福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2025.11.06[Thu] 09:00
【फुकुओका म्याराथन】
यस आइतबार, नोभेम्बर ९ मा, "फुकुओका म्याराथन २०२५" आयोजना हुँदैछ।
यो सन् २०१४ देखि हरेक वर्ष नोभेम्बर महिनामा हुँदै आएको एकनागरिक सहभागितामा आधारित म्याराथन प्रतियोगिताहो। यसको दूरी फुकुओका शहर र इतोसिमा शहरलाई जोड्ने४२.१९५ किलोमिटररहेको छ। दौडको सुरुवात बिन्दु फुकुओकाको मुख्य केन्द्रतेन्जिनबाट१५,००० धावकहरूलेएकैसाथ दौड सुरु गर्नेछन्। सहरको केन्द्रबाटै दौडनु र अघि बढ्नु - यस्तो अनुभव साधारणतया दैनिक जीवनमा पाइन्दैन।
धावकहरूलेसुन्दर समुद्र र पहाडका दृश्यहरूमहसुस गर्दै इतोसिमाको गन्तव्य (गोल) तर्फ दौडनेछन्। यो सहरबाट प्रकृतिमा रूपान्तरण हुने दृश्यका साथ एकरमाइलो र स्फूर्तिदायी दौड हो।
धावकहरूलाई फुकुओकाकोप्रसिद्ध परिकारहरू, स्थानीय सामग्री प्रयोग गरिएका व्यञ्जनहरू (मेनु) दिइनेछ। यसबाहेक, विजेताहरूलाई फुकुओकाको परम्परागत हस्तकलाको रूपमा रहेकोहाकाता ओरीको रिबनप्रयोग गरिएको मेडल दिइनेछ। साँच्चै नै यो "फुकुओकाको मौलिकता" ले भरिएको म्याराथन प्रतियोगिता हो।
४२.१९५ किलोमिटरको फुल म्याराथनबाहेक, यसमारमाइलोका साथ दौडने उद्देश्यले ५.२ किलोमिटरको 'फन रन' रह्वीलचेयर दौड प्रतियोगितापनि एकैसाथ आयोजना गरिँदैछ।
कृपया ध्यान दिनुहोला, प्रतियोगिताको दिन दौड मार्ग वरपरका सडकहरूमासवारी आवागमन नियन्त्रणगरिनेछ, र दौड चलिरहेको बेला पैदल यात्री तथा साइकलको बाटो काट्ने कार्यमा पनि प्रतिबन्ध लगाइनेछ।
सडकको छेउछाउमा धेरै मानिसहरूसमर्थन गर्नभेला हुने फुकुओकाको यस महान् म्याराथन कार्यक्रम "फुकुओका म्याराथन २०२५"मा आउनुहोस्!नोभेम्बर ९, आइतबार, हामी सबैलेन्यानो शुभकामना र प्रोत्साहनदिएर धावकहरूलाई अन्तिम रेखा पार गर्न प्रोत्साहित गरौं!
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा-“याराना हिरोबा” को जानकारी
तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,
हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, हरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।
नोभेम्बर महिनामा यो कार्यक्रम११ तारिक मंगलबारहुनेछ।
समय बिहान१०:३० देखि ११:३० बजेसम्महो।
कार्यक्रमको विषयबस्तु,“डे माए जिदोउखान्” हो।
केन्द्रीय बाल कल्याण केन्द्र "आइकुरु", नाराया सामुदायिक केन्द्रमा आउनेछ।
विभिन्न खेल र चित्र पुस्तकको वाचनमार्फत अभिभावक तथा बालबालिकाले सँगै रमाइलो समय बिताउन सक्नुहुन्छ।
साथै, यसले अभिभावकहरूका बीचमा पनि आपसी घुलमिल बढाउनेछ।
हामी तपाईंहरूको सहभागिताको प्रतीक्षामा छौँ।
आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको फेसबुकमा हेर्नुहोस्।
जापानी बालबालिका र विदेशी बालबालिकाहरूद्वारा अनुभवजन्य कार्यशाला "भाषाको सीमा नाघेर सबै मिलेर एउटा संसार कोरौं" को लागि सहभागी आह्वान
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले JICA क्युशुसँगको सहकार्यमा बालबालिकाका लागि अनुभवजन्य कार्यशाला आयोजना गरिँदैछ।
लक्ष्य वर्ग:कक्षा १ देखि ६ सम्मका प्राथमिक विद्यालयका विद्यार्थीहरू।
आयोजना मिति: नोभेम्बर ३०, आइतबार, बिहान १०:०० बजे देखि ११:०० बजे सम्म।
स्थान:फुकुओका सिटी इन्टरनेशनल सेन्टरको चौथो तल्लाकोबैठक कोठा-१
जुनसुकै भाषा बोल्नेले पनि भाग लिन सक्छन्।
यो कार्यशालामा, विभिन्न भाषाको प्रयोग गर्दै सबैले सँगै चित्र कोर्नेछन् र एक-अर्काको संस्कृति बुझ्ने अवसर पाउनेछन्। फरक भाषा भए तापनिसहयोग र समन्वयगर्ने आनन्दको अनुभव गरिनेछ।
यो कार्यक्रमनिःशुल्कछ, तरअग्रिम दर्ता आवश्यक छ।
थप जानकारीका लागि, फाउन्डेसनको वेबसाइट "www.fcif.or.jp" को "Latest News" मा हेर्नुहोस्।