福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2026.07.09[Thu] 09:00
अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)
【HAKATA FISH PROJECT】
क्युशुका विभिन्न क्षेत्रबाट ताजा समुद्री खानेकुराहरू भित्रिने नागाहामा माछा बजार (Nagahama Fish Market) र अनगिन्ती स्वादिला रेस्टुरेन्टहरूका कारण फुकुओका सहर “मिठो माछा पाइने सहर” का रूपमा प्रख्यात छ।
अहिले फुकुओका सहरमा माछा र समुद्री परिकारहरूको उपभोग बढाउनका लागि 'हाकाता फिस प्रोजेक्ट' अन्तर्गत विशेष सी-फूड महोत्सव चलिरहेको छ। गेन्काइनादा समुद्र र नागाहामा बजारबाट सिधै ल्याइने ताजा र मौसमी सी-फूडको वास्तविक स्वादलाई सबैमाझ पुर्याउनु नै यस महोत्सवको मुख्य आकर्षण हो।
“अहिले नै हाकातामा मीठो माछा खाऔँ”भन्ने नाराका साथ हाल यस महोत्सवको पहिलो चरणमा 'स्क्विड फेयर' भइरहेको छ। फुकुओकामा गर्मीको सुरुवाती सिजनको पहिचान मानिने 'इखा' अर्थात् स्क्विड, यसको कुरुम-कुरुम हुने लचिलोपन र मुखमा हाल्ने बित्तिकै पग्लिने छुट्टै गुलियो स्वादका लागि निकै रुचाइन्छ।
फुकुओका सहरका सहभागी रेस्टुरेन्टहरूमा यो सिजनको ताजा स्क्विडबाट बनेका विभिन्न परिकारहरूको स्वाद लिन नभुल्नुहोला।
यो पहिलो चरणको 'स्क्विड फेयर' जुलाई १९ तारिखसम्मचल्नेछ। यसपछि आगामी दिनहरूमा प्रख्यात जापानी माछाहरू— ताई, बुरी र सावारा माछाका विशेष फेयरहरू पनि आयोजना हुनेछन्।
कुनै मिसावट नभएको समुद्रको यो शुद्ध तथाताजा माछाको स्वादलाई सही मौसममै चाख्न नभुल्नुहोला है♪
🔎https://www.city.fukuoka.lg.jp/nosui/suisanshinko/charm/documents/ikafair.pdf
🔎https://www.instagram.com/hakata_fish_project/
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
विदेशी मूलका बालबालिकाहरुका लागि शैक्षिक तथा करियर परामर्श कार्यक्रम
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेनमा, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर”, “फुकुओका YWCA”,“Fukuoka International Residents Association” सँगको सहकार्यमा, "विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्शकार्यक्रम" आयोजना हुन गइरहेको छ।
यस परामर्श कार्यक्रममा, विदेशी मूलका बालबालिकाहरूका लागि प्रिस्कूलरदेखि हाई स्कूल सम्मको शैक्षिक परामर्श दिईन्छ।
यस अतिरिक्त, अध्यागमन ब्यूरो र प्रशासनिक कानूनी सल्लाहकारहरूद्वारा बसोबास सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ।
परामर्श नि:शुल्क छ।
जापानी, अंग्रेजी, चाइनिज, भियतनामी र नेपाली भाषामा परामर्श उपलब्ध छन्।
कार्यक्रम हुने दिन: जुलाई ११, शनिबार दिउँसो १:०० बजेदेखि।
आयोजना स्थल: हाकाता वार्डको तेन्यामाचीमा स्थित फुकुओका सिटी इन्टरनेशनल सेन्टर
बुकिङ तथा सोधपुछको लागि, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर” को वेबसाइटमा हेर्नुहोला।🔎https://www.fcif.or.jp/latestnews/consultation/schoolguidance/
विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श
आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।
अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।
अन्य भाषाहरुमा परामर्शका लागि, २ हप्ता अगाडि सम्पर्क गर्नुहोला।
गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।
सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।🔎https://www.fcif.or.jp/consultation/immigration/
2026.07.02[Thu] 09:00
अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)
【कुल सेयर फुकुओका】
फुकुओका सहरले अत्यधिक गर्मीको समयमा सर्वसाधारणलाई बजार वा बाटोमा हिँड्दा हिँड्दै सजिलैसँग आराम गर्न र शितल हुन सकोस् भन्नका लागि“कुल सेयर फुकुओका” (Cool Share Fukuoka) अभियान सुरु गरेको छ।
यो अभियानको मुख्य उद्देश्य बाहिर निस्कँदा लाग्न सक्ने “लु” वा हिट स्ट्रोकबाट बचाउनु र घरको बिजुली बचत गर्नु हो। यस अन्तर्गत सहरका नागरिक भवन, व्यायामशाला जस्ता सार्वजनिक स्थलहरूका साथै स्थानीय औषधि पसल र व्यापारिक मलहरू गरीकरिब ८९० ठाउँहरूलाई “कुल सेयर स्पट”का रूपमा तोकिएको छ। यी ठाउँहरूमा“कृपया यहाँ आएर आराम गर्नुहोस्”भनी लेखिएका स्टिकर वा झन्डाहरू राखिएका छन्, जहाँ तपाईं सित्तैमा छिरेर शितलमा आराम गर्न सक्नुहुन्छ।
यसका साथै, सहरका वार्ड कार्यालय, खेलकुद हल र पार्कहरू गरी४४ वटा सुविधाहरूमा नि:शुल्क पिउने पानी भर्न मिल्ने “वाटर स्टेसन”पनि राखिएका छन्। तपाईंले आफ्नो साथमा ‘माई बोतल’ बोकेर गएमा, फुकुओकाको सुरक्षित र स्वादिष्ट चिसो पानी जतिबेला पनि भर्न सक्नुहुन्छ।
अब कडा गर्मीको मौसम सुरु हुँदैछ। त्यसैले बाहिर निस्कँदा आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला र यस्ता शितल केन्द्र एवं पानी भर्ने ठाउँहरूको भरपूर प्रयोग गरी हिट स्ट्रोकबाट बच्नुहोला।
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
विदेशी मूलका बालबालिकाहरुका लागि शैक्षिक तथा करियर परामर्श कार्यक्रम
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेनमा, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर”, “फुकुओका YWCA”,“Fukuoka International Residents Association” सँगको सहकार्यमा, "विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्शकार्यक्रम" आयोजना हुन गइरहेको छ।
यस परामर्श कार्यक्रममा, विदेशी मूलका बालबालिकाहरूका लागि प्रिस्कूलरदेखि हाई स्कूल सम्मको शैक्षिक परामर्श दिईन्छ।
यस अतिरिक्त, अध्यागमन ब्यूरो र प्रशासनिक कानूनी सल्लाहकारहरूद्वारा बसोबास सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ।
परामर्श नि:शुल्क छ।
जापानी, अंग्रेजी, चाइनिज, भियतनामी र नेपाली भाषामा परामर्श उपलब्ध छन्।
कार्यक्रम हुने दिन: जुलाई ११, शनिबार दिउँसो १:०० बजेदेखि।
आयोजना स्थल: हाकाता वार्डको तेन्यामाचीमा स्थित फुकुओका सिटी इन्टरनेशनल सेन्टर
बुकिङ तथा सोधपुछको लागि, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर” को वेबसाइटमा हेर्नुहोला।
कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श
“फुकुओका सिटी इन्टरनेसनल सेन्टर” मा रहेको “फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन”मा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” प्रदान गर्दैआईरहेको छ।
“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र
तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, प्रदान गरिंदै आइरहेको छ। परामर्श अवधि ४५ मिनेट।
बुकिंगको आधारमा “Fukuoka Bar Association को प्रसाशनिक वकिल” द्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ।
यदि भाषा अनुवादकको आवश्यकता पर्छ भने, कृपया बुकिङ गर्ने समयमै यसबारे जानकारी गराउनुहोला।
“मानसिक परामर्श” अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ।
चाहनुहुने महानुभावहरुले बुकिङ गर्नुहोला।
जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
सम्पर्क काउन्टर खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म हो।
फोन नम्बर ०१२०-६६-१७९९ हो।
2025.10.16[Thu] 09:00
जापानी भाषा(日本語) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)
【Hakata Old Town Festival/Hakata Old Town Light-up Walk】
पुराना हाकाताको आकर्षण अनुभव गर्न सकिने शरद ऋतुका केही कार्यक्रमहरूको जानकारी गराउँदैछौँ ।
यस शुक्रबार, १७ तारिकबाट सुरु हुने कार्यक्रम हो, "Hakata Old Town Festival"। धेरैजसो मन्दिर तथा पुराना सहरहरू रहेका "हाकाता पुरानो सहर" क्षेत्रमा अर्को महिना नोभेम्बर ९ तारिकआइतबारसम्म, इतिहास र संस्कृतिले भरिपूर्ण सहरमा विभिन्न कार्यक्रमहरू आयोजना हुनेछन् । २४ दिनसम्म चल्ने यो महोत्सवमा पुरानो सहर घुम्ने, किमोनो लगाउने, खानेकुराको आनन्द लिने अवसर प्राप्त हुनेछ ।
यसमध्ये पनि " Hakata Old Town Light-up Walk"विशेष छ, सामान्यतया प्रवेश गर्न नमिल्ने मन्दिरहरू यो अवधिमा विशेष गरी राति खुला गरिनेछ । मन्दिरका भवन र बगैँचालाई उज्यालोले सजाइनेछ र सुन्दर बनाइएका मन्दिरका बाटो तथा रमणीय परिसरको आनन्द लिन सकिनेछ । यो कार्यक्रममा दिउँसोभन्दा फरक वातावरणमा मन्दिर दर्शन गर्न पाइनेछ । यस वर्षको झिलिमिलीको विषय "प्रकाशको जङ्गल"रहेको छ । " Hakata Old Town Light-up Walk" ३१ तारिकशुक्रबारबाट सुरु भई नोभेम्बर ३ तारिकसोमबारसम्म चल्नेछ । झिलिमिलीको समय साँझ १७:३० देखि राति २१:०० बजेसम्म तोकिएको छ ।
यी ४ दिनमा, क्लासिक सङ्गीतको प्रत्यक्ष प्रस्तुति, ज्याजको प्रत्यक्ष सङ्गीतसँगै जापानी रक्सी लगायतका पेय पदार्थ, फुड ट्रकका परिकारको आनन्द लिन सकिने साङ्गीतिक कार्यक्रम, साथै रात्रिकालीन बजार र बजारमा दिन र रात दुवै समय हाकाताको खानाको मजा लिन सकिनेछ । थप जानकारीको लागि, कृपया वेबसाइट हेर्नुहोस् ।
यो कार्यक्रममा मात्र उपलब्ध हाकाताको विशेष इतिहास र संस्कृतिको अनुभव गर्न, तपाईहरु पनि पक्कै जानुहोला ।
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
"२३औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" को जानकारी
"२३औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?
अक्टोबर १९ आइतबार दिउँसो १३:०० बजे देखि "२३ औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” आयोजना हुन गईरहेको छ।
यस प्रतियोगितामा, फुकुओका सहर क्षेत्रमा रहेका कक्षाहरू वा स्कूलहरूमा जापानी भाषा सिकिरहेका विदेशीहरूले फुकुओकामा बस्दा अनुभव गरेका कुराहरू वा आफ्नो भविष्यका सपना जस्ता विभिन्न विषयहरूमा जापानी भाषामा वक्तव्य दिनेछन्।
कार्यक्रम स्थल, फुकुओका सहरको चुओ वार्ड रोप्पोनमाचुमा रहेको फुकुओका सिटी साइन्स म्युजियमको साइन्स हलमा हुनेछ। प्रवेश शुल्क निःशुल्क छ, र कार्यक्रममा आउनको लागि अग्रिम बुकिङ आवश्यक छैन।
प्रतियोगीहरूले गरेको मेहनत र सिकाइको फल सुन्न तपाईंहरू पनि अवश्य आउनुहोस्!
अधिक जानकारीको लागि, सार्वजनिक हित समावेशी फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिता कार्यान्वयन समितिको फोन नम्बर (०९२-२६२-१७४४) मा सम्पर्क गर्नुहोस्।
शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा-“याराना हिरोबा” को जानकारी
तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,
हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, हरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।
अक्टोबर महिनामा यो कार्यक्रम२८ तारिक मंगलबारहुनेछ।
समय बिहान१०:३० देखि ११:३० सम्महो।
कार्यक्रमको विषयबस्तु हो,"सान्नो कोदोमो प्लाजाबाट सञ्चालित ३० मिनेटको रिथमिक कक्षा"।
सङ्गीतको तालमा अभिभावक र बच्चा दुवैले जिउ हल्लाउँदै रमाइलो गर्नेछन्। यो अभिभावक र बच्चाबीचको आत्मीय सम्बन्ध अझ बलियो बनाउने अवसर हो। रिथमिकको माध्यमबाट सङ्गीतको मजा र अभिव्यक्तिको आनन्दलाई अभिभावक र बच्चा दुवै मिलेर महसुस गरेर हेरौं!
आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको फेसबुकमा हेर्नुहोस्।
2025.08.28[Thu] 09:00
बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て) , प्राकृतिक प्रकोप(災害)
【सेप्टेम्बर महिना”Fukuoka Music Month”】
यस हप्ताबाट गर्मीको बिदा सकिँदैछ र धेरैजसो विद्यालयहरूमा नयाँ शैक्षिक सत्र सुरु हुँदैछ। अर्को हप्ताबाट सेप्टेम्बर महिना पनि सुरु हुन्छ।
सेप्टेम्बर भन्नासाथ फुकुओकाको लागि“फुकुओका म्युजिक मन्थ”हो। संगीतको सहर भनेर चिनिने फुकुओकामा प्रत्येक वर्ष सेप्टेम्बर महिनामा सप्ताहन्तमा भव्य संगीत कार्यक्रमहरू आयोजना गरिन्छ। यस वर्ष लगातार चार हप्तासम्म पाँचवटा ठूला कार्यक्रमहरू हुनेछन्।
पहिलो हप्ता, सेप्टेम्बर ६ र ७ (शनिबार र आइतबार), मा“BAYFES 2025”हुनेछ। हाकाता पोर्टस्थित बेसाइड प्लेस हाकातामा हुने यो एक नि:शुल्क आउटडोर संगीत महोत्सव हो। यस वर्ष विदेशबाट, खासगरी ताइवानबाट समेत कलाकारहरूको सहभागिता रहनेछ र दुई दिनमा ११ वटा ब्यान्ड तथा कलाकारले प्रस्तुति दिनेछन्। कार्यक्रम तीनवटा स्टेजमा सञ्चालन हुनेछ जसमा लाइभ संगीत, डीजेको प्रस्तुति र ६ तारिखमा विशेष क्रूज जहाजमा लाइभ कन्सर्ट हुनेछ। कार्यक्रमस्थलमा पुरानो रेकर्डको बजार पनि लाग्नेछ। यसको अघिल्लो दिन, अर्थात् सेप्टेम्बर ५ (शुक्रबार) को रातमा, हाकाता पोर्ट टावरमा एउटा प्रि-पार्टी पनि हुनेछ। यसमा पोर्ट टावरको अब्जर्भेसन रुमलाई विशेष लाउन्जको रूपमा सजाएर डीजे नाइटको आयोजना गरिनेछ। BAYFES 2025 दुई दिनसम्म दिउँसो २ बजेबाट सुरु भएर रातभरि चल्नेछ। समुद्रको शीतल हावाको आनन्द लिँदै संगीतमा हराउने यो तीन दिने संगीत महोत्सव हो।
दोस्रो हप्ता, सेप्टेम्बर १३ र १४ (शनिबार र आइतबार), मा“NAKASU JAZZ”नामक नि:शुल्क ज्याज महोत्सव हुनेछ। फुकुओकाको मनोरञ्जन क्षेत्र नाकासुको सडकमा विभिन्न स्टेजहरू खडा गरिनेछ। करिब ८० वटा लोकप्रिय कलाकारहरूले प्रस्तुत गर्ने लाइभ ज्याज संगीतले दुई दिनसम्म पूरै सडक गुञ्जिनेछ। साधारणदेखि आधुनिक ज्याज धुनसम्म विभिन्न प्रकारका प्रस्तुतिहरूले संगीतप्रेमीहरूका साथै ज्याज संगीतमा रुचि नभएका मानिसहरूलाई पनि आकर्षित गर्नेछ। यो कार्यक्रम साँझबाट सुरु भई दुई दिनसम्म नाकासुको रातलाई ज्याज संगीतले रङ्गाउनेछ। यसमा विशेष कोलाबोरेसन प्रस्तुतिहरू पनि हेर्न सकिनेछ।
तेस्रो हप्ता, सेप्टेम्बर २० (शनिबार), मा दुईवटा कार्यक्रमहरू हुनेछन्। पहिलो, “ISLA DE SALSA” हो, जुन ल्याटिन संगीतमा केन्द्रित एउटा बहुसांस्कृतिक महोत्सव हो। यो फुकुओका सहरको केन्द्रबाट डुङ्गामा १० मिनेटको दूरीमा रहेको नोकोनोशिमा टापुको समुद्री तटमा हुनेछ। स्थानीय एमेच्योर ब्यान्डदेखि विश्वस्तरीय कलाकारहरूसम्म, स्वदेशी तथा विदेशी विभिन्न विधाका संगीतकार र नर्तकहरूले यहाँ प्रस्तुति दिनेछन्। यहाँ विभिन्न देशका संगीत, नृत्य, स्वादिष्ट परिकार, कला र विश्वभरका मानिस तथा संस्कृतिसँगको भेटघाटको अनुभव गर्न पाइनेछ। यो यस्तो कार्यक्रम हो जहाँ आगन्तुकहरू पनि सहभागी भई नाचगान गर्न, कुरा गर्न र विभिन्न देशका परिकारको स्वाद लिँदै मानिस तथा संस्कृतिसँग घुलमिल हुन पाउँछन्।
अर्को, सेप्टेम्बर २० र २१ (शनिबार र आइतबार), मा हाकाता स्टेशन अगाडि“Sing! HAKATA”नामक कार्यक्रम हुनेछ। यो जापानकै सबैभन्दा ठूलो नागरिक सहभागितामा हुने गायन कार्यक्रम हो, जसमा गोस्पेल, कोरस, अकापेला लगायत विभिन्न विधाका कलाकारहरू एकै ठाउँमा जम्मा हुनेछन्। यसमा नागरिकहरूले गाउने स्टेजका साथै अतिथि कलाकारहरूसँगको कोलाबोरेसन प्रस्तुति पनि हुनेछ। हाकाता स्टेशन जस्तो सहरको केन्द्रमा सबै जना मिलेर संगीतको माहोल बनाउनेछन् र कार्यक्रमको अन्त्यमा भव्य सामूहिक गायन (ग्रान्ड फिनाले) हुनेछ। यो कार्यक्रम पनि बिहानदेखि बेलुका सम्म चल्नेछ र निःशुल्क हुनेछ।
चौथो हप्ता, सेप्टेम्बर २८ र २९ (शनिबार र आइतबार), मा तेन्जिन क्षेत्रमा “MUSIC CITY TENJIN”नामक कार्यक्रम हुनेछ। यस संगीत महोत्सवमा नयाँ संगीतको अनुभव गर्न पाइन्छ। फुकुओका सिटी हल को पश्चिम भागको फुरेआई प्लाजालाई मुख्य स्टेज बनाएर तेन्जिनका विभिन्न स्थानहरूमा नि:शुल्क लाइभ स्टेजहरू बनाइनेछन्। यसले गर्दा पूरै तेन्जिन सहर एउटा महोत्सव स्थलमा परिणत हुनेछ। यसमा प्रोफेसनल र एमेच्योर दुवै थरीका धेरै कलाकारहरूले प्रस्तुति दिनेछन् र पूरै शहर संगीतले भरिनेछ।
फुकुओकामा सेप्टेम्बर महिनाभरि संगीतको रौनक छाउनेफुकुओका म्युजिक मन्थअर्को हप्ताबाट सुरु हुँदैछ। यसको मजा लिन तयार हुनुहोस्!
2025.07.17[Thu] 09:00
अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)
【आफ्नै बोतल (My Bottle) प्रयोग गर्न थालौं】
जुलाई महिना "नेच्च्युस्योउ अर्थात् लू रोकथाम सुदृढीकरण महिना" हो।
नेच्च्युस्योउ, कडा शारीरिक गतिविधि, वा शरीरको तापक्रम नियन्त्रण गर्न नसक्दा शरीरमा पानी र नुनको सन्तुलन बिग्रिएरलू हुन सक्छ। सानो बालबालिकामा तापक्रम नियन्त्रण गर्ने क्षमता अझै विकास नभएकाले, थोरै समयमै असर गर्न सक्ने सम्भावना हुन्छ। त्यसैले विशेष ध्यान दिनुपर्छ।
नेच्च्युस्योउ रोक्नका लागि, अत्यधिक गर्मीबाट जोगिनुहोस्। नियमित रूपमा पानी र नुनको सेवन गर्नुहोस्।
आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। एक दिनमा करिब१.२ लिटर (लगभग ६ गिलास पानी)पिउनु राम्रो मानिन्छ। तिर्खा नलागे पनि स-सानो मात्रामा पानी पिउँदै गर्नु जरूरी छ। साथै, स्पोर्ट्स पेय पदार्थ र नुनिलो क्यान्डीबाट पनि नुनको मात्रा केही पूरा गर्न सकिन्छ।
फुकुओका शहरले बाहिर जाँदा पनि सजिलै पानी पिउन सकियोस् भनेर विभिन्न सार्वजनिक स्थानहरू—जस्तैवार्ड अफिस, सामुदायिक केन्द्र, जिमखाना र पार्कहरूमाचिसो धारा पानी दिने "आफ्नै बोतलमा पानी भर्न मिल्ने स्थान"स्थापना गरेको छ।
त्यस्तै, सहरका झन्डै ९० वटा पसलहरूले तपाईँको आफ्नै बोतलमा पानी, कफी आदि भरिदिने "माइ बोतल सहयोगी पसल"का रूपमा दर्ता गरिएका छन्।
यी स्थानहरूको जानकारीफुकुओका सिटीको वेबसाइटमाउपलब्ध छ।
「福岡市 マイボトルを始めよう」 भनेर सर्च गर्नुहोस्।
बाहिर जाँदा आफ्नो बोतल बोकौं, पानी समयमै पिउँदै स्वास्थ्य जोगाऔं!
🔎फुकुओका सिटी मेरो बोतल सुरु गरौं! (पानी आपूर्ति स्पट / मेरो बोतल सहयोग स्टोर)
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा-याराना हिरोबाको जानकारी
शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा-याराना हिरोबाको जानकारी
तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,
हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, हरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।
जुलाई महिनामा यो कार्यक्रम२२ तारिक मंगलबारहुनेछ।
समय बिहान१०:३० देखि ११:३० सम्महो।
कार्यक्रमको विषयबस्तु,स्कुल सोसल वर्कर तथा स्कुल काउन्सिलर होरिइ चिहोद्वारा "जन्मिएर आएकामा धन्यवाद 〜 बाल्यकाल र किशोर अवस्था आपसमा जोडिएका छन् 〜" भन्ने विषयमा स्पीच दिनुहुन्छ। होरिइ चिहो, NHK टेलिभिजन कार्यक्रममा पनि देखा परिसक्नुभएको व्यक्तित्व हुनुहुन्छ।
सबैलाई कार्यक्रममा सहभागी हुन हार्दिक आमन्त्रण छ। कार्यक्रम जापानी भाषामा सञ्चालन हुनेछ।
आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको फेसबुकमा हेर्नुहोस्।
🔎福岡市国際会館/あったか福岡 | Fukuoka-shi Fukuoka | Facebook
LINE कल मार्फत परामर्श लिन सकिन्छ!
फाउण्डेशनको LINE आधिकारिक Account बाट प्रत्यक्ष कल गरी जीवनयापनसँग सम्बन्धित परामर्श वा निःशुल्क परामर्शको लागि बुकिंग आदि गर्नका लागि सम्पर्क गर्न सक्नुहुन्छ। फोन अनुवाद सेवाबाट बहुभाषी सहयोग पनि उपलब्ध छ।
थप रूपमा, फाउण्डेशनको कार्यक्रम र विदेशी बासिन्दाको लागि जानकारीहरू पनि प्राप्त गर्न सकिन्छ।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट अवश्य पनि "Friend Add" गर्नुहोला। च्याट सेवा भने उपलब्ध छैन। लेखेर परामर्श गर्न चाहनुहुन्छ भने, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेशनको होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।
2025.06.19[Thu] 09:00
बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)
【पोषण शिक्षाको महिना】
हरेक वर्षको जुन महिना "पोषण शिक्षाको महिना" हो र जुन १९ तारिख "पोषण शिक्षाको दिन" मानिन्छ।
स्वस्थ शरीर सही खानपानबाट निर्माण हुने भएकोले हामीले दैनिक खाने खानाको पोषण सन्तुलनलाई पुनः जाँच गर्दै, सही र सन्तुलित भोजन गर्ने बानी बसाल्न जरुरी छ।
साथै, अहिलेको समयमा मनसुन सुरु हुने हुँदा भारी वर्षाका कारण विपद् आउने सम्भावना पनि बढ्दो छ।
विपद् आएमा, सुपरमार्केट वा कन्भिनिमा खाद्यान्न पाउन गाह्रो हुन सक्छ, र पानी तथा ग्यास सेवा रोकिन सक्छ। त्यसकारण, आपतकालीन अवस्थाको तयारी स्वरूप खाद्य सामग्री सञ्चित गरेर राख्नु महत्त्वपूर्ण हुन्छ। जब जीवनयापनका साधनहरु (लजिस्टिक वा लाइफलाइन) रोकिन्छन्, पुनः सञ्चालनमा आउन कम्तीमा ३ दिन लाग्न सक्छ। त्यसैले "परिवारका सदस्यहरूको संख्यालाई ३ दिनले गुणा गरेर" खाद्यान्न सञ्चय गर्नु उपयुक्त हुन्छ।
सञ्चयको सजिलो उपायहरुमा; दैनिक रूपमा प्रयोग हुने सामानहरू थोरै बढी किनेर राख्ने, म्याद सकिन लागेका खाद्य वस्तुहरू पहिला उपभोग गर्ने, र उपभोग गरेको परिमाण अनुसार पुनः किनेर राख्ने अभ्यास (रोटेशन स्टक विधि)अपनाउनु सरल र सस्तो विकल्प हो।
त्यस्तै, विपद् बेला खानपानमा ध्यान दिनुपर्ने कुराहरु जस्तै कि, भात वा पाउरोटीजस्ता कार्बोहाइड्रेटमा मात्र भर पर्ने सम्भावना हुनाले प्रोटिन, भिटामिन, र फाइबरको कमी हुनसक्छ। त्यसैले, माछा, मासु, सिमीजन्य क्यान खाद्य, गाजर, प्याजजस्ता लामो समय टिक्ने तरकारीहरू पनि सञ्चय गर्न उपयुक्त हुन्छ। लामो समय टिक्ने, कोठाको तापक्रममा राख्न मिल्ने र पोषण सन्तुलन मिल्ने खाद्य वस्तुहरूरोजौं।
दैनिक जीवनमै विपद् सचेतना राखौं र आफ्नै क्षमताभित्र रहेर तयारी गरौं।
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा “याराना हिरोबा
तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,
हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, हरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।
जुन महिनामा यो कार्यक्रम२४ तारिक मंगलबारहुनेछ।
समय बिहान१०:३० देखि ११:३० सम्महो।
कार्यक्रमको विषयबस्तु "अभिभावक-बच्चाखेल!"रहेको छ। शिशुलाई काखमा राखेर गीत गाउने, चित्रकथा पढ्ने जस्ता गतिविधिहरू गर्दै, अभिभावक र बच्चाबीचको आत्मीय सम्बन्ध बढाउने खेल खेलिन्छ। खुला र फराकिलो ठाउँमा, घरभन्दा फरक प्रकारका रमाइला खेलहरू खेल्ने अवसर प्रदान गरिन्छ।
आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको फेसबुकमा हेर्नुहोस्।
विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्श कार्यक्रम २०२५
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेनमा, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर”, “फुकुओका YWCA”,“Fukuoka International Residents Association” सँगको सहकार्यमा, "विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्श कार्यक्रम २०२५" आयोजना हुने भएको छ।
यस परामर्श कार्यक्रममा, विदेशी मूलका बालबालिकाहरूका लागि प्रिस्कूलरदेखि हाई स्कूल सम्मको शैक्षिक परामर्श दिईन्छ। यस अतिरिक्त, अध्यागमन ब्यूरो र प्रशासनिक कानूनी सल्लाहकारहरूद्वारा बसोबास सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ।
परामर्श नि:शुल्क छ, तर अग्रिम बुकिङ आवश्यक छ।
जापानी, अंग्रेजी र चाइनिज, भियतनामी, नेपाली भाषामा परामर्श उपलब्ध छन्।
कार्यक्रम हुने दिन: जुलाई १२, शनिबार दिउँसो १:०० देखि।
आयोजना स्थल: हाकाता वार्डको तेन्यामाचीमा स्थित फुकुओका सिटी इन्टरनेशनल सेन्टर
बुकिङ तथा सोधपुछको लागि, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर” को वेबसाइटमा हेर्नुहोला।
2025.05.08[Thu] 09:00
अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)
【फुकुओका म्युजियम वीक】
फुकुओका शहरले, रंगीन कला र संस्कृतिको शहर बन्ने लक्ष्यका साथ, यस वर्ष पनि "अन्तर्राष्ट्रिय संग्रहालय दिवस" (मे १८) लाई अवसर मानेर फुकुओका म्युजियम वीक आयोजना गर्दैछ।
यस पटक १६औं पटक आयोजना हुँदै गरेको यो कार्यक्रम, मे १७ गते शनिबारदेखि मे २५ गते आइतबारसम्म, कुल ९ दिन चल्नेछ। शहरभरिका १६ वटा संग्रहालय र कला केन्द्रहरूले सहभागिता जनाउने यस कार्यक्रममा, दर्शकहरूका लागि छुट, उपहार, विशेष कार्यक्रमहरू, र प्रदर्शनीहरू जस्ता विविध आकर्षणहरू तयारी गरिएको छ। निरन्तर रुपमा संग्रहालय जान रुचाउनुहुन्छ भने, यो अवसर तपाईंलाई केही फरक अनुभव दिनेछ। यदि तपाईं संग्रहालयमा पहिलो पटक जान लागिरहनु भएको छ भने, यसलाई कला र इतिहाससँग नजिक हुने राम्रो मौकाको रूपमा लिन सक्नुहुन्छ। यस अवधिमा, नियमित प्रदर्शनीका साथै विशेष व्याख्यान, कार्यशाला (वर्कशप), ब्याकस्टेज टुर, ग्यालरी टक जस्ता रोचक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्।
विशेष आकर्षणमा, कार्यक्रममा सहभागी १६ स्थानहरूमध्ये जुनसुकै ३ वटा स्थानमा स्ट्याम्प संकलन गरेर आवेदन दिनुहोस्, तपाईंले विशेष प्रदर्शनी र ‘हाकाता-जा’ नाटकको निःशुल्क टिकट जस्ता उपहार जित्ने अवसर पाउनुहुनेछ। विस्तृत जानकारीको लागि सहभागी स्थलहरू वा पर्यटन सूचना केन्द्रहरूबाट जानकारी पर्चा लिन नबिर्सनुहोस्।
यस अवसरमा, तपाईं पनि फुकुओका शहरका संग्रहालय र कला केन्द्रहरूमा गएर, ज्ञान, नयाँ अनुभव र प्रेरणाले भरिएका स्थानहरूको मजा लिनुहोस्।
【फुकुओका शहरको सूचना】
हलुका सवारी साधन कर सम्बन्धि
मोटरबाईक वा हलुका कार भएकाहरुले, अप्रिल १ मा हलुका सवारी साधन कर तिर्नु जरुरी छ।
यदि तपाईंसँग मोटरबाईक वा हलुका कार छ भने, हुलाक मार्फत कर तिर्नका लागि सूचना आउन सक्छ, अवश्य पनि भित्र राम्ररी हेर्नुहोला।
जुनको २ तारिक सम्ममा कोन्भिनी, बैंक वा हुलाक मार्फत तिर्नुहोला।
स्मार्टफोन भुक्तानी एप वा क्रेडिट कार्ड प्रयोग गरेर पनि कर शुल्क तिर्न सक्नुहुन्छ।
यदि तपाईंले मोटरबाईक आदिको शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले जफत गर्ने सम्भावना पनि छ।
नबुझेको कुरा भएमा वा कर तिर्न गाह्रो भएमा, वार्ड अफिसको काउन्टरमा परामर्श लिनु होला।
२३ वटा भाषाहरुमा, फोनमार्फत परामर्श लिन सक्नुहुन्छ।
फोन नम्बर, ०९२-७५३-६११३ ।
यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।
तपाईंले कुरा गर्ने भाषा, बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।
2024.12.05[Thu] 09:00
अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)
【मरीन वर्ल्ड उमी नो नाखामिचीमा डल्फिनको बच्चा जन्मियो!】
फुकुओका शहरको हिगासी वार्डमा रहेको एक्वेरियम "मरीन वर्ल्ड उमी नो नाखामिची" मा अक्टोबर महिनामा डल्फिनको बच्चा जन्मिएको छ।
जन्मिएको बन्डो डल्फिनको भाले बच्चा हो, जुन अक्टोबर २७ मा जन्मिएको हो, र यसको लम्बाई करिब १ मिटर छ।सामान्यतया, डल्फिनको बच्चा जन्मिन २ घण्टा भन्दा बढी समय लागेमा बच्चाको जीवित रहने सम्भावना कम हुन्छ भन्ने भनाइ छ। तर यो पटकको डल्फिनको जन्मलाई करिब साढे ३ घण्टा लागे पनि आमा र बच्चा दुवै स्वस्थ छन् र राम्रोसँग हुर्किरहेका छन्।
डल्फिन हेरचाह गर्ने व्यक्तिका अनुसार, "बच्चाको शरीर राम्रोसँग विकसित भएको देखिन्छ र पौडनमा पनि एकदम सिपालु छ। चम्किलो र ठूलो आँखा बच्चा डल्फिनको विशेष आकर्षण हो। नयाँ डल्फिनले सबैलाई खुशी बनाउने नाम पाओस् र सबैको मन जितोस्।"
बच्चाको नाम आगन्तुकहरूको भोटबाट चयन गरिनेछ, त्यसैले मरीन वर्ल्ड जानु भयो भने भोट गर्न नबिर्सनुस्।
यस बाहेक, "मरीन वर्ल्ड उमी नो नाखामिची" मा विभिन्न रमाइला कार्यक्रमहरू पनि नियमित रूपमा आयोजना गरिन्छ। नयाँ क्षेत्र "खाइज्यु आइल्याण्ड" मा आज़ारासीको रमाइलो हाउभाउ र आवाज नजिकैबाट हेर्न पाइने स्टेज प्रदर्शन र डल्फिन तथा आज़ारासीलाई खुवाउने अनुभवले धेरैलाई आकर्षित गरिरहेको छ।
थप जानकारी र कार्यक्रमहरूका विवरणका लागि वेबसाइटमा हेर्नुहोस्।
🔎https://marine-world.jp/news/post-6963/
【फुकुओका शहर/ फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
“विश्व मानव अधिकार दिवस र मानव अधिकार सप्ताहबारे”
"मानव अधिकार" भन्नाले हरेक व्यक्तिले जन्मदेखि नै पाउने "मानिसले मानिसजस्तै बाँच्न पाउने अधिकार" लाई जनाउँछ। डिसेम्बर १० तारिकलाई "विश्व मानव अधिकार दिवस" भनिन्छ, र यो दिन जापान मात्र नभई विश्वभर मानव अधिकारको महत्त्वबारे सोच्ने अवसरका रूपमा मनाइन्छ। डिसेम्बर ४ देखि १० सम्मको अवधिलाई "मानव अधिकार सप्ताह" मानिन्छ, र फुकुओका शहरले यसलाई "मानव अधिकार सम्मान सप्ताह" का रूपमा मनाउँदै, सबैको अधिकारको सम्मान हुने र भेदभावबाट मुक्त, बस्न योग्य शहर बनाउने लक्ष्य लिएको छ।
आफू मात्र होइन, अरू व्यक्तिहरू पनि बिशेष र महत्त्वपूर्ण छन् भन्ने कुरा अनुभूति दिने यो महत्त्वपूर्ण सप्ताह हो। SDGs(सस्टेनेबल डेभलपमेन्ट गोल्स) को "कसैलाई पनि पछाडि नछोड्ने" समाज निर्माण गर्न, महिला, बालबालिका, ज्येष्ठ नागरिक, विदेशी, र शारीरिक रूपमा असक्षम व्यक्तिहरूका विरुद्ध हुने भेदभाव र पूर्वाग्रहलाई हटाउनु आवश्यक छ। एक अर्काको अधिकारको सम्मान गर्न हामी सबैको भूमिका महत्त्वपूर्ण छ।
शहर प्रशासनको डिसेम्बर १ को अंकमा, "फुकुओका शहरमा सक्रिय विदेशीहरू र बहुसांस्कृतिक सहकार्य" भन्ने विषय समेटिएको छ। यसमा फुकुओका शहरमा योगदान दिइरहेका विदेशीहरू र स्थानीय बासिन्दासँगको सहकार्य सम्बन्धी गतिविधिहरूको परिचय दिइएको छ। अवश्य हेर्नु होला।
हामीहरु सबैजनाले "दयालु हृदय" र " अमूल्य जीवन" बारे फेरि एक पटक सोच्ने प्रयास गरौँ।
डिसेम्बर १० तारिक, नाराया सामुदायिक केन्द्रमा “शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा” सम्बन्धी सूचना
तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,
हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।
डिसेम्बर महिनामा यो कार्यक्रम१० तारिक मंगलबारहुनेछ। समय बिहान१०:३० देखि ११:३० सम्महो। कार्यक्रमको मुख्य विषय "क्रिसमस उत्सव"रहेको छ। यसमा, कथा पुस्तकको वाचन, गीत गाउँदै रमाइलो गर्ने, र स्टिकर जस्ता सामग्रीले खेल्ने गतिविधिहरू समावेश छन्। सबै मिलेर रमाइलो वातावरणमा समय बिताऔं।
आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनकोहोमपेज वा फेसबुकमा हेर्नुहोस्।
2024.11.21[Thu] 09:00
अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)
【Christmas Advent】
यस वर्ष पनि फुकुओकाको जाडो मौसमलाई रंगिन बनाउने "Christmas Advent"शुरु भएको छ। क्रिसमसको दिनसम्म "पाँच इन्द्रियहरूलाई गुन्जाउने क्रिसमस" भन्ने विषयमा, फुकुओकाको शहर पैदल घुम्न रमाइलो र अनुभव गर्न रमाइलो क्रिसमसको माहोल बनाइएको छ। यहाँका झिलिमिली सजावटहरू हेर्दै हिँड्न सक्नुहुन्छ, "फुकुओका क्लासिक संगीत महोत्सव" मा सहभागी हुन सक्नुहुन्छ। त्यस्तै,स्वादिलो खाना र कलाका रमाइला प्रदर्शनीहरूको मनोरञ्जन लिन सक्नुहुन्छ।
मुख्य स्थानहरूमा, फुकुओका एयरपोर्ट,JR हाकाता स्टेशन अगाडिको चोक, किहिन्खान् अगाडिको चोक, तेंन्जिन सेन्ट्रल पार्क, फुकुओका सिटी हलको पश्चिमपट्टि रहेको चोक, र फुकुओका डाइम्यो गार्डेन सिटी पर्दछन्। यहाँ हाकातादेखि नाकासु हुँदै तेंन्जिनसम्म झिलिमिली बत्तीहरू र क्रिसमस मार्केट राखिएको छ।
प्रत्येक स्थानमा बत्तीका आकर्षक सजावट र काठका साना बुथहरू राखिएका छन्, जहाँ तातो वाइन, तातो चकलेट, ससेज र युरोपबाट ल्याइएका क्रिसमस सजावटका सामानहरू पाइन्छन्। यसरी फुकुओकामै बसेर युरोपको वास्तविक क्रिसमसको माहोल अनुभव गर्न सक्नुहुन्छ। यो शहरकै बिचमा आयोजना हुने भएकाले, किनमेलको बिचमा पनि सजिलै जान सक्नुहुन्छ।
त्यसैगरी, प्रत्येक घण्टामा एक पटक हुने संगीत मञ्च, र केही स्थानहरूमा हुने कार्यशालाहरूलेसबै उमेरका मानिसहरूलाई रमाइलो गर्ने मौका दिन्छ। हरेक वर्ष छिट्टै बिक्ने विशेष मग कप किन्न चाहनुहुन्छ भने, छिट्टै जानुहोस्। फुकुओकामा क्रिसमसको आनन्द लिनुहोस्।
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
“नोभेम्बर २६ तारिक, नाराया सामुदायिक केन्द्रमा शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा” सम्बन्धी सूचना
तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,
हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, हरेक महिनाको चौथो मंगलबार, आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।
नोभेम्बरमा यो कार्यक्रम २६ तारिकमा हुनेछ।
समय बिहान १०:३० देखि ११:३० सम्म हो।
यसपटकको कार्यक्रमको विषय "आइकुरु डेमाए" हो।
केन्द्रीय बालबालिका केन्द्र "आइकुरु" नाराया सार्वजनिक हलमा आउनेछ। विभिन्न खेलकुद तथा कथा किताबहरू सुनेर अभिभावक र बालबालिकाहरुले सँगै रमाइलो समय बिताउन सक्नुहुन्छ।
साथै, अभिभावकहरू बीचमा पनि कुराकानी र अन्तरक्रिया गर्ने अवसर हुनेछ।
आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनकोहोमपेज वा फेसबुकमा हेर्नुहोस्।
“विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श”
आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।
अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।
अन्य भाषाहरुमा परामर्श लिन चाहनुहुने महानुभावहरुले, २ हप्ता अगाडि सम्ममा सम्पर्क गर्नुहोला।
जुनसुकै परामर्श पनि गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
बिस्तृत जानकारीका लागि, फोन नम्बर, ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।
सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।
2024.10.10[Thu] 09:00
बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【आँखा सुरक्षा दिवस】
अक्टोबर १० तारिकलाई "आँखा सुरक्षा दिवस" भनेर मनाइन्छ, जुन दिन आँखा जोगाउन र स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिन्छ।
आजकल धेरै मानिसहरू हरेक दिन स्मार्टफोन, कम्प्युटर, र ट्याब्लेट प्रयोग गर्छन्। तर, लामो समयसम्म यी उपकरणहरूको प्रयोगले आँखामा चाप पर्न सक्छ, जसले गर्दा दृष्टि कमजोर हुनुका साथै काँध दुख्ने, टाउको दुख्ने, वा वाकवाकी लाग्ने जस्ता समस्याहरु पनि देखा पर्न सक्छन्। अहिलेको जमानामा काम वा अध्ययनको लागि यी उपकरणहरूको प्रयोग आवश्यक हुन्छ, तर प्रयोग गर्दा आँखाको हेरचाह गर्ने कुरा बिर्सनु हुँदैन।
लामो समयसम्म काम गर्दा ध्यान दिनुपर्ने कुराहरू:
ढाड सिधा राखेर, आँखा र उपकरणबीचको दूरी ३० सेन्टिमिटरभन्दा टाढा राख्नुहोस्।
टेबल र कुर्सीको उचाइ, बत्ती, र प्रकाशको व्यवस्थालाई ठीक गर्नुहोस्, र प्रत्येक १ घण्टामा १०-१५ मिनेट आँखा आराम दिनुहोस्।
नियमित रूपमा आँखा झिम्क्याएर आँखा भिजाइराख्नुहोस्।
कहिलेकाहीँ टाढा हेर्नुहोस् वा हरियाली र प्रकृतिमा ध्यान दिनुहोस्।
थकान महसुस हुँदा न्यानो तोलिया प्रयोग गरेर आँखालाई आराम दिनुहोस्।
यदि तपाईले चस्मा वा कन्ट्याक्ट लेन्स प्रयोग गर्नुहुन्छ भने, बेला–बेला जाँच गरी सही नम्बरको प्रयोग गर्नुहोस्।
सूर्यको किरणले पनि आँखा डढाउँछ, त्यसैले सनग्लास लगाएर सुरक्षाका उपायहरू अपनाउनुहोस्।
पर्याप्त निद्रा र पोषण पनि आँखा स्वास्थ्यको लागि महत्त्वपूर्ण छ।
दैनिक जीवनमा आँखा स्वस्थ राख्न यी उपायहरू अनुसरण गर्न प्रयास गरौं।
【फुकुओका शहर/फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
"Environmental Festival Fukuoka 2024 को परिचय"
यो हप्ता, अक्टोबर २६ (शनिबार) र २७ (आइतबार) गरि दुई दिनको लागि, फुकुओका सिटी हलको पश्चिमपट्टि रहेको फुरेआई हिरोबा र सोलारिया प्लाजा १ तलामा आयोजना हुन गईरहेको कार्यक्रम "Environmental Festival Fukuoka 2024" को बारेमा जानकारी छ।
कार्यक्रम बिहान १० बजे देखि साँझ ४ बजे सम्म हुनेछ। प्रवेश निःशुल्क छ।
फुकुओका सिटी हलको पश्चिमपट्टि रहेको फुरेआई हिरोबामा, स्वादिष्ट र रमाइलो किचन कारहरू हुनेछन्! पर्यावरणमैत्री खाद्यान्न सामग्रीहरु प्रयोग गरेर बनाईएको किमा करि र मिठाईहरू उपलब्ध हुनेछन्।साथै, फुकुओकाको बास्केटबल टोली "राइजिंग जेफर" को सहयोगमा, जल्ने फोहोर, नजल्ने फोहोर तथा प्लास्टिक बोतलहरू जस्तै देखिने बललाई हानेर सही ठाउँमा फ्याँक्ने खेलमार्फत, फोहोर छुट्याउने तरिका सिक्न सक्नुहुन्छ।
हलिवुड चलचित्रमा देखिने "डेलोरियन" कार पनि प्रदर्शन गरिनेछ। यो कारभित्र बसेर फोटो खिच्न सकिन्छ। साथै, त्यहाँफ्री मार्केट पनि हुनेछ।
सोलारिया जेफरमा, स्कुल र कलेज विद्यार्थीहरूले पृथ्वी बचाउन नायक बन्ने उद्देश्यले क्विज खेल्नेछन्, जहाँ रमाइलो तरिकाले वातावरणको बारेमा सिक्न सकिन्छ। "फुकुओकाको फोहोरबाट बनेको कला प्रदर्शनी" मा तपाईको दैनिकीलाई कलाको माध्यमबाट देखाइनेछ। त्यहाँ स्टाइलिश र पर्यावरणमैत्री सामानहरूको बिक्री पनि गरिनेछ।
बालबालिकादेखि वयस्कहरूसम्मले रमाइलो गर्दै वातावरणको बारेमा धेरै कुरा सिक्न सक्ने विभिन्न गतिविधिहरू हुनेछन्। " Environmental Festival Fukuoka 2024" मा सहभागी भई नजिकको इको-फ्रेन्डली कुराहरूको अनुभव गरौं र रमाइलो गरौं!
“अक्टोबर २२ तारिक, नाराया सामुदायिक केन्द्रमा शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा” सम्बन्धी सूचना
तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,
हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, हरेक महिनाको चौथो मंगलबार, आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।
अक्टोबरमा यो कक्षा २२ तारिकमा सञ्चालन हुनेछ।
समय बिहान १०:३० देखि ११:३० सम्म हो।
अक्टोबर महिनाको विषयवस्तु "अभिभावक-बच्चा उद्धार तालिम" हो। बच्चाहरूको आकस्मिक घटनाको लागि तयारी गर्न, फुकुओका सिटी विपद् व्यवस्थापन केन्द्रका कर्मचारीहरूबाट जीवनरक्षक प्राथमिक उपचार विधिहरू सिक्न सक्नुहुन्छ।
आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनकोहोमपेज वा फेसबुकमा हेर्नुहोस्।