छ," वा "अचानक तौल घटेको छ" जस्ता कुनै पनि लक्षणहरू देखिएमा, छिटोभन्दा छिटो स्वास्थ्य संस्थामा गएर जाँच गराउनुहोस्।

रोगको सुरुमै पत्ता लगाएर उपचार गर्नाले गम्भीर हुनबाट जोगिनुका साथै तपाईँका प्रियजन, साथीभाइ वा कार्यस्थलमा संक्रमण फैलिनबाट रोक्न पनि महत्त्वपूर्ण हुन्छ।

क्षयरोगको जीवाणुको संक्रमण भए पनि सधैँ रोग लाग्छ भन्ने हुँदैन, तर यदि शरीरको रोग प्रतिरोधात्मक क्षमताले जीवाणुलाई नियन्त्रण गर्न सकेन भने, तिनीहरू समयसँगै बढेर रोग लाग्न सक्छ। संक्रमण र रोग लाग्नबाट बच्न पर्याप्त निद्रा, सन्तुलित आहार र नियमित व्यायाम जस्ता दैनिक स्वास्थ्य हेरचाह महत्त्वपूर्ण हुन्छ। साथै, क्षयरोग पत्ता लागे पनि डाक्टरको निर्देशनअनुसार हरेक दिन औषधि खाएमा यो निको हुन्छ।

फुकुओका शहरमा चिकित्सा दोभाषे Fukuoka City Medical Interpreting Call Center छ, जहाँ तपाईं अस्पताल खोज्नका लागि सल्लाह लिन सक्नुहुन्छ। यो सेवा अस्पतालमा डाक्टरसँग कुरा गर्न वा अस्पताल र औषधि पसलमा औषधि लिँदा पनि प्रयोग गर्न सकिन्छ। यो सेवा दिनको २४ सै घण्टा उपलब्ध छ। 

फोन नम्बर ०९२-७३३-५४२९ हो।

यो सेवा २० वटा भाषामा उपलब्ध छ, त्यसैले कुनै समस्या परेमा अवश्य परामर्श लिनुहोस्।

2025.09.11[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【होउजोउया】

फुकुओकाको शरद ऋतुको महत्त्वपूर्ण उत्सवका रूपमा परिचितहोउजोउया, फुकुओकाका तीन ठूला चाडपर्वहरूमध्ये एक हो। फुकुओका सहरको हिगाशी वार्डमा रहेको हाकोजाकी गु मन्दिरमा प्रत्येक वर्ष सेप्टेम्बर १२ देखि १८ तारिखसम्म, सात दिन र सात रातसम्म चल्ने यो चाडपर्व एक हजार वर्षभन्दा बढी समयदेखि चलिआएको परम्परा हो।

यो उत्सव हामीले जीवनयापनका लागि उपभोग गर्ने जीवहरूको आत्मालाई शान्ति दिन र उनीहरूप्रति कृतज्ञता व्यक्त गर्न मनाइने एक धार्मिक विधि हो। साथै, धेरै मानिसहरू व्यवसायमा सफलता र परिवारको सुरक्षाको कामना गर्दै यहाँ पूजा गर्न आउँछन्। हरेक वर्ष करिब १० लाख भक्तजनहरू यहाँ आउने गर्छन्।

मन्दिर जाने करिब एक किलोमिटर लामो बाटोमा, खानाका स्टलहरूदेखि लिएर विभिन्न खेलहरू (जस्तै: निशाना लगाउने र यो-यो माछा समात्ने खेल) सहित ५०० भन्दा बढी पसलहरू सजाइएका हुन्छन्, जसले गर्दा त्यहाँ ठूलो भीड लाग्छ। भूत घर र अन्यत्र खासै नदेखिने पुरानो शैलीका पसलहरू पनि यहाँको विशेषता हुन्।

पुरानो समयमा यहाँ अदुवा खेती हुने भएकाले, मन्दिर दर्शनपछि हरियो पातसहितकोताजा अदुवा उपहारका रूपमा घर लैजाने चलन अझै पनि छ। यो अदुवा प्रशस्त मात्रामा बेचिन्छ। गर्मीको मौसममा अदुवाको झोल वा अचार बनाएर खानु निकै लाभदायक हुन्छ। साथै, आन्को पेस्टले भरेको याकिमोची, परम्परागत जापानी मिठाई पनि यहाँको एक स्वादिष्ट परिकार हो।

यसबाहेक, यहाँ परम्परागत जापानी ड्रम (ताइको) को प्रस्तुति र "चानपोन" भनिने काँचका कलाकृतिहरूको प्रदर्शनी पनि हुन्छ। यहाँ "हातो-मिकुजी" नामक विशेष लोटरी पनि हुन्छ, जसमा कुनै पनि टिकट खाली हुँदैन र शुभ प्रतीकहरू अवश्य पनि प्राप्त हुन्छन्। भाग्यको परीक्षा गर्नका लागि यो पनि एक राम्रो विकल्प हो।

बिहानदेखि रातिसम्म हेर्न लायक धेरै कुराहरू रहेको यो शरद् उत्सवहोउजोउया, हरेक दिन मानिसको भीडले भरिभराउ हुन्छ। शरद ऋतुको फसलप्रति आभार व्यक्त गर्न र फुकुओकाको शरद ऋतुको यो परम्परा अनुभव गर्न तपाईं पनि यहाँ भ्रमण गर्न सक्नुहुन्छ।

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

"सजिलो जापानी भाषा प्रयोग गरेर संयुक्त राष्ट्र संघका कर्मचारीहरुसँग सहरको योजना बनाऔं!" सहभागीताको लागि आवेदन खुल्ला

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले UN-Habitat Fukuoka Headquarter का कर्मचारीलाई प्रशिक्षकको रूपमा आमन्त्रण गरी सहर निर्माण सम्बन्धी कार्यशाला आयोजना गर्ने भएको छ।

यस कार्यशालामा सहभागी हुन चाहने व्यक्तिहरूको उमेर सीमा कक्षा ४ देखि कक्षा ९ सम्मका प्राथमिक विद्यालयदेखि माध्यमिक विद्यालयका विद्यार्थीहरु हुन्।
कार्यक्रम, सेप्टेम्बर २८, आइतवार; १०:०० बजे देखि ११:३०बजे सम्म, ACROS Fukuoka को सभा कक्षमा आयोजना हुनेछ।

UN-Habitat Fukuoka Headquarter, क्यूसु क्षेत्रको एक मात्र संयुक्त राष्ट्रको संस्था हो, जसले "मानव बसोबास" सँग सम्बन्धित विभिन्न परियोजनाहरू सञ्चालन गर्छ।

कार्यशालामा सहभागीहरू आफूलाई Habitat गाउँका बासिन्दाको रुपमा सोची, भारी वर्षाबाट धेरै क्षति भएको गाउँको पुन:निर्माणको लागि सबैजना मिलेर योजना बनाउनेछन्। कार्यशाला सरल जापानी भाषामा सञ्चालन हुने भएकोले विदेशी मूलका बालबालिकाहरू पनि सहज रूपमा सहभागी हुन सक्छन्। संयुक्त राष्ट्रका विश्वव्यापी गतिविधिहरूमा रुचि राख्नुहुने सबैलाई सहभागिताको लागि स्वागत छ।

सहभागिता निःशुल्क छ, तर अग्रिम बुकिंग अनिवार्य छ।
बुकिंग प्रक्रिया र अन्य जानकारीको लागि फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको वेबसाइट वा फेसबुक पेज हेर्नुहोस्।
फाउन्डेसनको वेबसाइट『www.fcif.or.jp』

2025.09.04[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【फुकुओका प्रिफेक्चरमा उत्पादित अञ्जीर फल “तोयोमिचुहिमे”】

अहिलेको मौसममा, अञ्जीर फलको सिजन सुरु भएको छ। तपाइलाई थाहा छ?जापानमा अञ्जीर उत्पादनमा फुकुओका प्रिफेक्चरदोस्रो स्थानमा आउँछ। फुकुओकाको अञ्जीर गर्मीको मौसममा प्रशस्त घाममा पाक्ने भएकोले यसको स्वाद मीठो र उत्कृष्ट हुन्छ।

फुकुओकामा, तोयोमिचुहिमे नामक स्वादिष्ट अञ्जीर मात्र उत्पादन हुन्छ। यो फल बाहिरबाट हेर्दा चम्किलो रुबी रङ्गको हुन्छ र भित्रबाट रसदार तथा मीठो हुन्छ। यसको औसत मिठासको स्तर १७ डिग्रीभन्दा बढी छ, जुन खरबूजाजस्तै मीठो हुन्छ। साथै, यसलाई बोक्रासहित पनि खान सकिन्छ भन्ने भनाइ छ।

अञ्जीर टिपेपछि छिट्टै ताजापन गुमाउँछ। किसानहरूले राम्रो गुणस्तर सुनिश्चित गर्नका लागि पूर्ण रूपमा पाकेको मात्र अञ्जीर टिप्छन्, त्यसैले तोयोमिचुहिमे प्रायजसो फुकुओका प्रिफेक्चर बाहिर पाउन मुस्किल हुन्छ।

राम्रो अञ्जीर चिन्नका लागि, हेर्दा पूरै रातो-खैरो रङ्गको र नरम बोक्रा भएको छ कि छैन भनेर हेर्नुहोस्। जति गाढा रङ्ग भयो, त्यति नै राम्रो मानिन्छ। अञ्जीरमा क्याल्सियम, पोटासियम र फाइबर जस्ता पौष्टिक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ, जुन स्वास्थ्य र सुन्दरताका लागि फाइदाजनक हुन्छ।

यदि मौका मिल्यो भने, यो मौसममा पाइने स्वादिष्ट तोयोमिचुहिमे अञ्जीर अवश्य पनि चाख्नुहोला।

 

 

【फुकुओका शहरको/फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

“विपद् रोकथाम दिवस” र “भण्डारण प्रोत्साहन सप्ताह” को बारेमा

हरेक वर्ष सेप्टेम्बर १ "विपद् रोकथाम दिवस" ​​हो।

फुकुओका शहरमा, सेप्टेम्बर १ को "विपद् रोकथाम दिवस" देखि सेप्टेम्बर ७ सम्मको एक हप्तालाई "फुकुओका शहर भण्डारण प्रोत्साहन सप्ताह" भनेर तोकिएको छ।

भण्डारण वा जापानी भाषामा "बिचीकु" भन्नाले आपतकालीन समयका लागि, खाद्य सामग्री आदि संचित गरेर राख्नु हो। घर वा कार्यस्थलहरुमा "भण्डारण" को शुरु लगायत नागरिकहरुमा विपद् रोकथामको बारेमा जनचेतना जगाउने प्रयासहरू भइरहेका छन्।

किन भण्डारको आवश्यकता भएको होला?

यदि भूकम्प वा आंधी आयो र सुरक्षित भयो भने पनि, हामी पानी र खानाबिना बाँच्न सक्दैनौं। पसल बन्द भएमा, खाना वा पेय पदार्थ किन्न सक्दैनौं। यदि पानी आपूर्ति बन्द भयो भने, पिउने पानी पाउन सक्दैनौं। यदि बिजुली वा ग्यासको लाईन काटिएको छ भने, खाना पकाउन सक्दैनौं। त्यसैले, बाँच्न सफल भएको ‘जीवनको सुचारुक्ता’ को लागी, दैनिक रुपमा भण्डार गर्न आवश्यक छ।

के र कसरी भण्डार गर्दा राम्रो होला त?

पिउन मिल्ने पानी र ३ दिनको लागि पुग्ने गरि खानेकुरा तयारी गरि राखौं। प्रति दिन १ जनालाई करीव ३ लिटर पानी आवश्यक पर्छ। आपतकालिन खाना जस्तै भात (अल्फा चामल आदिको), क्यान् खाना, बिस्कुट, चकलेट बार, र सुख्खा रोटी आदि जस्ता नपकाईकन खान सक्ने खानेकुराहरु तयारी गरि राखौं।  रेडियो वा फ्ल्यासलाइटमा ब्याट्री छ छैन जाँच गरि राखौं। सँधै खाई रहनु भएको औषधि र टास्ने पट्टि जस्ता प्राथमिक उपचार सामग्रीहरू पनि तयार गरि राखौं। यदि परिवारमा बच्चा छ भने, डायपर जस्ता आवश्यक सामग्रीहरू तयार गरि राखौं। 

पिउने पानी बाहेक,शौचालय फ्लश गर्नका लागि घरेलु पानी पनि आवश्यक पर्छ। दैनिक रुपमा, पोलीट्यांकमा धाराको पानी भरेर राख्ने, ओफुरोमा पानी भरेर राख्ने आदि जस्ता तयारीहरु गरि राखौं।

यसका साथै, सामान्य रूपमा खाने भन्दा अलि धेरै किनेर राखी, खाएर सक्यो भने पनि, सकेको भाग मात्र किनेर थपी, घरमा खानेकुराको एक निश्चित संचय गर्ने विधिलाई "रोलिंग स्टक" भनिन्छ।

खानेकुराको म्याद सकिने मितिबारे चिन्ता बिना, आपतकालिनको लागि तयारी गर्न सक्ने भएकोले यो बिधि अपनाउन प्रेरित गरिन्छ।

वर्षेनी, यस समयतिर  समुन्द्रि आँधी आउने सम्भावना धेरै हुने भएकोले, विपद्को लागि पुनः तयारी गरि राखौं।

 

 

शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा-“याराना हिरोबा” को जानकारी

तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,

हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमाहरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।

सेप्टेम्बर महिनामा यो कार्यक्रम९ तारिक मंगलबारहुनेछ। 

समय बिहान१०:३० देखि ११:३० सम्महो।

सेप्टेम्बरको विषयबस्तु, "अङ्ग्रेजीमा कथा वाचन र फ्री स्पेस" रहेको छ। कार्यक्रममा अङ्ग्रेजीमा लेखिएका बाल कथाहरू पढ्ने र अङ्ग्रेजी गीतमा बालबालिकासँगै शारीरिक गतिविधि गरेर रमाइलो गर्न सकिन्छ।

आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको फेसबुकमा हेर्नुहोस्।

 

2025.08.28[Thu] 09:00

बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て) , प्राकृतिक प्रकोप(災害)

【सेप्टेम्बर महिना”Fukuoka Music Month”】

यस हप्ताबाट गर्मीको बिदा सकिँदैछ र धेरैजसो विद्यालयहरूमा नयाँ शैक्षिक सत्र सुरु हुँदैछ। अर्को हप्ताबाट सेप्टेम्बर महिना पनि सुरु हुन्छ।

सेप्टेम्बर भन्नासाथ फुकुओकाको लागिफुकुओका म्युजिक मन्थहो। संगीतको सहर भनेर चिनिने फुकुओकामा प्रत्येक वर्ष सेप्टेम्बर महिनामा सप्ताहन्तमा भव्य संगीत कार्यक्रमहरू आयोजना गरिन्छ। यस वर्ष लगातार चार हप्तासम्म पाँचवटा ठूला कार्यक्रमहरू हुनेछन्।

पहिलो हप्ता, सेप्टेम्बर ६ र ७ (शनिबार र आइतबार), माBAYFES 2025हुनेछ। हाकाता पोर्टस्थित बेसाइड प्लेस हाकातामा हुने यो एक नि:शुल्क आउटडोर संगीत महोत्सव हो। यस वर्ष विदेशबाट, खासगरी ताइवानबाट समेत कलाकारहरूको सहभागिता रहनेछ र दुई दिनमा ११ वटा ब्यान्ड तथा कलाकारले प्रस्तुति दिनेछन्। कार्यक्रम तीनवटा स्टेजमा सञ्चालन हुनेछ जसमा लाइभ संगीत, डीजेको प्रस्तुति र ६ तारिखमा विशेष क्रूज जहाजमा लाइभ कन्सर्ट हुनेछ। कार्यक्रमस्थलमा पुरानो रेकर्डको बजार पनि लाग्नेछ। यसको अघिल्लो दिन, अर्थात् सेप्टेम्बर ५ (शुक्रबार) को रातमा, हाकाता पोर्ट टावरमा एउटा प्रि-पार्टी पनि हुनेछ। यसमा पोर्ट टावरको अब्जर्भेसन रुमलाई विशेष लाउन्जको रूपमा सजाएर डीजे नाइटको आयोजना गरिनेछ। BAYFES 2025 दुई दिनसम्म दिउँसो २ बजेबाट सुरु भएर रातभरि चल्नेछ। समुद्रको शीतल हावाको आनन्द लिँदै संगीतमा हराउने यो तीन दिने संगीत महोत्सव हो।

दोस्रो हप्ता, सेप्टेम्बर १३ र १४ (शनिबार र आइतबार), माNAKASU JAZZनामक नि:शुल्क ज्याज महोत्सव हुनेछ। फुकुओकाको मनोरञ्जन क्षेत्र नाकासुको सडकमा विभिन्न स्टेजहरू खडा गरिनेछ। करिब ८० वटा लोकप्रिय कलाकारहरूले प्रस्तुत गर्ने लाइभ ज्याज संगीतले दुई दिनसम्म पूरै सडक गुञ्जिनेछ। साधारणदेखि आधुनिक ज्याज धुनसम्म विभिन्न प्रकारका प्रस्तुतिहरूले संगीतप्रेमीहरूका साथै ज्याज संगीतमा रुचि नभएका मानिसहरूलाई पनि आकर्षित गर्नेछ। यो कार्यक्रम साँझबाट सुरु भई दुई दिनसम्म नाकासुको रातलाई ज्याज संगीतले रङ्गाउनेछ। यसमा विशेष कोलाबोरेसन प्रस्तुतिहरू पनि हेर्न सकिनेछ।

तेस्रो हप्ता, सेप्टेम्बर २० (शनिबार), मा दुईवटा कार्यक्रमहरू हुनेछन्। पहिलो, ISLA DE SALSA हो, जुन ल्याटिन संगीतमा केन्द्रित एउटा बहुसांस्कृतिक महोत्सव हो। यो फुकुओका सहरको केन्द्रबाट डुङ्गामा १० मिनेटको दूरीमा रहेको नोकोनोशिमा टापुको समुद्री तटमा हुनेछ। स्थानीय एमेच्योर ब्यान्डदेखि विश्वस्तरीय कलाकारहरूसम्म, स्वदेशी तथा विदेशी विभिन्न विधाका संगीतकार र नर्तकहरूले यहाँ प्रस्तुति दिनेछन्। यहाँ विभिन्न देशका संगीत, नृत्य, स्वादिष्ट परिकार, कला र विश्वभरका मानिस तथा संस्कृतिसँगको भेटघाटको अनुभव गर्न पाइनेछ। यो यस्तो कार्यक्रम हो जहाँ आगन्तुकहरू पनि सहभागी भई नाचगान गर्न, कुरा गर्न र विभिन्न देशका परिकारको स्वाद लिँदै मानिस तथा संस्कृतिसँग घुलमिल हुन पाउँछन्।

अर्को, सेप्टेम्बर २० र २१ (शनिबार र आइतबार), मा हाकाता स्टेशन अगाडिSing! HAKATAनामक कार्यक्रम हुनेछ। यो जापानकै सबैभन्दा ठूलो नागरिक सहभागितामा हुने गायन कार्यक्रम हो, जसमा गोस्पेल, कोरस, अकापेला लगायत विभिन्न विधाका कलाकारहरू एकै ठाउँमा जम्मा हुनेछन्। यसमा नागरिकहरूले गाउने स्टेजका साथै अतिथि कलाकारहरूसँगको कोलाबोरेसन प्रस्तुति पनि हुनेछ। हाकाता स्टेशन जस्तो सहरको केन्द्रमा सबै जना मिलेर संगीतको माहोल बनाउनेछन् र कार्यक्रमको अन्त्यमा भव्य सामूहिक गायन (ग्रान्ड फिनाले) हुनेछ। यो कार्यक्रम पनि बिहानदेखि बेलुका सम्म चल्नेछ र निःशुल्क हुनेछ।

चौथो हप्ता, सेप्टेम्बर २८ र २९ (शनिबार र आइतबार), मा तेन्जिन क्षेत्रमा MUSIC CITY TENJINनामक कार्यक्रम हुनेछ। यस संगीत महोत्सवमा नयाँ संगीतको अनुभव गर्न पाइन्छ। फुकुओका सिटी हल को पश्चिम भागको फुरेआई प्लाजालाई मुख्य स्टेज बनाएर तेन्जिनका विभिन्न स्थानहरूमा नि:शुल्क लाइभ स्टेजहरू बनाइनेछन्। यसले गर्दा पूरै तेन्जिन सहर एउटा महोत्सव स्थलमा परिणत हुनेछ। यसमा प्रोफेसनल र एमेच्योर दुवै थरीका धेरै कलाकारहरूले प्रस्तुति दिनेछन् र पूरै शहर संगीतले भरिनेछ।

फुकुओकामा सेप्टेम्बर महिनाभरि संगीतको रौनक छाउनेफुकुओका म्युजिक मन्थअर्को हप्ताबाट सुरु हुँदैछ। यसको मजा लिन तयार हुनुहोस्!

<< previous 1 2 3 4 5 6 7 8 9

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ