ブログ

ポッドキャスト

ポッドキャスト RSS

2023年11月

2023.11.30[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , नियम तथा आचरण(ルール・マナー)

【इटोशिमा ओइस्टर हट्स】

तपाईंहरूमध्ये धेरैजना फुकुओकाको हिउँद ऋतुको परम्पराहरुमध्ये एक, ''ओइस्टर हट्स'' को प्रतीक्षा गर्दै हुनुहुन्छ भने, त्यो मौसम आई नै सक्यो! प्रत्येक वर्ष यस समयतिर, इटोशिमाका छवटा माछा मार्ने बन्दरगाहहरूमा सीमित समयका लागि प्रबन्धितघर तथा ग्रीनहाउसहरू खोल्ने गरेका छन्।

इटोशिमाको ओइस्टर हट्स विगत केही वर्षदेखि निकै प्रख्यात बन्दै आइरहेको छ! यो स्थानियहरु माझ मात्र नभई जापान र विदेशका पर्यटकहरु माझ पनि लोकप्रिय हुँदै आइरहेको छ।अनि, धेरै पटक दोहोरिने आगन्तुकहरुको संख्या हरेक वर्ष बढ्दै गईरहेको छ। ओइस्टरहरू यति पौष्टिक हुन्छन् कि तिनीहरूलाई "समुद्रको दूध" पनि भनिन्छ जून हिउँद मौसममा पाईने गर्छ। बिशेष गरि इटोशिमाका ओइस्टरहरू किफायती मूल्य, ताजा, स्वस्थकर, आकारमा ठूलो अनि स्वादिष्ट हुन्छन्।

पक्कै पनि यस जाडोमा इटोशिमाको स्वादिष्ट ओइस्टरहरूको आनन्द लिनुहोस्।

 

 

फुकुओका शहरको सूचना

विश्व एड्स दिवस सम्बन्धि

डिसेम्बर १ विश्व एड्स दिवस हो। हरेक वर्ष डिसेम्बर १ लाई केन्द्रित गरि, विश्वभर एड्स सम्बन्धि जनचेतना जगाउने गतिविधिहरू आयोजना गरिन्छ।

एचआईभी संक्रमण पछि, धेरै वर्षसम्म यसको प्रत्यक्ष लक्षण बिनाको अवधि जारी रहने भएकोले, एड्स नलागेसम्म रोग पत्ता नलगाएका संक्रमित व्यक्तिहरू धेरै छन् भन्ने अनुमान गरिन्छ।

HIV संक्रमणको प्रारम्भिक पहिचान र उचित स्वास्थ्य सेवा र उपचारले एड्स फैलिने गतिलाई ढिलाइ गर्न सक्दछ। त्यसैले, प्रारम्भिक परिक्षण गर्ने गरौँ। प्रत्येक वार्डको Health and Welfare Center मा, HIV परिक्षण निःशुल्क र गोप्य रूपमा गर्न सक्नुहुन्छ।परिक्षण गर्न मिल्ने दिनको निश्चित समय भएकोले, कृपया जानुअघि अग्रिम जानकारी लिनुहोला।

यसका अतिरिक्त, एड्स पीडित व्यक्तिहरूलाई बुझ्ने र समर्थन गर्ने ईच्छुकत्तालाई रातो रिबनको प्रतिकले दर्शाउँछ। रातो रिबनले, एड्सको बारेमा कुनै पूर्वाग्रह नभएको र एड्स भएकासाथ बस्नेहरूसँग भेदभाव गर्दैनौं भन्ने सन्देश दिन्छ। रातो रिबन पछि डिसेम्बर १ देखि ७ सम्म ७ दिन को लागी,Hakata Port TowerFukuoka Red Brick Culture Museum मा रातो रंगको बत्ति बालि उज्यालो पारिन्छ। 

विश्व एड्स दिवसको अवसरमा, एड्सको बारेमा सही ज्ञान र यसको रोकथाम उपायहरूको बारेमा सबैजनाले मनन गरेर हेरौं।

 

 

फोहरको अवैध डम्पिंग

 

जंगल, समुद्रीतट, नदी, सडक, पार्क आदिमा फोहर फाल्ने कार्यलाई अवैध डम्पिंग भनिन्छ।

फुकुओका शहरमा, बर्षको अन्त्यमा सरसफाईको कारण फोहरको मात्रा बढ्ने डिसेम्बरमा, “अवैध डम्पिंग रोकथाम सुदृढीकरण महिना" को रूपमा, अवैध फोहर फाल्न रोक्नका लागि गतिविधिहरू थप सुदृढ गरिन्छ।

फुकुओका शहरले पुलिसको सहयोगमा, धेरै अवैध फोहर फाल्ने स्थानहरुमा, निगरानी क्यामेरा वा चेताउनी संकेतहरू राख्ने र गस्तीहरू सञ्चालन गरिंदै आईरहेको छ।

टिभी, फ्रिज, फ्रिजर, वाशिंग मेशिन, कपडा ड्रायर, र एयर कन्डिशनरहरू घरायसी सामान प्रशोधन कानुन बमोजिम फोहर फाल्ने विधि तोकिएको छ। 

नयाँ जडान गर्ने बेलामा पुरानो इलेक्ट्रोनिक सामान दिएर पठाउनेवा त्यो इलेक्ट्रोनिक सामान खरिद गर्नुभएको पसलमा लैजाने गर्नुहोस्। 

यस बाहेकका सामानहरुसङ्कलनकालागि, आफ्नो नजिकको Yamada Denki मा लिनुहुन्छ कि भनेर सोधपुछ गर्नुहोला वा फुकुओका शहरबाट सम्बन्धन प्राप्त गरेका Rinet Japan Recycle तथा SG Moving मा सङ्कलनकालागि अनुरोध गर्नुहोस्।

रिसाइकल शुल्क, संकलन र यातायात शुल्क आवश्यक पर्छ।

साथै, कम्प्युटरको सङ्कलन लागि सम्बन्धित कम्पनि वा Rinet Japan Recycle मा अनुरोध गर्नुहोस्।

शहरमा गस्ती गर्नेहरू, पर्चाहरू, इन्टरनेट आदि मार्फत् "अनावश्यक सामानहरूकम शुल्कमा संकलन गरिदिन्छौं भनि विज्ञापन गर्नेहरु, फुकुओका शहरको अनुमति बिना अवैध रूपमा संकलन गर्ने ठेकेदारहरु हुन्। अनुमति प्राप्त नभएका ठेकेदार मार्फत् गराउनु भयो भने, अवैध डम्पिंग वा अनुचित प्रशोधन गर्ने, अधिक शुल्क लिने जस्ता समस्याहरू निम्त्याउने हुनाले कृपया यसको प्रयोग नगर्नुहोस्।

2023.11.23[Thu] 09:00

DJ को Choice!(DJのオススメ)

【क्रिसमस एडभेन्ट】

तेन्जिन र हाकाता शहरहरूमा, सडक छेउका रुखहरू लगायत प्रत्येक व्यावसायिक पसलहरुले राखिएका झिलिमिली बत्ती र बिशाल क्रिसमस ट्रीहरुको सजावटले, सिङ्गो शहर नै झिलिमिली भईरहेको छ।

तपाईंहरु झिलिमिलीको शहर, फुकुओकाको क्रिसमस इभेन्ट "क्रिसमस एडभेन्ट" मा जानुभयो?

क्रिसमस एडभेन्ट भन्नाले के हो भन्ने तपाईंहरूमध्ये कसै-कसैलाई लागिरहेको होला। हरेक वर्ष आयोजना हुँदै आइरहेको "क्रिसमस मार्केट" ११ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा यस बर्षदेखि, "क्रिसमस एडभेन्ट" नामकरण गरि, थप सुधारका साथ नविकरण गरिएको हो!

नोभेम्बर ६ देखि हरेक दिन, विभिन्न स्थानहरूमा झिलिमिली बत्तीका साथै क्रिसमस मार्केट पनि लागिरहेको छ। क्रिसमसको दिनसम्म हरेक दिन हाकाता, तेन्जिन, र नाकासुका शहरहरुमा चकाचक माहोल देख्न सक्नुहुन्छ। झिलिमिली बत्तिहरु, सजावटहरु, क्रिसमसका रुखहरु, धेरै सान्टाहरुसँग भेटघाट अनि प्रत्यक्ष सांगीतिक कार्यक्रम आदि बिभिन्न तरिकाहरुबाट मनोरन्जन लिन सक्नुहुन्छ।

यस वर्ष, तीन नयाँ ठाउँहरू थपिएर १०० भन्दा बढी स्टलहरू खोलिएका छन्। स्वादिष्ट खाना, आकर्षक क्रिसमस सामानहरू, र क्लासिक मुल्ड वाइन र हट चकलेट पनि बिक्रीमा राखिएका छन्।

मग कपको डिजाइन हरेक वर्ष परिवर्तन हुन्छ, तर पहिलो संस्करणको मगकपको निकै लोकप्रिय छ! यस वर्ष प्रत्येक स्थानमा ६ प्रकारका मग कप उपलब्ध छन् । पानी परेको दिनमा मात्रै उपलब्ध हुने मग कप पनि राखिएको छ।

तपाईंहरु पनि अवश्य "क्रिसमस एडभेन्ट" मा घुम्न जानुहोला अनि क्रिसमस झिलिमिलीको आनन्द लिनुहोला।

 

 

【डीजे छुट्टी का मौसम】

भन्दाभन्दै वर्षको अन्तिम महिना डिसेम्बर आउन लागिसक्यो। डिसेम्बरको अन्त्यतिर लगातार बिदा पाउने हुनेहरुले बिदा कसरी मनाउने भन्ने बारे अहिलेदेखि सोचिरहनु भएको छ होला। जापानको व्यस्त जीवनयापनमा यस किसिमको बिदाको भरपूर सदुपयोग गरेर परिवारजन, साथीभाईसँग रमाइलो समय बिताउने प्लान प्रायःको छ होला। बिदाका दिनहरुमा के गर्ने, कहाँ जाने भनेर लिस्ट बनाई क्यालेन्डरमा चिन्ह लगाउने पनि राम्रो उपाय हुन सक्छ।

म चाहिं, जापान आएदेखि लामो बिदाको अवसरमा प्रायःजसो साथीहरुसँग नयाँ पर्यटकीय स्थलहरुमा घुमघाम गर्ने, नेपाली तथा जापानी साथीहरुलाई घरमा बोलाएर नेपाली खाना खुवाएर रमाइलो गर्ने; बिशेष गरि नेपाली स्वादको मः मः बनाउने गरेकी छु। त्यस्तै, बिदामा मलाई ओहोरी पार्क र जिन्जाहरुमा जान पनि मन पर्छ, त्यहाँको शान्त वातावरणमा बेग्लै किसिमको आनन्द अनुभूति हुन्छ। यस बाहेक यस समयतिर बजारमा सेल लाग्ने भएकोले सामान्यभन्दा अलि बेसी शपिंग पनि गर्ने गर्छु। यस वर्ष पनि यस्तै यस्तै गरेर बिदा मनाउने सोचेकी छु। तपाईंहरुको चाहिं कस्तो प्लान छ होला?

डिसेम्बरको लामो बिदाका दिनहरुमा मलाई नेपाली खाना बाहेक बिशेष गरि जापानी खाना -नाबे खान औधी मनपर्छ। तपाईंहरुलाई नाबे कत्तिको मन पर्छ हो? जाडोमा नाबे खानुको मज्जा नै छुट्टै छ नी! वास्तवमा, अत्यन्तै जाडोमा नाबे खानु अति उत्तम हुन्छ। यो पकाउन पनि एकदम सजिलो छ। आफूलाई मनपर्ने मासु, माछा र तरकारीहरू जस्ता सामग्रीहरू काटेर, सूप हालेर उमाल्ने मात्र त हो। अनि अन्तमा बाँकि भएको झोलमा अन्दासँग भात वा नूडल हालेर खान पनि स्वादिष्ट हुन्छ। 

तपाईंहरु पनि जाडोमा तातो नाबे खाएर, शरीरलाई न्यानो बनाएर बस्नु होला है।

2023.11.16[Thu] 09:00

अन्य(その他)

【ओओजुमो ज्युउइची गाचु बास्यो अर्थात् नोभेम्बर ग्रान्ड सुमो टूर्नामेंट】

आजकल टप-नट हेयरस्टाइलहरूमा सुमो रेस्लरहरूलाई शहरको वरिपरि देख्नुभएको छ कि?

किनभने "ओओजुमो ज्युउइची गाचु बास्यो" भनिने जापानको राष्ट्रिय खेल, सुमोको आयोजना भईरहेको छ। वर्षभरि ६ पटक ग्रान्ड सुमो प्रतियोगिताहरू आयोजना हुने भए पनि नोभेम्बरमा हुने प्रतियोगितालाई "क्युशु बास्यो" भनिन्छ जुन फुकुओकामा आयोजना गरिन्छ।

यस वर्ष, प्रतियोगिता नोभेम्बर १२ देखि २६ तारिकसम्म, फुकुओका ईन्टरनेसनल सेन्टरमा हुनेछ। यस अवधिमा, रङ्गीन ब्यानरहरू (नोबोरी) कार्यक्रम स्थलको वरिपरि धेरै देख्नुहुनेछ, र क्युशुभरका सुमो फ्यानहरू फुकुओकामा जम्मा हुनेछन्, दिनहुँ चहलपहलको वातावरण महसुस गर्नुहुनेछ। यसबाहेक, टूर्नामेंटको समयमा, फुकुओका शहरभित्र र वरिपरि  विभिन्न स्थानहरूमा सुमो रेस्लरहरूका लागि ठाउँ बनाईएका छन्, जसले गर्दा अवलोकन तथा स्थानीय समुदायसँग अन्तरक्रिया गर्न पनि मिल्छ।

टेलिभिजनमा पनि सुमो हेर्न सक्नुहुन्छ, तर प्रत्यक्ष सुमो खेल हेर्दा जस्तोको अनुभव गर्न सकिंदैन! खेल मैदानमा सुमो खेलाडीहरूको जोश देख्ने मात्र नभई, खेललाई समर्थन गर्ने असंख्य फ्यानहरू, पर्दा पछाडि के भइरहेको छ भन्ने कुराहरुको झलक आदि हेर्न पनि अति रमाइलो हुन्छ।

फुकुओकामा आयोजना भई रहेको यस अवसरमा, तपाईंहरु पनि जापानको राष्ट्रिय खेल सुमो हेर्नु भए कसो होला?

 

https://www.sumo.or.jp/Admission/isolate/620/

 

 

फुकुओका शहरको सूचना

Fukuoka City Consultation Support Center for Foreign Residents को पुनःनिर्माण

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनद्वारा विदेशीहरुका लागि सञ्चालित Fukuoka City Consultation Support Center अझ धेरै प्रयोगकर्ता-मैत्री केन्द्र बनाउनको लागि पुनःनिर्माण गरिएको छ। यी सुधारहरूमा गोपनीयताको रक्षा गर्न डिजाइन गरिएका सिटहरु र निजी परामर्श स्थानहरू थपिएका छन्। यस परामर्श केन्द्रमा, विदेशी बासिन्दाहरूको प्रश्न र सरोकारलाई सम्बोधन गर्दै आइरहेको छ। आवास प्रक्रिया, रोजगारी, स्वास्थ्य सेवा, कल्याण, बच्चा जन्माउने, बाल-पालन, र बालबालिकाको शिक्षा आदि जिवनयापनका विभिन्न पक्षहरूमा सहायता प्रदान गर्छन्। परामर्श व्यक्तिगत रूपमा, फोनमा, वा इमेल मार्फत प्राप्त गर्न सकिन्छ, र सम्बन्धित अधिकारी वा निकायहरुको जानकारी र मार्गदर्शन प्रदान गरिनेछ।

सामान्य परामर्शहरू, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म उपलब्ध छन्। नेपाली लगायत अन्य २२ वटा भाषाहरूमा परामर्श सेवा उपलब्ध छ। फोन अनुवादक सेवा र ट्याब्लेट अनुवाद उपकरणहरू प्रयोग गर्न पनि सकिन्छ।

विस्तृत जानकारीका लागि, होमपेज हेर्नुहोला।

सम्पर्कका लागि, फोन नम्बर ०१२०-६६-१७९९ ।

 

विदेशीहरुका लागि आप्रवासनआवास र राष्ट्रियता सम्बन्धि परामर्श’ को बारेमा जानकारी

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ।

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना थियो।

 

https://www.fcif.or.jp

2023.11.09[Thu] 09:00

अन्य(その他)

【फुकुओका म्याराथन २०२३】

यस हप्ताको आइतबार १२ तारिक, "फुकुओका म्याराथन २०२३" आयोजना हुन गईरहेको छ। यो एक नागरिक-सहभागिता म्याराथन कार्यक्रम हो, जहाँ १२,००० सहभागीहरूले फुकुओका शहर र इटोशिमा शहर बीच ४२.१९५ किलोमिटरको दूरी ७ घण्टामा दौडनेछन्। म्याराथन, फुकुओकाको केन्द्र तेन्जिनबाट सुरु भई अन्तिम रेखा इटोशिमामा पुग्ने क्रममा, धावकहरूले समुद्र र पहाडहरूको दृश्यहरू अनुभव गर्नु हुनेछन्। त्यसैले, यस दौडमा शहरीबाट प्राकृतिक वातावरणमा छिर्दाको आनन्द महसुस गर्न सकिन्छ।

धावकहरूका लागि, फुकुओकाको प्रसिद्ध अनि बिशेष तथा स्थानीय सामग्रीहरू प्रयोग गरिएका परिकारहरु, अनि विजेताहरूका लागि पदकहरू जसमा फुकुओकाको परम्परागत शिल्पकलाको रुपमा चिनिने हाकाता-ओरी रिबनहरू प्रयोग गारिएका छन्।

साथै, ४२.१९५ किलोमिटर म्याराथनका बाहेक ५.२ किलोमिटर ह्वीलचेयर दौड र फ्यान दौड पनि आयोजना हुनेछन्। कार्यक्रममा व्यावसायिक खेलाडीहरू र ओलम्पिक प्रतियोगीहरू सहित अतिथि धावकहरू प्रस्तुत हुनेछन्। धेरै संख्यामा मानिसहरू यस दौडलाई समर्थन गर्न भेला हुने भएकोले, यो दौड फुकुओकामा प्रमुख म्याराथन कार्यक्रमको रुपमा रही आएको छ।

कृपया ध्यान दिनुहोस् कि कार्यक्रमको यस दिन, दौड हुने बाटो वरपरका सडकहरूमा ट्राफिक प्रतिबन्धहरू हुनेछन्, र दौडको समयमा, पैदल यात्री र साइकल क्रसिङहरूमा सीमितताहरू हुनेछन्।

नोभेम्बर १२ मा, म्याराथन सफलतापूर्वक पूरा गर्नका लागि धावकहरूलाई प्रोत्साहित गर्न हामी सबै सहभागी होऔं!

 

https://www.f-marathon.jp/about/charm_1.php

 

 

फुकुओका शहरको सूचना

Autumn National Fire Prevention Campaign सप्ताह

 

नोभेम्बर ९ देखि नोभेम्बर १५ सम्म Autumn National Fire Prevention Campaign” सप्ताह हो।

शरद ऋतुदेखि हिउँदको मौसमसम्महावा सुक्खा भई आगलागिको जोखिम बढ्छ।

गत वर्षफुकुओका शहरमा २६६ वटा आगलागिका घटनाहरु घटेका थिए, जसमा आगलागिको मुख्य कारणहरूमा ग्याँस चूलोचुरोटस्टोभ आदि हुन्।

ग्याँस चूलोको आगोमा विशेष ध्यान दिनु जरुरी छ।

जाडो बढ्दै आए पछिनाबे आदिका लागिग्याँस चूलोको धेरै प्रयोग हुन्छ। यसको प्रयोग गर्दाकहिल्यै त्यतिकै छोडेर नराख्नुहोस्।

त्यस्तैचुरोट पनि आगलागिका कारणहरुमध्ये एक हो।

ओछ्यानमा बसेर कहिल्यै चुरोट नपिउनुहोस्चुरोटको ठुत्ताहरु जम्मा गरि नराख्नुहोस् अनि पानीमा चुरोटका अंगाहरु राम्ररी निभाउने गर्नुहोस्।

धुने लुगा र पर्दास्टोभमा छोएर आगलागी भएको घटना छ।

त्यस्तैसुतिरहेको बेला सिरक वा ओछ्यान स्टोभमा छोएर आगलागी हुन सक्छ।

त्यसैलेस्टोभ नजिक ज्वलनशील वस्तुहरु राख्नु अत्यन्त खतराजनक हुन्छ।

स्टोभको स्विच राम्रोसँग बन्द गर्न नबिर्सनुहोस्।

आफ्नो घरको फायर अलार्म र आगो निभाउने उपकरणहरूको मिति सकिएको छ-छैन भनी नियमित रूपमा जाँच गर्ने गरौं। दैनिक जीवनमा सधैं आगलागि रोकथामलाई प्राथमिकता दिने गरौं।

यो फुकुओका शहरको सूचना थियो।

2023.11.02[Thu] 09:00

अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)

【मोमिजिगारी" वा "शरद ऋतुका पातहरूको दृश्यावलोकन】

तापक्रम पनि घट्दै गई शरद ऋतु लागि नै सकेको छ यस मौसममा रूखहरुका पातहरु रातोहरियोपहेंलोसुन्तला आदि बिभिन्न रङ्गहरुमा परिवर्तन भएको देख्न भएको होला। जापानमाजसरी मानिसहरूले वसन्तमा चेरी ब्लोसम हेरेर आनन्द लिने गर्छन्त्यसरि नै शरद ऋतुको दृश्यावलोकनको आनन्द लिने सांस्कृतिक परम्परा छ।

यस परम्परालाई "मोमिजिगारी" वा "शरद ऋतुका पातहरूको दृश्यावलोकन" भनेर चिनिन्छ। शरद ऋतुका पातहरू हेर्न मिल्ने स्थलहरुमा मानिसहरू पैदल यात्रा, हाइकिंग, अनि अलिटाढाका स्थानहरूमा ड्राइभ वा ओन्सेन्को आनन्दसँगै शरदका पातहरूको दृश्यावलोकन गर्न जान्छन्। यस मौसमको आनन्द लिने विभिन्न तरिकाहरू छन्जस्तै शरद ऋतुका विभिन्न रंगका पातहरुको फोटो खिच्नेत्यसबाट प्रेरित कला सिर्जना गर्नेप्राकृतिक दृश्यहरूको आनन्द लिंदै परिवार वा साथीहरुसँग खानपान गरेर रमाइलो समय बिताउने आदि

अर्को टपिकमा शरदका पातहरू हेर्नका लागि नाम चलेका फुकुओका शहरका केही स्थलहरूको जानकारी दिनेछु! सुन्दै गर्नुहोला

 

 

फुकुओका शहरको सूचना

पानी बगैचाशरदका पातहरु

फुकुओका शहरमा धेरै जापानी बगैंचाहरु छन्।

युउसेन्तेइ कोउयेन, स्योउफुउयेन, राकुसुइयेन, ओहोरी कोउयेन र निहोन्तेइयेन, जस्ता जापानी बगैंचाहरु शहरको केन्द्रमा भएकाले सजिलै जान सक्नुहुन्छ।

जापानी बगैचाहरुसीमित स्थानमा भए पनि चारै थरिका ऋतुहरुको दृश्यावलोकन गरेर आनन्द लिन सक्नुहुन्छ

शुल्क तिरेर माच्च्याको स्वाद लिने सुबिधाको साथै, यस ऋतुमा, बगैंचा हेरी आनन्दमय समय बिताउने र रुखहरुका रंगिन पातहरुको मनोरञ्जन लिनका लागि अति उपयुक्त समय हो।

फुकुओका शहरमा, शरदका पातहरूको दृश्यावलोकन लागि अरु पनि लोकप्रिय धेरै ठाउँहरु छन्।

फुकुओका सिटि म्युजियमको वरिपरि, आबुरायामा नागरिक वन, मोमीजी हाचीमान्गुउ आदि, नोभेम्बरदेखि डिसेम्बरतिर शरदका पातहरूको दृश्यावलोकन लागि उत्तम समय हो। अवश्य तपाईहरु पनि, फुकुओकाको शरद ऋतुको आनन्द लिनुहोस्।

 

साईकल पार्किङ नियम सम्बन्धि

 

प्रायःजसो दैनिक रुपमा साईकल चलाउँछु भन्ने व्यक्तिहरु धेरै हुनुहुन्छ होला।

साईकल पार्किंग गर्दा, तोकिएको पार्किंग स्थलमा पार्क गर्ने गरौं।

साईकल पार्किङस्थल बाहेक सडक वा पार्कमा पार्किङ गरिएका साईकलहरू पैदल यात्रुलाई बाधा वा अवरोध हुने भएकोले, अवैध रूपमा पार्किङ गरिएका साईकलहरुलाई उठाएर लैजाने नियम छ।

फुकुओका शहरमायसरी उठाएर लगेका साईकल फिर्ता लिन २,५०० येन तिर्नु पर्छ, यदि निश्चित समय भित्र दावी गरेन भने, यसलाई खारेज गरिन्छ।

व्यावसायिक सुविधा र स्टेशन वरपर छोटो समयको प्रयोजनका लागि नि:शुल्क पार्किङ क्षेत्रहरू पनि हुने भएकोले अवश्य प्रयोग गरेर हेरौं।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ