福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2026.10.01[Thu] 09:00
【ART FAIR ASIA FUKUOKA】
गत हप्ता जस्तै, यस हप्ता पनि हामी तपाईँहरूलाई एउटा विशेष कला कार्यक्रमको बारेमा जानकारी गराउँदैछौँ!
जापान र एसियालाई, मानिस र कलालाई आपसमा जोड्ने, जापानकै सबैभन्दा ठूला कला मेलाहरू मध्येको एक— ART FAIR ASIA FUKUOKA (AFAF)आयोजना हुँदैछ।
क्युशु र एसियाली क्षेत्रका कला सङ्ग्रहालय, विश्वविद्यालय, उद्योगहरू र आर्ट फेयरहरूबीचको सहकार्यमा, स्वदेशी तथा विदेशी उत्कृष्ट ग्यालरीहरूलाई एउटै छानामुनि ल्याएर यो प्रदर्शनी स्थल तयार पारिएको छ। यस वर्ष ताइवानबाट अहिलेसम्मकै सबैभन्दा धेरै ८ वटा ग्यालरीहरूसहित कोरिया र फिलिपिन्स जस्ता देशहरूबाट कुल १६ वटा विदेशी ग्यालरीहरू थपिएका छन्। यसरी जम्मा८३ वटा प्रमुख ग्यालरीहरूयहाँ एकैसाथ भेला हुँदैछन्।
यहाँ कलाकृतिहरूको प्रदर्शनी मात्र नभई, कला सम्बन्धी विचार-विमर्शर निर्देशित भ्रमणहरू पनि सञ्चालन गरिनेछन्। साथै, प्रत्यक्ष सांगीतिक/कलात्मक प्रस्तुति, विशाल कला संरचनार चर्चित नव-कलाकारहरूलाई चिनाउने विशेष प्रदर्शनीहरू मार्फत कलालाई धेरै कोणबाट अनुभव गर्न सकिने बहुआयामिक प्रबन्ध मिलाइएको छ।
यो भव्य कार्यक्रमअक्टोबर १ तारिख (बिहीबार) देखि अक्टोबर ४ तारिख (आइतबार) सम्मकुल ४ दिनका लागिफुकुओका इन्टरनेसनल सेन्टरमा आयोजना हुनेछ।
कलाका बारेमा धेरै ज्ञान वा अनुभव नभएका व्यक्तिहरूले पनि उत्तिकै रमाएर अवलोकन गर्न सक्ने कार्यक्रम भएकाले, यस पटक पक्कै पनि गएर हेर्नुहोला है! ♪
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
२४औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता"
अक्टोबर २५ आइतबार दिउँसो १३:०० बजे देखि "२४ औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” आयोजना हुन गईरहेको छ। यस प्रतियोगितामा, फुकुओका सहर क्षेत्रमा रहेका कक्षाहरू वा स्कूलहरूमा जापानी भाषा सिकिरहेका विदेशीहरूले फुकुओकामा बस्दा अनुभव गरेका कुराहरू वा आफ्नो भविष्यका सपना जस्ता विभिन्न विषयहरूमा जापानी भाषामा वक्तव्य दिनेछन्।
कार्यक्रम स्थल फुकुओका सहरको चुओ वार्ड रोप्पोनमाचुमा रहेको "फुकुओका सिटी साइन्स म्युजियमको साइन्स हल"मा हुनेछ।
प्रवेश शुल्क निःशुल्क छ, र कुनै अग्रिम बुकिङको आवश्यकता छैन।
प्रतिभागीहरूले दिनहुँ गर्दै आएको अध्ययन र मिहिनेतको उत्कृष्ट नतिजा सुन्नका लागि यहाँहरू सबैजना पक्कै आइदिनुहोला है!
अधिक जानकारीको लागि, सार्वजनिक हित समावेशी फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन अन्तर्गतको जापानी भाषामा वक्तित्व प्रतियोगिता कार्यान्वयन समितिमा सम्पर्क गर्न सक्नुहुनेछ।
फोन नम्बर ०९२-२६२-१७४४ मा सम्पर्क गर्नुहोस्।
विदेशीहरुकालागिआप्रवासन, आवासरराष्ट्रियतासम्बन्धिपरामर्श
आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।
अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।
अन्य भाषाहरुमा परामर्शका लागि, २ हप्ता अगाडि सम्पर्क गर्नुहोला।
गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।
सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।