ブログ

ポッドキャスト

ポッドキャスト RSS

2025年09月

2025.09.04[Thu] 09:00

【फुकुओका प्रिफेक्चरमा उत्पादित अञ्जीर फल “तोयोमिचुहिमे”】

अहिलेको मौसममा, अञ्जीर फलको सिजन सुरु भएको छ। तपाइलाई थाहा छ?जापानमा अञ्जीर उत्पादनमा फुकुओका प्रिफेक्चरदोस्रो स्थानमा आउँछ। फुकुओकाको अञ्जीर गर्मीको मौसममा प्रशस्त घाममा पाक्ने भएकोले यसको स्वाद मीठो र उत्कृष्ट हुन्छ।

फुकुओकामा, तोयोमिचुहिमे नामक स्वादिष्ट अञ्जीर मात्र उत्पादन हुन्छ। यो फल बाहिरबाट हेर्दा चम्किलो रुबी रङ्गको हुन्छ र भित्रबाट रसदार तथा मीठो हुन्छ। यसको औसत मिठासको स्तर १७ डिग्रीभन्दा बढी छ, जुन खरबूजाजस्तै मीठो हुन्छ। साथै, यसलाई बोक्रासहित पनि खान सकिन्छ भन्ने भनाइ छ।

अञ्जीर टिपेपछि छिट्टै ताजापन गुमाउँछ। किसानहरूले राम्रो गुणस्तर सुनिश्चित गर्नका लागि पूर्ण रूपमा पाकेको मात्र अञ्जीर टिप्छन्, त्यसैले तोयोमिचुहिमे प्रायजसो फुकुओका प्रिफेक्चर बाहिर पाउन मुस्किल हुन्छ।

राम्रो अञ्जीर चिन्नका लागि, हेर्दा पूरै रातो-खैरो रङ्गको र नरम बोक्रा भएको छ कि छैन भनेर हेर्नुहोस्। जति गाढा रङ्ग भयो, त्यति नै राम्रो मानिन्छ। अञ्जीरमा क्याल्सियम, पोटासियम र फाइबर जस्ता पौष्टिक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ, जुन स्वास्थ्य र सुन्दरताका लागि फाइदाजनक हुन्छ।

यदि मौका मिल्यो भने, यो मौसममा पाइने स्वादिष्ट तोयोमिचुहिमे अञ्जीर अवश्य पनि चाख्नुहोला।

 

 

【फुकुओका शहरको/फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

“विपद् रोकथाम दिवस” र “भण्डारण प्रोत्साहन सप्ताह” को बारेमा

हरेक वर्ष सेप्टेम्बर १ "विपद् रोकथाम दिवस" ​​हो।

फुकुओका शहरमा, सेप्टेम्बर १ को "विपद् रोकथाम दिवस" देखि सेप्टेम्बर ७ सम्मको एक हप्तालाई "फुकुओका शहर भण्डारण प्रोत्साहन सप्ताह" भनेर तोकिएको छ।

भण्डारण वा जापानी भाषामा "बिचीकु" भन्नाले आपतकालीन समयका लागि, खाद्य सामग्री आदि संचित गरेर राख्नु हो। घर वा कार्यस्थलहरुमा "भण्डारण" को शुरु लगायत नागरिकहरुमा विपद् रोकथामको बारेमा जनचेतना जगाउने प्रयासहरू भइरहेका छन्।

किन भण्डारको आवश्यकता भएको होला?

यदि भूकम्प वा आंधी आयो र सुरक्षित भयो भने पनि, हामी पानी र खानाबिना बाँच्न सक्दैनौं। पसल बन्द भएमा, खाना वा पेय पदार्थ किन्न सक्दैनौं। यदि पानी आपूर्ति बन्द भयो भने, पिउने पानी पाउन सक्दैनौं। यदि बिजुली वा ग्यासको लाईन काटिएको छ भने, खाना पकाउन सक्दैनौं। त्यसैले, बाँच्न सफल भएको ‘जीवनको सुचारुक्ता’ को लागी, दैनिक रुपमा भण्डार गर्न आवश्यक छ।

के र कसरी भण्डार गर्दा राम्रो होला त?

पिउन मिल्ने पानी र ३ दिनको लागि पुग्ने गरि खानेकुरा तयारी गरि राखौं। प्रति दिन १ जनालाई करीव ३ लिटर पानी आवश्यक पर्छ। आपतकालिन खाना जस्तै भात (अल्फा चामल आदिको), क्यान् खाना, बिस्कुट, चकलेट बार, र सुख्खा रोटी आदि जस्ता नपकाईकन खान सक्ने खानेकुराहरु तयारी गरि राखौं।  रेडियो वा फ्ल्यासलाइटमा ब्याट्री छ छैन जाँच गरि राखौं। सँधै खाई रहनु भएको औषधि र टास्ने पट्टि जस्ता प्राथमिक उपचार सामग्रीहरू पनि तयार गरि राखौं। यदि परिवारमा बच्चा छ भने, डायपर जस्ता आवश्यक सामग्रीहरू तयार गरि राखौं। 

पिउने पानी बाहेक,शौचालय फ्लश गर्नका लागि घरेलु पानी पनि आवश्यक पर्छ। दैनिक रुपमा, पोलीट्यांकमा धाराको पानी भरेर राख्ने, ओफुरोमा पानी भरेर राख्ने आदि जस्ता तयारीहरु गरि राखौं।

यसका साथै, सामान्य रूपमा खाने भन्दा अलि धेरै किनेर राखी, खाएर सक्यो भने पनि, सकेको भाग मात्र किनेर थपी, घरमा खानेकुराको एक निश्चित संचय गर्ने विधिलाई "रोलिंग स्टक" भनिन्छ।

खानेकुराको म्याद सकिने मितिबारे चिन्ता बिना, आपतकालिनको लागि तयारी गर्न सक्ने भएकोले यो बिधि अपनाउन प्रेरित गरिन्छ।

वर्षेनी, यस समयतिर  समुन्द्रि आँधी आउने सम्भावना धेरै हुने भएकोले, विपद्को लागि पुनः तयारी गरि राखौं।

 

 

शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा-“याराना हिरोबा” को जानकारी

तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,

हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमाहरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।

सेप्टेम्बर महिनामा यो कार्यक्रम९ तारिक मंगलबारहुनेछ। 

समय बिहान१०:३० देखि ११:३० सम्महो।

सेप्टेम्बरको विषयबस्तु, "अङ्ग्रेजीमा कथा वाचन र फ्री स्पेस" रहेको छ। कार्यक्रममा अङ्ग्रेजीमा लेखिएका बाल कथाहरू पढ्ने र अङ्ग्रेजी गीतमा बालबालिकासँगै शारीरिक गतिविधि गरेर रमाइलो गर्न सकिन्छ।

आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको फेसबुकमा हेर्नुहोस्।

 

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ