ブログ

ポッドキャスト

ポッドキャスト RSS

2023年02月

2023.02.23[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【मौसमी फूल: नानो हाना】

चम्किलो पहेंलो रङ्गको फूल हुने नानो हाना, चेरी अर्थात् साकुराको फूल जस्तै "वसन्तको प्रतीक" को रूपमा मन पराउँदै आएको फूल हो।

 

वास्तवमा, नानो हाना, क्रूसिफेरस जातमा पर्ने र जापानी तोरीको पालक अनि चिन्गेन्साई नामको हरियो सागसँग सम्बन्धित छ।

फूलको आनन्द लिने मात्र नभई "वसन्तको सुगन्धको आनन्द लिन सकिने खाद्य सामाग्री" को रूपमा पनि, यो फूल परापूर्वकालदेखि महत्वपूर्ण रहँदै आएको छ।

 

फुकुओकामा नानो हाना फूलको सिजन अपेक्षाकृत लामो छ, फेब्रुअरीको शुरुदेखि अप्रिलको मध्यसम्म, भन्नाले वसन्तको प्रारम्भदेखि लामो समय यस फूलको आनन्द लिन सकिन्छ। मौसम न्यानो भएर आएपछि धेरै मानिसहरू नानो हानाको लागि रमणीय स्थलहरू भ्रमण गर्ने गर्छन्।

साथै, साकुराको फूल फुल्ने समय ठ्याक्कै त्यहि समयतिर हुने भएकोले एकै समयमा साकुरा फूल र नानो हानाको आनन्द लिन सक्नुहुन्छ।

 

फुकुओका प्रिफेक्चरभित्रको ठाउँ अनुसार, "चाडो फुल्ने नानो हाना" र "ढिलो फुल्ने नानो हाना" गरि २ प्रकारका छन्, जसले गर्दा सिजनमा यस फूलको प्रशस्त मनोरञ्जन लिन सक्नुहुन्छ।

Umino-nakamichi-kaihin-ko-en, Nokonoshima-island-park आदि स्थानहरुमा धेरै पहेंला फूलहरु तपाईंहरुको प्रतिक्षा गरिरहका छन्।

 

 

【फुकुओका शहरको सूचना】

शहर तथा प्रान्तीय कर फाइल गर्ने सम्बन्धि

फुकुओका शहरले रेइवा ५ को शहर तथा प्रान्तीय कर फाइल लिईदैछ।

कर फाइल गर्ने म्याद, मार्च १५ बुधबारसम्म हो।

कर फाइल बुझाउने काउन्टर चाहिं वार्ड कार्यालयको कर बिभागमा, सोमबारदेखि शुक्रबार बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म खुला रहनेछ।

काउण्टर भिडभाड हुने भएकोले, कृपया हुलाक वा अनलाइन मार्फत् कर फाइल गर्न अनुरोध गरिन्छ।

 

फुकुओका शहरमा कर फाइल गर्न आवश्यक व्यक्तिहरु भन्नाले, २०२३ को जनवरी १ देखि फुकुओका शहरभित्र ठेगाना भई २०२२ मा आम्दानी भएका व्यक्तिहरु पर्दछन्।

कर कार्यालयमा अन्तिम कर फिर्ती निवेदन पेश गर्नुहुने वा तलब आय मात्र भएको व्यक्तिको हकमा कम्पनीमा वर्षान्तको समायोजन गर्नुहुने आदिले कर फाइल गर्न आवश्यक छैन।

 

कर फाइलका लागि आवश्यक कागजातहरु,

  • माइनम्बर कार्ड वा माइनम्बर बुझ्न सजिलो कागजपत्र र सवारीचालक परिचय पत्र, पासपोर्ट, बसोबास कार्ड आदि पहिचान खुल्ने कागजातहरू
  • गेन्सेन्च्योउस्युउह्योउ आदि जस्ता २०२२ को आय देखाउने कागजातहरु
  • २०२२ मा गरिएको कटौतीहरुको कागजातहरू

 

आवश्यक कागजात वा कर फाइल गर्न आवश्यक छ छैन आदि बारे बिस्तृत जानकारीका लागि कृपया आफू बसोबास गर्दै आएको स्थानीय वार्ड कार्यालयको होमपेजमा हेर्नुहोला। नबुझेको कुरा भएमा टेलिफोन अनुवाद हटलाइन प्रयोग गरेर वार्ड कार्यालयमा सोध्न सक्नुहुन्छ।

अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली जस्ता १८ वटा भाषाहरुमा परामर्श लिन सकिन्छ।

फोन नम्बर, ०९२-७५३-६११३ हो।

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुन्छ।

तपाईं आफू बस्ने वार्ड र कर फाइलबारे बुझ्न चाहेको भन्नुहोला।

यस अतिरिक्त, वार्ड कार्यालयमा जानुहुँदा पनि आफ्नो फोन प्रयोग गरेर यस सेवा मार्फत् अनुवाद गर्न सकिने भएकोले नहिच्किचाइकन यसको प्रयोग गर्नुहोला।

2023.02.16[Thu] 09:00

जापानी भाषा(日本語) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【Retort Curry Day】

फेब्रुअरी १२ Retort Curry Day परेको थियो। सन् १९६८ फेब्रुअरी १२ मा संसारभरि सर्वप्रथम, Otsuka Shokuhin नामक कम्पनीबाट "Bon Curry" को उत्पादनको सम्झनामा यस दिवसको स्थापना भएको थियो।

Retort Curry भनेको, प्रेशर पाश्चराइज्ड करीलाई एल्युमिनियम फोईलबाट बनेको झोलामा हालिएको खाना हो। रिटोर्ट गर्ने प्रविधि, वास्तबमा अमेरिकी सेनाद्वारा आविष्कार गरिएको थियो।

तातो पानीमा तताएर तुरुन्तै खान सकिने रिटोर्ट करी चाहिं जापानको हो।

प्रायःजसो रिटोर्ट करीहरू तातो पानीमा तताउन मिल्छ, तर माइक्रोवेभमा तताए मात्र पनि पुग्ने रिटोर्ट करीहरू पनि पाईन्छन्। तताउनु अघि निर्देशनहरू ध्यानपूर्वक पढ्नुहोला।

आजकल जापानभरको स्वादिष्ट करी पाउने रेस्टुरेन्टहरूको आनन्द लिन सक्नुहुन्छ। तपाईंहरु पनि कन्भिनी र सुपरमार्केटहरूमा आफूलाई मनपर्ने रिटोर्ट करी खोजि हेर्दा कसो होला!

 

 

【फुकुओका शहरको सूचना】

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

 

LINEकल प्रयोग गरेर परामर्श गर्न सकिन्छ!

फाउण्डेसनको LINE आधिकारिक Accountमा, LINE कल प्रयोग गरि टेलिफोन मार्फत् जीवनयापन सम्बन्धि परामर्श तथा निःशुल्क विशेष परामर्शहरू आदिका लागि सम्पर्क गर्न सक्नुहुन्छ।

टेलिफोन दोभाषे सेवामा २२ वटा बहुभाषी सेवा सम्भव छ।

साथै, "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको" होमपेजबाट LINE मा Friend add गर्नुहोला!

तर, च्याटमा सेवा उपलब्ध छैन। Text मार्फत् परामर्श लिन चाहनुहुन्छ भने, कृपया "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको" होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।

 

अभिभावक र बच्चाहरुप्रति लक्षित अन्तर्राष्ट्रिय आदानप्रदान कार्यक्रम सरल ओनिगिरी बेन्टो सँगै बनाऔ को जानकारी

"अभिभावक र बच्चाहरुप्रति लक्षित अन्तर्राष्ट्रिय आदानप्रदान कार्यक्रम ‘सरल ओनिगिरी बेन्टो सँगै बनाऔ’ आयोजना हुन गईरहको छ!

 

जापानी आमाबुबा र बच्चाहरू तथा गैर-जापानी आमाबुबा र बच्चाहरूसँगै, "सरल ओनिगिरी बेन्टो" बनाएर, रमाइलोका साथ अन्तर्राष्ट्रिय आदानप्रदान कार्यक्रमको आयोजना हुन गईरहको छ।

 

आयोजना मार्च ११ शनिबार, आयोजना स्थान Fukuoka City Health Promotion Support Center को Airefu Cooking Training Room हो।

कार्यक्रमको लागि आवेदन दिने अवधि, फेब्रुअरी ९ बिहीबारदेखि फेब्रुअरी २० सोमबारसम्म हो।

कार्यक्रमको लागि आवेदन दिन तथा थप जानकारीको लागि फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज www.fcif.or.jp मा हेर्नुहोला।

 

2023.02.09[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【फेब्रुअरीमा शारीरिक अवस्थाको व्यवस्थापन】

आजकल नयाँ कोरोनाभाइरस र इन्फ्लुएन्जा एकै साथ हुने चिन्ताको बिषय बनेको छ।

त्यसैले यस महिना पनि रोकथामका उपायहरू जारी राख्ने गरौं। मुख्यतयाः, बाहिर निस्कँदा मास्क लगाउने, घर फर्कंदा कुल्ला गर्ने र हात धुने गरौं।

ग्रीन टिमा पाइने क्याटेचिनहरूमा एन्टिसेप्टिक गुण हुन्छ भनिन्छ, त्यसैले ग्रीन टिले कुल्ला गर्ने वा निरन्तर ग्रीन टि पिउने आदि जस्ता प्रयास गर्नु पनि राम्रो हुन सक्छ। क्याफिन मन नपर्नेहरुले, होजिच्याको प्रयोग गर्नु पनि राम्रो होला।

साथै, फेब्रुअरीको मध्यतिरदेखि सुगी काफुन् पनि हावामा उड्न शुरु हुन्छ। चाँडै काफुन्बाट बच्ने उपायहरू लिन शुरु गरौं।

साधारणतयाः ध्यान दिनुपर्ने कुराहरु भनेको, पर्याप्त निद्रा लिनु र स्वस्थ जीवनशैली कायम राख्नु जस्ता सामान्य प्रतिरोधात्मक क्षमता कायम राख्नका लागि महत्त्वपूर्ण छ। चिसो लाग्नबाट जोगिनु, धेरै रक्सी नपिउनु, चुरोट नपिउनु पनि नाकको श्लेष्म झिल्लीलाई स्वस्थ राख्नको लागि महत्त्वपूर्ण छ।

 

अब अलि जाडो सहनु भएपछि, घमाइलो अनि न्यानो मौसम भएर आउँछ।

स्वस्थ र स्फुर्त भई वसन्तमा प्रवेश गरौं!

 

 

【फुकुओका शहरको सूचना】

नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना

फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।

 

तेस्रो पटक, चौंथो पटक र पाँचौं पटकको खोप लिनेहरूका लागि Omicron strain विरुद्धको खोप लगाउने काम भईरहेको छ। Omicron strain विरुद्धको खोप प्रति व्यक्ति एक पटक लगाईने खोप हो।

पछिल्लो खोप लिएकोबाट ३ महिना कटिसकेकाहरूका लागि, खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाईएको छ।

खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।

खोप कुपन हराएका महानुभावहरुले, पुन: जारीको लागि आवेदन दिन आवश्यक छ। कृपया कल सेन्टरमा फोन गर्नुहोस्।

 

विदेशबाट फुकुओका शहरमा आउनुभएका महानुभावहरुले यदि खोप लगाउन चाहनुहुन्छ भने,

खोप कुपन जारीको लागी निबेदन दिन आवश्यक छ।

 

फुकुओका शहरमा खोप सम्बन्धि परामर्श, बुकिंग र खोप कुपन जारीको बारेमा बुझ्न, सम्पर्क गर्न सकिने कल सेन्टरको फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५ ।

हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।

नेपाली, अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।

2023.02.02[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【शिशिर ऋतुको स्वाद "ओइस्टर" ⇒ "Kakigoya in Bayside"】

फुकुओकाको केन्द्रमा नै स्वादिष्ट ओइस्टरको आनन्द लिन सकिने स्थानको जानकारी तपाईंहरुलाई छ कि छैन होला?

हजुर, त्यो हो, "Kakigoya in Bayside"!

तेन्जिन र हाकाताको नजिकको बन्दरगाहको समुद्री हावा महसुस गर्दै ओइस्टरको स्वादको आनन्द लिन सकिने "Kakigoya", "बेसाइड हाकाता" मा सीमित समयको लागि मार्च २६ सम्म खुला रहनेछ।

 

Kakigoya मा, ओइस्टर, समुद्री खाना र मासु जस्ता खानाहरु चारकोलमा पोलेर बार्बेक्यु शैलीमा मजा लिन सक्नुहुन्छ।

कार्यक्रम स्थलमा बाहिर लगाईएका "Bayside Canopy" मा, चारकोलको न्यानोपनको साथै, फराकिलो अनि प्रशस्त हावायुक्त ठाउँ छ। ओइस्टर १ सेटको १,१०० येनमा पाईन्छ।

 

शिशिर ऋतुको बेग्लै स्वाद "ओइस्टर"!

मलाई पनि यस मौसममा ओइस्टर खान औधि मनपर्छ, खास गरि पोलेको ओइस्टर। पकाउन पनि रमाईलो अनि पाकेको खान पनि मज्जा आउने! मेरो त बेसाइडको Kakigoya मा जाने योजना छ, तपाईहरु पनि

फुकुओका शहरबाट पाईक पर्ने उत्कृष्ट Kakigoya को आनन्द लिएर हेर्ने होइन त?

 

https://www.baysideplace.jp/2022/10/16/wanganmaru_kakigoya/

 

 

【फुकुओका शहरको सूचना】

जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना

फेब्रुअरी महिना जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना हो।

जीवनशैलीसँग सम्बन्धित रोगहरू "जीवनशैली" को कारणले हुने रोगहरू हुन्।

जीवनशैलीसँग सम्बन्धित रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, र मायोकार्डियल इन्फ्रक्सन आदि असन्तुलित आहार र व्यायामको कमीले गर्दा हुन्छ।

साथै, धुम्रपान, अत्याधिक मद्यपान र तनावका कारण पनि जीवनशैलीसँग सम्बन्धित रोगहरू निम्त्याउन सक्छ।

 

स्वस्थ जीवन जिउनका लागि दिनको तीन पटक निश्चित समयमा सन्तुलित र उचित मात्रामा खाना खानु जरुरी छ। तयारी खानेकुरा र चिल्लो खानेकुरा जस्ता पौष्टिक तत्व कम हुने आहारलाई निरन्तरता दिँदा मोटोपना र मधुमेह जस्ता रोग लाग्न सक्छ।

साथै, राम्रोसँग चपाउँदा पाचन प्रणालीमा भार कम हुन्छ र मुखको वरपरका मांसपेशीहरू बलियो हुन्छ।

कम्तिमा पनि २० मिनेटको हाराहारीमा बिस्तारै खाने गरौं।

 

व्यायामको कमीको कारणले मांसपेशिहरु घट्यो भने, Basal metabolism कम हुन गई, तौल बढ्ने सम्भावना बढी हुनेछ।

मांसपेशी र शरीरलाई तन्दुरुस्त कायम राख्न व्यायाम जारी राख्ने गरौं।

व्यायाम गर्ने अवसर कम भएका व्यक्तिहरुले, बजार जाँदा हिडेर जाने, लिफ्ट तथा इस्क्यालेटरको प्रयोग नगरी सकेसम्म भर्याङको प्रयोग गर्ने आदि जस्ता दैनिक जीवनमा थोरै मात्र भए पनि मिल्ने समयमा, अहिलेको भन्दा लगभग १० मिनेट बढि शरीर चलाउने गरौं।

 

निद्राले मानसिक र शारीरिक थकान हटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन भूमिका खेल्छ।

रोग प्रतिरोधात्मक क्षमता कायम राख्न, निद्राको समय सुरक्षित गर्न र निद्राको गुणस्तर सुधार गर्न आवश्यक छ।

सुत्नुअघि स्मार्टफोन चलाउने, टिभी हेर्ने, क्याफिन खाने तथा अल्कोहल पिउने बानी नगरौं  किनभने यसले तपाईंको निद्राको गुणस्तर घटाउँछ।

साथै, मनतातो पानीमा बस्ने जस्ता आफ्नै किसिमको आराम गर्ने तरिकाहरु पत्ता लगाई, तनावमुक्त जीवन बिताउने प्रयास गरौं।

यस अवसरमा, तपाईं हामी पनि आफ्नो दैनिक जीवनशैलीको बारेमा सोचेर हेर्ने होइन त?

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ