ブログ

ポッドキャスト

ポッドキャスト RSS

जापानी भाषा(日本語)

2025.10.16[Thu] 09:00

जापानी भाषा(日本語) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【Hakata Old Town Festival/Hakata Old Town Light-up Walk】

पुराना हाकाताको आकर्षण अनुभव गर्न सकिने शरद ऋतुका केही कार्यक्रमहरूको जानकारी गराउँदैछौँ ।

यस शुक्रबार, १७ तारिकबाट सुरु हुने कार्यक्रम हो, "Hakata Old Town Festival"। धेरैजसो मन्दिर तथा पुराना सहरहरू रहेका "हाकाता पुरानो सहर" क्षेत्रमा अर्को महिना नोभेम्बर ९ तारिकआइतबारसम्म, इतिहास र संस्कृतिले भरिपूर्ण सहरमा विभिन्न कार्यक्रमहरू आयोजना हुनेछन् । २४ दिनसम्म चल्ने यो महोत्सवमा पुरानो सहर घुम्ने, किमोनो लगाउने, खानेकुराको आनन्द लिने अवसर प्राप्त हुनेछ ।

यसमध्ये पनि " Hakata Old Town Light-up Walk"विशेष छ, सामान्यतया प्रवेश गर्न नमिल्ने मन्दिरहरू यो अवधिमा विशेष गरी राति खुला गरिनेछ । मन्दिरका भवन र बगैँचालाई उज्यालोले सजाइनेछ र सुन्दर बनाइएका मन्दिरका बाटो तथा रमणीय परिसरको आनन्द लिन सकिनेछ । यो कार्यक्रममा दिउँसोभन्दा फरक वातावरणमा मन्दिर दर्शन गर्न पाइनेछ । यस वर्षको झिलिमिलीको विषय "प्रकाशको जङ्गल"रहेको छ । " Hakata Old Town Light-up Walk" ३१ तारिकशुक्रबारबाट सुरु भई नोभेम्बर ३ तारिकसोमबारसम्म चल्नेछ । झिलिमिलीको समय साँझ १७:३० देखि राति २१:०० बजेसम्म तोकिएको छ ।

यी ४ दिनमा, क्लासिक सङ्गीतको प्रत्यक्ष प्रस्तुति, ज्याजको प्रत्यक्ष सङ्गीतसँगै जापानी रक्सी लगायतका पेय पदार्थ, फुड ट्रकका परिकारको आनन्द लिन सकिने साङ्गीतिक कार्यक्रम, साथै रात्रिकालीन बजार र बजारमा दिन र रात दुवै समय हाकाताको खानाको मजा लिन सकिनेछ । थप जानकारीको लागि, कृपया वेबसाइट हेर्नुहोस् ।

यो कार्यक्रममा मात्र उपलब्ध हाकाताको विशेष इतिहास र संस्कृतिको अनुभव गर्न, तपाईहरु पनि पक्कै जानुहोला ।

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

"२३औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" को जानकारी

"२३औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?

अक्टोबर १९ आइतबार दिउँसो १३:०० बजे देखि "२३ औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता आयोजना हुन गईरहेको छ। 

यस प्रतियोगितामा, फुकुओका सहर क्षेत्रमा रहेका कक्षाहरू वा स्कूलहरूमा जापानी भाषा सिकिरहेका विदेशीहरूले फुकुओकामा बस्दा अनुभव गरेका कुराहरू वा आफ्नो भविष्यका सपना जस्ता विभिन्न विषयहरूमा जापानी भाषामा वक्तव्य दिनेछन्।

कार्यक्रम स्थल, फुकुओका सहरको चुओ वार्ड रोप्पोनमाचुमा रहेको फुकुओका सिटी साइन्स म्युजियमको साइन्स हलमा हुनेछ। प्रवेश शुल्क निःशुल्क छ, र कार्यक्रममा आउनको लागि अग्रिम बुकिङ आवश्यक छैन।

प्रतियोगीहरूले गरेको मेहनत र सिकाइको फल सुन्न तपाईंहरू पनि अवश्य आउनुहोस्!

अधिक जानकारीको लागि, सार्वजनिक हित समावेशी फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिता कार्यान्वयन समितिको फोन नम्बर (०९२-२६२-१७४४) मा सम्पर्क गर्नुहोस्।



शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा-“याराना हिरोबा” को जानकारी

तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,

हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमाहरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।

अक्टोबर महिनामा यो कार्यक्रम२८ तारिक मंगलबारहुनेछ। 

समय बिहान१०:३० देखि ११:३० सम्महो।

कार्यक्रमको विषयबस्तु हो,"सान्नो कोदोमो प्लाजाबाट सञ्चालित ३० मिनेटको रिथमिक कक्षा"।

सङ्गीतको तालमा अभिभावक र बच्चा दुवैले जिउ हल्लाउँदै रमाइलो गर्नेछन्। यो अभिभावक र बच्चाबीचको आत्मीय सम्बन्ध अझ बलियो बनाउने अवसर हो। रिथमिकको माध्यमबाट सङ्गीतको मजा र अभिव्यक्तिको आनन्दलाई अभिभावक र बच्चा दुवै मिलेर महसुस गरेर हेरौं! 

आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको फेसबुकमा हेर्नुहोस्।

2025.10.02[Thu] 09:00

जापानी भाषा(日本語)

【DISNEY ANIMATION IMMERSIVE EXPERIENCE】

डिज्नीका फ्यानहरूलाई एउटा रमाइलो सूचना छ।
आगामी अक्टोबर १३ देखि, फुकुओका सिटि म्युजियममा ‘Disney Animation Immersive Experience’ भन्ने विशेष कार्यक्रम आयोजना हुँदैछ।
यो कार्यक्रम पहिलो पटक क्युशु क्षेत्रमा हुँदैछ।

यो कार्यक्रम सन् २०२२ मा उत्तर अमेरिकाबाट सुरु भएको हो, र त्यसयता संसारभरका धेरै दर्शकहरूलाई आकर्षित गर्दै आएको छ।
यस कार्यक्रममा, डिज्नी एनिमेशनका प्रसिद्ध चलचित्रहरूलाई विशेष दृश्य र संगीतको माध्यमबाट प्रत्यक्ष रूपमा अनुभव गर्न सकिन्छ।

अलादीन र जास्मिनसँगै जादुई गलैँचामा उड्ने वा मिराबलसँगै उनको जादुमय घरभित्र पस्ने जस्ता डिज्नी एनिमेशनका सुरुका उत्कृष्ट फिल्मदेखि हालैका चर्चित फिल्मसम्मका कथाहरूलाई चलचित्रभित्रै पसेर अनुभव गर्न सकिने एउटा बिल्कुलै नयाँ कार्यक्रम हुँदैछ।

यो कार्यक्रम अक्टोबर १३ देखि २०२६ को फेब्रुअरी १ सम्म चल्नेछ। यसको आयोजना फुकुओका सिटी म्युजियममा हुनेछ।

यो कार्यक्रमको सबै क्षेत्रमा फोटो खिच्न सकिनेछ। यसका साथै, कार्यक्रमका लागि मात्रै बनाइएका विशेष सामग्रीहरू पनि खरिदका लागि उपलब्ध हुनेछन्।

वाल्ट डिज्नी एनिमेशन स्टुडियोको कला र विरासतको संसारमा प्रवेश गरी 'फ्रोजन', 'द लिटिल मरमेड', 'बिग हिरो सिक्स' जस्ता फिल्मका निर्माताहरूले तयार पारेको सङ्गीत, कला र एनिमेशनको आनन्द लिन सक्नुहुन्छ। यो बिल्कुलै नयाँ कार्यक्रमको अनुभव लिन तपाईहरु पनि गएर हेर्दा कस्तो होला!

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

"२३औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?

अक्टोबर १९ आइतबार दिउँसो १३:०० बजे देखि "२३ औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” आयोजना हुन गईरहेको छ। यस प्रतियोगितामा, फुकुओका सहर क्षेत्रमा रहेका कक्षाहरू वा स्कूलहरूमा जापानी भाषा सिकिरहेका विदेशीहरूले फुकुओकामा बस्दा अनुभव गरेका कुराहरू वा आफ्नो भविष्यका सपना जस्ता विभिन्न विषयहरूमा जापानी भाषामा वक्तव्य दिनेछन्।

कार्यक्रम स्थल फुकुओका सहरको चुओ वार्ड रोप्पोनमाचुमा रहेको फुकुओका सिटी साइन्स म्युजियमको साइन्स हलमा हुनेछ। प्रवेश शुल्क निःशुल्क छ, र आउने व्यक्तिहरूलाई कुनै अग्रिम बुकिङको आवश्यकता छैन।

प्रतियोगीहरूले गरेको मेहनत र सिकाइको फल सुन्न तपाईंहरू पनि अवश्य आउनुहोस्!

अधिक जानकारीको लागि, सार्वजनिक हित समावेशी फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिता कार्यान्वयन समितिको फोन नम्बर (०९२-२६२-१७४४) मा सम्पर्क गर्नुहोस्।

 

 

स्वयंसेवक बैङ्क - भाषा र मनलाई जोड्ने अन्तर्राष्ट्रिय आदानप्रदानमा सहयोग

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले सन् २०२१ देखि नै 'विदेशीलाई सहयोग गर्ने स्वयंसेवक बैङ्क' स्थापना गरेको छ। यसको उद्देश्य यहाँका जापानी र विदेशी नागरिकहरूबीच आपसी समझदारी बढाएर सबैले मिलेर बस्न सक्ने बहुसांस्कृतिक समाजको निर्माण गर्नु हो।

यो अभियानमा, फुकुओका सहरमा बसोबास गर्ने, काम गर्ने वा पढ्ने १६ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू सहभागी हुन सक्छन्। यसमा तपाईंले जापानी भाषाबाट विदेशी भाषामा वा विदेशी भाषाबाट जापानी भाषामा दोभासे अनुवादको काम गर्नुपर्ने हुन्छ।

स्वयंसेवकको रूपमा काम गर्दा तपाईंको जापानी भाषाको सीप बढ्छ र तपाईंले समाजलाई अझ नजिकबाट बुझ्न सक्नुहुन्छ। तपाईंको भाषिक सीपले ठूलो सहयोग पुर्याउन सक्छ।

यदि तपाईंलाई यसमा रुचि छ वा सहभागी हुन चाहनुहुन्छ भने, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज हेर्नुहोस्। त्यहाँ तपाईंले विस्तृत जानकारी र आवेदन दिने तरिका पाउनुहुनेछ।

यदि कुनै कुरामा स्पष्ट हुनुभएन भने, (०९२-२६२-१७४४) मा फोन गरेर हामीलाई सोध्न सक्नुहुन्छ।

2025.05.22[Thu] 09:00

जापानी भाषा(日本語) , चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【Hakata Machiya Furusatokan】

के तपाईंहरूले हाकातामा अवस्थित एक प्रमुख पर्यटकीय स्थल Hakata Machiya Furusatokan को भ्रमण गर्नुभएको छ?

यो संग्रहालय फुकुओका शहरको हाकाता वार्डमा पर्ने रेइसेनमाची भन्ने स्थानमा, प्रसिद्ध कुशिदा मन्दिरको नजिकै अवस्थित छ। यहाँबाट पुरानो हाकाताको जीवनशैली र परम्परागत संस्कृति हेर्न र अनुभव गर्न सकिन्छ।

Hakata Machiya Furusatokan फुकुओका शहरको सांस्कृतिक सम्पदामा सूचीकृत भवनहरू, हाकाता र फुकुओकासँग सम्बन्धित सामग्रीहरू पाइने उपहार पसल, र हाकाताको इतिहास तथा संस्कृतिका विषयमा जानकारी दिने प्रदर्शनीहरूले भरिपूर्ण छ। साथै, यहाँ परम्परागत शिल्पकला निर्माण गर्ने शिल्पकारहरूको कार्य हेर्न सकिन्छ र उनीहरूसँगै मिलेर शिल्पकला सिक्न र अभ्यास गर्न सकिने अवसर पनि उपलब्ध छ।

यस वर्ष, संग्रहालयको स्थापना भएको ३० वर्ष पुगेको अवसरमा, यहाँ रहेको उपहार पसलमा नयाँ क्याफे थपेर अप्रिल महिनामा पुनः खोलिएको छ।

नयाँ नाममा खुलेको यो क्याफे र पसल "हाकाताकारा (Hakatakara)" मा, हाकाताको परम्परागत शिल्पकला, फुकुओकाका लोकप्रिय सामग्रीहरू, स्थानिय मिठाइहरू र केवल यहीँ मात्र पाइने विशेष वस्तुहरू बिक्रीमा राखिएका छन्, जसले उपहारको रूपमा लैजानका लागि उपयुक्त बनाउँछ। क्याफेमा तपाईंले जापानी चिया र परम्परागत मिठाइहरूको स्वाद लिन सक्नुहुन्छ।

हाकाताको परम्परा र संस्कृतिलाई नजिकबाट जान्न र अनुभव गर्न सकिने यो नयाँ स्थल हो, अवश्य जानुहोला।

 

 

फुकुओका शहरको सूचना

यासासीई निहोन्गो राजीओ कोउजा अर्थात् सरल जापानी भाषा रेडियो कोर्सको परिचय

तपाईहरुले यासासीई निहोन्गो राजीओ कोउजा अर्थात् सरल जापानी भाषा रेडियो कोर्स को प्रसारण सुन्नुभएको छ?

यो कार्यक्रम, जापानी भाषा राम्ररी नबुझ्ने विदेशीहरू सबैका लागि हो, र यस कार्यक्रममा सरल जापानी भाषामा बिस्तारै बोलिन्छ।

विदेशीहरुले जापानमा बसोबास गर्दा थाहा पाउनु पर्ने सूचनाहरुको बारेमा जानकारी दिईनेछ।

यो कार्यक्रम प्रत्येक शुक्रवार ९:५४ बाट प्रसारण हुँदै आईरहेको छ।

बुझ्न गाह्रो भएमा, वा सुन्न छुटेको भएमा पनि ठिकै छ!

Love FM को होमपेजमा पोष्ट गरिएको स्क्रिप्टमा हेरेर Podcast मा बारम्बार सुन्न सक्नुहुन्छ।

कृपया सुनिदिनु होला।




HIV परिक्षण सप्ताहको बारेमा

जुन १ देखि जुन ७ सम्मको १ हप्ता "HIV परिक्षण सप्ताह" हो।

रेइवा मा, फुकुओका शहर भित्रको चिकित्सा संस्थानहरूले दिएको नयाँ रिपोर्ट अनुसार HIV संक्रमित व्यक्तिहरु २७

 जना र एड्सका बिरामीहरू १५ जना थिए। HIV संक्रमणको रोकथाम, प्रारम्भिक पहिचान र प्रारम्भिक उपचार महत्त्वपूर्ण छ। HIV संक्रमण हुँदैमा, धेरैजसो लक्षणहरू नदेखिने भएकोले, संक्रमण छ कि छैन भनेर पत्ता लगाउन परिक्षण गर्न आवश्यक छ।

प्रत्येक वार्डको Health and Welfare Center मा, निःशुल्क र गोप्य रूपमा HIV परिक्षण गराउन सक्नुहुन्छ। यो केवल रगत लिएर गरिने सजिलो परीक्षण हो।

परिक्षण गर्न मिल्ने दिन तोकिएको हुनाले, कृपया जानुअघि फुकुओका सिटीको होमपेज आदिबाट अग्रिम जानकारी लिनुहोला।

HIV संक्रमणको प्रारम्भिक पहिचान र उचित स्वास्थ्य सेवा र उपचार प्राप्त गर्नाले एड्स फैलिने गतिलाई ढिलाइ गर्न सक्दछ। त्यसैले, आफुलाई शंका लाग्ने बित्तिकै, प्रारम्भिक परिक्षण गर्ने गरौँ।

2024.10.31[Thu] 09:00

जापानी भाषा(日本語) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【Pokemon GO Wild Area: फुकुओका】

तपाईंहरू सबैलाई पोकेमोन GO】 को बारेमा थाहा छ?
यो स्मार्टफोनका लागि बनेको एउटा गेम हो, जसमा तपाईंले आफ्नो स्मार्टफोनको स्क्रिनमा देखिने पोकेमोनहरूलाई समात्न र लडाइँ गराउन सक्नुहुन्छ। यो खेल जापान र विदेशमा धेरै लोकप्रिय छ, र १ अर्ब भन्दा बढी पटक डाउनलोड गरिएको छ। यो संसारभरका ठाउँहरूमा इभेन्टहरू आयोजना हुने हदसम्म लोकप्रिय छ।
त्यही पोकेमोन GO】 को क्युशूमा पहिलो पटक आयोजना हुन गईरहेको इभेन्ट "Pokemon GO Wild Area: फुकुओका" यस वर्ष नोभेम्बर १६ (शनिबार) र १७ (आइतबार) का दुई दिन फुकुओका सहरमा आयोजना हुन गईरहेको छ।

कार्यक्रमको मुख्य स्थल माइजुरु पार्क हो तर शहरका विभिन्न स्थानहरुमा पोकेमोनका लोकप्रिय पात्रहरू देखिनेछन्। पार्कभित्र दुर्लभ पोकेमोनसँग भेट हुन सक्छ, साथै सहरभरका १० वटा आधिकारिक पर्यटकीय स्थलहरूमा भ्रमण गर्दै पोकेमोन समात्न सक्नुहुन्छ। यसले पोकेमोन र फुकुओका सहर दुवैको आकर्षण पत्ता लगाउने रमाइलो अवसर प्रदान गर्नेछ।

यस इभेन्टमा सहभागी हुन टिकट आवश्यक छ।
विस्तृत जानकारीका लागि, कृपया पोकेमोन GO फुकुओकाभनेर खोज्नुहोस्।

 

 

फुकुओका शहर/ फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

"निहोन्गो स्याबेरी बा (にほんごしゃべり場 )In Tenjin को परिचय"

जापानीहरूसँग "जापानी भाषा" मा कुराकानी गरेर रमाइलो गर्न चाहनुहुन्छ?

विदेशी र जापानीहरूबीच कुराकानी गर्न सकिने रमाइलो कार्यक्रम आयोजना हुँदैछ। नोभेम्बर २३ मा, दिउँसो २ बजेदेखि ४ बजेसम्म, च्युओउ वार्ड, तेन्जिनस्थित ACROS Fukuoka मा आयोजना हुनेछ।

कार्यक्रममा, विदेशी र जापानी सहभागीहरूले एकअर्कासँग आमने-सामने भएर दुईवटा घेरा बनाउनेछन्। हरेक १ -१ मिनेटमा, विभिन्न विषयमा एक-एकजनासँग कुरा गर्नेछन्, त्यसपछि सीट परिवर्तन गरेर अर्को व्यक्तिसँग कुराकानी गर्नेछन्।

यस कार्यक्रमलाई संस्कृति विभागका क्षेत्रीय जापानी शिक्षा सल्लाहकार, शिनतारो फुकाएले सञ्चालन गर्नेछन्। सहभागीहरूले पालैपालो नयाँ व्यक्तिहरूसँग कुरा गर्ने अवसर पाउनेछन्।

सहभागिता निःशुल्क छ, तर अग्रिम दर्ता गर्न आवश्यक छ। सहभागी संख्या ३० जनामा सीमित छ, र पहिलो ३० जनाले मौका पाउनेछन्। आवेदनका लागि "にほんごしゃべり場 In Tenjin" भनेर खोज्नुहोस्।

कुराकानी गर्दै रमाइलो गर्नुहोस् र सीमापारीका नयाँ सम्बन्धहरू बनाउनुहोस्!

यो फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना थियो।

 

 

 फुकुओका किबो च्युउ गाक्को सेइतोबोस्यु

"फुकुओका किबो च्युउ गाक्को" भन्ने स्कूलको बारेमा सुन्नुभएको छ?
यो स्कूल फुकुओका सिटीले स्थापना गरेको सरकारी रात्रीकालिन जुनियर हाई स्कूल हो, जसले विभिन्न कारणले अनिवार्य शिक्षा प्राप्त गर्न नसकेका वा स्कूल जान नसकेका व्यक्तिहरूको लागि अध्ययनको अवसर दिन्छ। यहाँ जुनसुकै देशको नागरिक पनि भर्ना हुन सक्नुहुन्छ।

यो स्कूलले दिउँसोको जुनियर हाईस्कुलमा भए जसरी ९ वटा बिषयहरु पढाउँछ। जापानी भाषामा कठिनाइ भएका व्यक्तिहरूले जापानी भाषामा मार्गदर्शन पनि पाउन सक्छन्। पढाई पूरा भएपछि, जुनियर हाईस्कुल स्नातकको प्रमाणपत्र प्राप्त हुन्छ।

कक्षाहरू सोमबारदेखि शुक्रबार साँझ ५:५० बजेदेखि राति ९:९:१५  बजे सम्म हुन्छ।
यो स्कूल सावारा वार्डकोमोमोचीमा स्थित छ। कक्षाको शुल्क र पाठ्यपुस्तकको मूल्य कुनै पनि लाग्दैन।

विस्तृत जानकारीको लागि, १० नोभेम्बरका दिन २ बजे स्कूलको जानकारी सत्र आयोजना हुन गईरहेको छ।
फोन वा अनलाइन मार्फत्, कृपया ११ नोभेम्बर ६ सम्ममा आवेदन दिनुहोला। 

फोन नम्बर: ०९२४०००७५१

सोमबारदेखि शुक्रबार, दिउँसो २ बजेदेखि ९:१५ बजे सम्म कल स्वीकार गरिन्छ

अनलाइनमा "फुकुओका किबो च्युउ गाक्को सेइतोबोस्यु" भनेर खोज्नुहोला।

सोधपुछ तथा परामर्शको लागि, वेबसाइटमा दिइएको इमेल ठेगानाबाट तपाईंको भाषा प्रयोग गरेर सहजै सम्पर्क गर्न सक्नुहुन्छ।

 

HP https://sites.google.com/fuku-c.ed.jp/fukuokakibou/admissions/info

2024.10.17[Thu] 09:00

जापानी भाषा(日本語) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【नाकासु महोत्सव】

क्युसु क्षेत्रको सबैभन्दा ठूलो मनोरञ्जन क्षेत्र, नाकासुमा आयोजना हुने रंगीन उत्सव नाकासु महोत्सवबारे थाहा छ? यो महोत्सव नाकासुमा आउने पाहुनाहरूलाई १ वर्षभरि दिएको साथ र समर्थनको लागि धन्यवाद दिन मनाइन्छ।

यस वर्ष, महोत्सव अक्टोबर २५ र २६, अर्को हप्ता शुक्रबार र शनिबार राति आयोजना हुन गईरहेको छ।

नाकासु ओडोरी सडक पैदलयात्रीहरूको लागि खुला गरिनेछ, जहाँ करिब ६० वटा रेस्टुरेन्टहरुको गाडी हुनेछन्। यस महोत्सवको मुख्य आकर्षण भनेको ५०० जना महिलाहरूले "मिकोशी" (धार्मिक खत) उठाएर नाकासुमा परेड गर्ने "नाकासु कुनिहिरो ओन्ना मिकोशी" हो। त्यस्तै, रंगीचंगी उज्याला पहिरन लगाएका "ओइरान्" (पारम्परिक जापानी दरबारका महिला) हरूले बिस्तारै शहरभरि गरिने परेड "ओइरान् डोच्यु" पनि हो। यी दृश्यहरू यस महोत्सवमा मात्र हेर्न पाइन्छ।

त्यसका साथै, शो र लाइभ स्टेज कार्यक्रमहरूको पनि मनोरञ्जन लिन सक्नुहुन्छ।

वर्षमा एक पटक मात्र देख्न पाइने नाकासुको रातको रमाइलोमा सहभागी भएर हेर्दा कसो होला।

 

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

"निहोन्गो स्याबेरी बा (にほんごしゃべり場 )In Tenjin को परिचय"

जापानी व्यक्तिहरूसँग "जापानी भाषा" मा कुराकानी गरेर रमाइलो गर्न चाहनुहुन्छ?

विदेशी र जापानीहरूबीच कुराकानी गर्न सकिने रमाइलो कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रम नोभेम्बर २३ मा, दिउँसो २ बजेदेखि ४ बजेसम्म, च्युओउ वार्ड, तेन्जिनस्थित ACROS Fukuoka मा हुनेछ।

कार्यक्रममा, विदेशी र जापानी सहभागीहरूले एकअर्कासँग आमने-सामने भएर दुईवटा घेरा बनाउनेछन्। हरेक १ मिनेटमा, विभिन्न विषयमा एक-एकजनासँग कुरा गर्नेछन्, त्यसपछि सीट परिवर्तन गरेर अर्को व्यक्तिसँग कुराकानी गर्नेछन्।

यस कार्यक्रमलाई संस्कृति विभागका क्षेत्रीय जापानी शिक्षा सल्लाहकार, शिनतारो फुकाएले सञ्चालन गर्नेछन्। सहभागीहरूले पालैपालो नयाँ व्यक्तिहरूसँग कुरा गर्ने अवसर पाउनेछन्।

सहभागिता निःशुल्क छ, तर अग्रिम आवेदन आवश्यक छ। सहभागी संख्या ३० जनामा सीमित छ, र पहिलो ३० जनाले मौका पाउनेछन्। आवेदनका लागि "にほんごしゃべり場 In Tenjin" भनेर खोज्नुहोस्।

कुराकानी गर्दै रमाइलो गर्नुहोस् र सीमापारीका नयाँ सम्बन्धहरू बनाउनुहोस्!

 

 

"२२औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?

अक्टोबर २७ आइतबार दिउँसो १२:३० बजे देखि "२२ औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता आयोजना हुन गईरहेको छ। यस प्रतियोगितामा, फुकुओका सहर क्षेत्रमा रहेका कक्षाहरू वा स्कूलहरूमा जापानी भाषा सिकिरहेका विदेशीहरू र सीपमूलक तालिम विद्यार्थीहरूले फुकुओकामा बस्दा अनुभव गरेका कुराहरू वा आफ्नो भविष्यका सपना जस्ता विभिन्न विषयहरूमा जापानी भाषामा वक्तव्य दिनेछन्।

कार्यक्रम स्थल फुकुओका सहरको चुओ वार्ड रोप्पोनमाचुमा रहेको फुकुओका सिटी साइन्स म्युजियमको साइन्स हलमा हुनेछ। प्रवेश शुल्क निःशुल्क छ, र आउने व्यक्तिहरूलाई कुनै अग्रिम बुकिङको आवश्यकता छैन।

प्रतियोगीहरूले दैनिक रुपमा सिकेका कुराहरूको उपलब्धि अवश्य आउनुहोला!

अधिक जानकारीको लागि, सार्वजनिक हित समावेशी फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिता कार्यान्वयन समितिको फोन नम्बर (०९२-२६२-१७४४) मा सम्पर्क गर्नुहोस्।

2024.08.08[Thu] 09:00

जापानी भाषा(日本語)

【हाकाता नाचु माचुरी・तेन्जिन नाचु माचुरी】

फुकुओकाको गर्मीलाई झकझक्याउने महोत्सव, 【हाकाता नाचु माचुरी】, 【तेन्जिन नाचु माचुरीआयोजना भइरहेको छ। तेन्जिनको कार्यक्रम स्थल रफुकुओका सिटी हलको पश्चिममा रहेको फुरेआई हिरोबामा, १८ तारिक आइतबारसम्म, हरेक दिन आयोजना हुनेछ। 

हाकाताको कार्यक्रम स्थल, JR हाकाता स्टेशन अगाडिको हिरोबामा, २२ तारिक बिहीबारसम्म,हरेक दिन आयोजना हुनेछ। 

खाकीगोरी, याकिसोबा, हाकाता स्वादको फूड स्टलहरू, योयो फिसिङ, शूटिङ ग्यालरी जस्ता मेलाका स्टलहरू, र संगीत लाइभ स्टेज पनि छन्। सबैले "यागुरा" लाई घेरेर घेरा बनाएर, संगीतको तालमा मिलेर नाच्ने "बोन डान्स" को मनोरञ्जन लिन सक्नुहुन्छ। पहिलो पटक भए पनि रमाइलो शतप्रतिशत हुनेछ । जापानमा मात्र मनाईने यो विशेष उत्सवको मजा पक्कै पनि लिनुहोस्

 

 

फुकुओका शहरको सूचना

जापानी भाषा सिकाउने साइट "चुनागारु हिरोगारु निहोंगो दे नो कुराशी" को जानकारी

 

यस पटक, शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयको जापानी भाषा सिकाउने साइट "चुनागारु हिरोगारु निहोंगो दे नो कुराशी" को जानकारी दिनेछु। 

यो साइट विदेशीहरुले स्वअध्ययनबाट जापानी भाषा सिक्न सकून् भन्ने उद्देश्यले बनाइएको हो। यो साइटबाट जापानी भाषामा संवाद गर्न र दैनिक जीवनमा आवश्यक जापानी भाषा सिक्न सकिन्छ।

यो साइटमा, जापानी, अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी लगायत १८ भाषाहरुमा सेवा उपलब्ध छन्।

देखि ३स्तर सम्मका पाठहरू छन्, र तपाईं आफ्नो स्तरअनुसार सिक्न सक्नुहुन्छ। कुन स्तरमा सिक्ने भन्ने कुरा तपाईँको जापानी भाषाको क्षमतालाई जाँच गरेर थाहा पाउन सक्नुहुन्छ।

उदाहरणका लागि, "किनमेल गर्ने," "अस्पताल जाने," "बालबालिकालाई हुर्काउने" जस्ता अवस्थामा प्रयोग हुने जापानी भाषा भिडियो मार्फत सिक्न सक्नुहुन्छ। जापानी भाषा, रोमन अक्षर, र विदेशी भाषामा उपलब्ध उपशीर्षकहरू हेर्दै, अर्थ र उच्चारण दुवै राम्रोसँग अध्ययन गर्न सक्नुहुन्छ। साथै, भिडियोमा भएका सबै संवादहरूको सूची पनि हेर्न सक्नुहुन्छ।

जापानी भाषामा धेरै प्रकारका अक्षरहरू छन्, जसले गर्दा यो कठिन लाग्न सक्छ।

यस साइटमा नाम, ठेगाना, र दैनिक जीवनका कागजातहरूको पढाइ र लेखाइका टिप्सहरूको पनि परिचय दिइन्छ। त्यस्तै, "कर" र "चिकित्सा" प्रणालीको बारेमा भिडियोहरू र दैनिक जीवनमा उपयोगी हुने स्तम्भहरू पनि छन्, जसले गर्दा यो साइट धेरै उपयोगी छ।

"つながるひろがる にほんごでのくらし(चुनागारु हिरोगारु निहोंगो दे नो कुराशी)" खोजेर, कृपया चासो लागेको अवस्थाबाट जापानी भाषा सिक्न शुरु गर्नुहोस्। 

फुकुओका शहरको वेबसाइट "Support for Foreign Residents" मा पनि लिङ्क समावेश गरिएको छ।

यसका साथै, फुकुओका शहरमा, सामुदायिक केन्द्रहरू लगायतका स्थानहरूमा स्वयंसेवक शिक्षकहरूले पढाउने धेरै जापानी भाषा कक्षाहरू छन्। ती प्रत्येक कक्षाहरूको स्तर, सहभागी शुल्क, र विषयवस्तुहरूको बारेमा "निहोंगो क्लास म्याप" मा जानकारी दिइएको छ। प्रारम्भिक कक्षामा बिस्तारै अध्ययन गर्न सक्नुहुन्छ।खान्जी अभ्यास गर्ने कक्षाहरू पनि छन्, जापानी संस्कृति सिक्ने, र जापानी भाषा सिक्दै गर्दा स्थानीय बासिन्दाहरूसँग रमाइलोसँग अन्तरक्रिया गर्न सकिने कक्षाहरू पनि उपलब्ध छन्।

"福岡市にほんご Class Map (फुकुओका सिटी निहोंगो क्लास म्याप)" भनि खोजी, नजिकको जापानी भाषा कक्षा फेला पार्नुहोस्।

2024.05.23[Thu] 09:00

जापानी भाषा(日本語) , चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【फुकुओका बोर्डो वाइन फेस्टिवल】

हाल फुकुओका सिटी हलको पश्चिम तर्फ रहको फुरेआई हिरोबामा  " फुकुओका बोर्डो वाइन फेस्टिवल" आयोजना भइरहेको छ।

"फुकुओका बोर्डो वाइन फेस्टिवल", फुकुओका र बोर्डो बीचको मैत्रीपूर्ण सम्बन्धको ३५औं वार्षिकोत्सव मनाउन शुरु गरिएको थियो र यस वर्ष यो वाइन फेस्टिवल ७औं वर्षमा प्रवेश गरेको छ।

यस फेस्टिवलमा, १०० भन्दा बढी प्रकारका बोर्डो वाइन अनिफुकुओकाको स्वादिष्ट परिकारहरुको पनि आनन्द लिन सक्नुहुन्छ। साथै, आयोजना स्थलमा फुकुओकाका कलाकारहरूद्वारा उत्कृष्ट ओपेरा र स्टेज प्रदर्शनहरू पनि दिनुहुनेछन्। हरेक वर्ष धेरै मानिसहरू सहभागी हुने यो फेस्टिवल, वाइन प्रेमीहरूका लागि हेर्नै पर्ने इभेन्टको रुपमा रहँदै आएको छ।

कार्यक्रम संचालन अवधि,  सोमबारदेखि शुक्रबार बेलुकी ५बजेदेखि, र शनिबार तथा आइतवार दिउँसो१२ बजे देखि बेलुकी १०बजे सम्म । जुन २ (आइतबार) सम्म फेस्टिवल सञ्चालन हुनेछ । समय भए पक्कै पनि जानुहोला

 

 

【फुकुओका शहरको सूचना】

यासासीई निहोन्गो राजीओ कोउजा अर्थात् सरल जापानी भाषा रेडियो कोर्सको परिचय

तपाईहरुले यासासीई निहोन्गो राजीओ कोउजा अर्थात् सरल जापानी भाषा रेडियो कोर्स को प्रसारण सुन्नुभएको छ?

यो कार्यक्रम, जापानी भाषा राम्ररी नबुझ्ने विदेशीहरू सबैका लागि हो, र यस कार्यक्रममा सरल जापानी भाषामा बिस्तारै बोलिन्छ।

विदेशीहरुले जापानमा बसोबास गर्दा थाहा पाउनु पर्ने सूचनाहरुको बारेमा जानकारी दिईनेछ।

यो कार्यक्रम प्रत्येक शुक्रवार ९:५४ बाट प्रसारण हुँदै आईरहेको छ।

बुझ्न गाह्रो भएमा, वा सुन्न छुटेको भएमा पनि ठिकै छ!

Love FM को होमपेजमा पोष्ट गरिएको स्क्रिप्टमा हेरेर Podcast मा बारम्बार सुन्न सक्नुहुन्छ।

कृपया सुनिदिनु होला।

 

 

HIV परिक्षण सप्ताहको बारेमा

 

जुन १ देखि जुन ७ सम्मको १ हप्ता "HIV परिक्षण सप्ताह" हो।

रेइवा ५ मा, फुकुओका शहर भित्रको चिकित्सा संस्थानहरूले दिएको नयाँ रिपोर्ट अनुसार HIV संक्रमित व्यक्तिहरु ३४ जना र एड्सका बिरामीहरू ७ जना थिए। HIV संक्रमणको रोकथाम, प्रारम्भिक पहिचान र प्रारम्भिक उपचार महत्त्वपूर्ण छ। HIV संक्रमण हुँदैमा, धेरैजसो लक्षणहरू नदेखिने भएकोले, संक्रमण छ कि छैन भनेर पत्ता लगाउन परिक्षण गर्न आवश्यक छ।

प्रत्येक वार्डको Health and Welfare Center मा, HIV परिक्षण निःशुल्क र गोप्य रूपमा गर्न सक्नुहुन्छ।

परिक्षण गर्न मिल्ने दिन तोकिएको हुनाले, कृपया जानुअघि Health and Welfare Center वा फुकुओका सिटीको होमपेज आदिबाट अग्रिम जानकारी लिनुहोला।

HIV संक्रमणको प्रारम्भिक पहिचान र उचित स्वास्थ्य सेवा र उपचार प्राप्त गर्नाले एड्स फैलिने गतिलाई ढिलाइ गर्न सक्दछ। 

त्यसैले, आफुलाई शंका लाग्ने बित्तिकै, प्रारम्भिक परिक्षण गर्ने गरौँ।

2024.01.04[Thu] 09:00

जापानी भाषा(日本語) , अन्य(その他)

【नानाकुसागायु】

あけましておめでとうございます!नयाँ वर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना

वर्ष२०२४ को आज यो पहिलो प्रसारण!

तपाईंहरुको नयाँ वर्षको बिदा कस्तो रह्यो? रमाइलोसँग नै बित्यो होला! 

जापानमा १ देखि ७ तारिकसम्मको अवधिलाई नयाँ वर्षको रुपमा मानिन्छ र अन्तिम दिन, जनवरी ७ मा, सुस्वास्थ्यको कामनामा, बिहानको खाजामा सात प्रकारका मौसमी औषधीय जडीबुटीहरू समावेश गरी पकाएको खाना ‘नानाकुसागायु’ खाने चलन छ। वर्षको अन्त्य र नयाँ वर्षको भोज र मदिराबाट थकित पेट र आन्द्राको हेरचाह गर्नु पनि यसको अर्थ रहेको छ। स्वादको लागि नून मात्र हालेर बनाएको सादा खाना हो, नानाकुसागायु। सुपरमार्केटहरूमा सेटमा पाईने हुनाले यो सजिलै किन्न सक्नुहुन्छ।

नयाँ वर्ष २०२४ सबैको लागि सुखद रहोस्। तपाईंहरुको इच्छा आकांक्षा पूरा होस् भनि कामना गर्दछु।

 

 

फुकुओका शहरको सूचना

JapaneseChattingEvent

 

 जापानी भाषा स्कूल लगायत फुकुओकामा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच सजिलै कुराकानी गर्न मिल्ने Japanese Chatting Event”, हरेक महिनामा एक पटक आयोजना हुँदै आईरहेको छ। अर्को आयोजना जनवरी ३१, अनलाइनमा हुनेछ।

Zoom प्रयोग गरेर, विदेशी विद्यार्थीहरू र जापानी स्वयंसेवकहरू बिच प्रत्यक्ष वान् टु वान्, साथै सानो समूहहरूमा मनपर्ने विषयवस्तुहरूमा छलफल गरिन्छ। हरेक दिन, स्कूलमा सिकेको जापानी भाषा प्रयोग गर्न चाहनुहुने वा जापानीहरूसँग कुराकानी गर्न चाहनुहुने महानुभावहरु, सहभागी हुनुहोला।

सहभागिता शुल्क नि:शुल्क हो तर आवेदन दिन आवश्यक छ। 

आवेदन दिने तरिका आदि अधिक जानकारीका लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज वा फेसबुक पेजमा हेनुहोला। 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज रहेको छ, (www.fcif.or.jp.)

केही नबुझेको कुरा भएमा, कृपया फोन मार्फत् सम्पर्क गर्नुहोस् ।

फोन नम्बर छ, (०९२-२६२-१७४४ )। 

तपाईंहरुको सहभागीताका लागि पर्खिरहेका छौं।

 

 

विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श

 

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। 

हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ।

2023.10.12[Thu] 09:00

जापानी भाषा(日本語) , अन्य(その他)

【FUKUOKA OKTOBER FEST 2023】

यस वर्ष पनि, जर्मनबाट प्रत्यक्ष आयात गरीएको बियर फेस्टिवल, " FUKUOKA OKTOBER FEST 2023," अक्टोबर २० शुक्रबारदेखि अक्टोबर २९ आइतबारसम्म १० दिनसम्म सञ्चालन हुने भएको छ। जर्मनको प्रतिनिधित्व गर्ने ब्यारेल ड्राफ्ट बियरहरू, बियर ककटेलहरू, सॉसेज आदि जर्मनी व्यञ्जनहरू लगायत परम्परागत Bavarian संगीतको आनन्द पनि लिन सक्नुहुन्छ। 

आयोजना स्थल, Nakasu Kawabata स्टेशनबाट मात्र ३ मिनेट पैदल दूरीमा रहेको, "Reisen पार्क" हो। प्रवेश नि: शुल्क हो, तर बियर चाहिं deposit system बाट लिनुपर्छ। स्फूर्तिदायी शरद ऋतुको आकाशमुनि एक हातमा बियर, अनि संगीत, नाचगानको १० दिनको माहोल! सफ्ट ड्रिंक, अल्कोहल रहित बियर र वाइन पनि उपलब्ध हुनेछन्।

तपाईहरु पनि समय भए, यस FUKUOKA OKTOBER FEST 2023 को आनन्द लिनुहोला।

 

 

फुकुओका शहरको सूचना

"२१औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?

नोभेम्बर ३, शुक्रबार सार्वजनिक बिदाको दिन १ बजेदेखि "२१औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” आयोजना हुन गईरहेको छ। यस प्रतियोगितामा, फुकुओका महानगर क्षेत्रमा रहेका जापानी भाषा कक्षाका विद्यार्थी र जापानी भाषा स्कूलका विद्यार्थीहरूले, फुकुओकामा बसेर महसुस गरेको कुरा वा भविष्यको सपना आदि, स्वतन्त्र रुपले कुनै विषयवस्तुमा जापानी भाषामा वक्तव्य दिनेछन्।

आयोजना स्थल, फुकुओका शहर चुओ वार्डको रोप्पोनमाचुमा रहेको Fukuoka City Science Museum को Science Hall हो। प्रवेश नि: शुल्क भएकोले बुकिंग गर्न आवश्यक छैन।

प्रतियोगीहरुको दैनिक अध्यनको प्रतिफल सुन्न, अवश्य आउनुहोला।

सोधपुछको लागि, सार्वजनिक हित समावेशी फाउन्डेसन, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिताको कार्य समितिको फोन नम्बर ०९२-२६२-१७४४ मा सम्पर्क राख्नुहोस्।

 

 

“‘विदेशीहरुका लागि आप्रवासनआवास र राष्ट्रियता सम्बन्धि परामर्श’ को बारेमा जानकारी

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

 

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ।

2023.06.01[Thu] 09:00

जापानी भाषा(日本語) , चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【चुयु अर्थात् वर्षा ऋतु】

जापानमा, बसन्त ऋतुबाट ग्रीष्म ऋतुमा परिवर्तन हुने समयमा, पानी पर्ने र बादल लाग्ने दिनहरू धेरै हुने, "चुयु" अर्थात् वर्षा ऋतु हुन्छ ।

एकातिर भारी वर्षाको कारण प्रकोप निम्त्याउन सक्छ भने, अर्कोतिर यसले गर्मीमा सुख्खा मौसमको लागि तयारी गर्न मद्द्त गर्छ ।

फुकुओकामा, वर्षाको मौसम सामान्यतया जुनको शुरुमा शुरु भई जुलाईको मध्यमा समाप्त हुन्छ।

यस समयमा बाढीपहिरोको सम्भावना बढी हुने भएकाले, सुरक्षित स्थानमा जाने बिधि र स्थानहरूको अग्रिम जानकारी राख्ने गरौँ । साथै, मौसम पूर्वानुमान जाँच गरेर, बाहिर जाँदा लुगाको छनोट र बाहिर लुगा सुकाउने  गर्ने गरौं।

वर्षायामको पानी, दैनिक जीवनयापन र बालीको वृद्धिको लागि सुरक्षित गनु अति आवश्यक छ।

यो समय मौसमी फूल आजिसाई अर्थात् हाइड्रेंजियाको आनन्द लिन पनि सकिन्छ।

यस समयमा फुर्सद भए, घरमै बसिबसी, वर्षाको आवाजको आनन्द लिंदै आराम गरि बिताउनुहोस्।

 

 

【फुकुओका शहरको सूचना】

 अर्थात् सरल जापानी भाषा रेडियो कोर्सको परिचय

जुनदेखि “सरल जापानी भाषा रेडियो कोर्स” को प्रसारण शुरू हुन गईरहेको छ!

यो कार्यक्रम, जापानी भाषा राम्ररी नबुझ्ने विदेशीहरू सबैका लागि हो, र यस कार्यक्रममा “सरल जापानी भाषा”मा बिस्तारै बोलिन्छ।

विदेशीहरुले जापानमा बसोबास गर्दा थाहा पाउनु पर्ने सूचनाहरुको बारेमा जानकारी दिईनेछ।

रेडियो प्रसारण, प्रत्येक शुक्रवार ९:५४ बाट हो भने, पहिलो पटकको प्रसारण जुन २ मा छ।

बुझ्न नसकेको कुरा भएमा, वा सुन्न छुटेको भएमा पनि ठिकै छ!

Love FM को होमपेजमा पोष्ट गरिएको स्क्रिप्टमा हेरेर Podcast मा बारम्बार सुन्न सक्नुहुन्छ।

कृपया सुनिदिनु होला।

 

 

HIV परिक्षण सप्ताहको बारेमा

जुन १ देखि जुन ७ सम्मको १ हप्ता "HIV परिक्षण सप्ताह" हो।

रेइवा ४ मा, फुकुओका शहरको चिकित्सा संस्थानहरूले दिएको नयाँ रिपोर्ट अनुसार HIV संक्रमित व्यक्तिहरु ३७ जना र एड्सका बिरामीहरू ११ जना थिए।

HIV संक्रमणको रोकथाम, प्रारम्भिक पहिचान र प्रारम्भिक उपचार महत्त्वपूर्ण छ।

HIV संक्रमण हुँदैमा, धेरैजसो लक्षणहरू नदेखिने भएकोले, संक्रमण छ कि छैन भनेर पत्ता लगाउन परिक्षण गर्न आवश्यक छ।

प्रत्येक वार्डको Health and Welfare Center मा, HIV परिक्षण निःशुल्क र गोप्य रूपमा गर्न सक्नुहुन्छ।

परिक्षण गर्न मिल्ने दिन तोकिएको हुनाले, कृपया जानुअघि Health and Welfare Center वा फुकुओका सिटीको होमपेज आदिबाट अग्रिम जानकारी लिनुहोला।

HIV संक्रमणको प्रारम्भिक पहिचान र उचित स्वास्थ्य सेवा र उपचार प्राप्त गर्नाले एड्स फैलिने गतिलाई ढिलाइ गर्न सक्दछ। त्यसैले, आफुलाई शंका लाग्ने बित्तिकै, प्रारम्भिक परिक्षण गर्ने गरौँ।

<< previous 1 2 3

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ