福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2025.07.10[Thu] 09:00
【फुकुओका सिटी सबवे - खाली कोइन लककर खोज्ने सेवा】
फुकुओका शहरको तेनजिन र हाकाता जस्ता व्यस्त क्षेत्रमा विदेशी पर्यटकहरू बढिरहेकाले सामान राख्ने कोइन लककरको प्रयोग पनि बढेको छ। यसै कारण, फुकुओका सिटी सबवेले यात्रुहरूलाई सजिलो बनाउन तेनजिन र हाकाता स्टेशनमा नयाँ सेवा सुरु गरेको छ, जसले खाली लककर सजिलै पत्ता लगाउन मद्दत गर्छ।
यो सेवाबाट यात्रुहरूले लककर खाली छ कि छैन भनेर प्रयोग गर्न चाहेको समयमा हेर्न सक्नेछन्। स्टेशनका दुई स्थानमा रहेको लककरमा टच प्यानल राखिएको छ, जसले लककरको आकार र स्थान हेर्न सकिन्छ।
यो सेवा अंग्रेजी, चाइनिज र कोरियन भाषामा पनि उपलब्ध छ। साथै, टच प्यानल नभएका लककरहरूका लागि QR कोड स्क्यान गरेर मोबाइल फोनबाट पनि जानकारी लिन सकिन्छ।
यसबाहेक, दुबै स्टेशनमा ठूला झोला राख्न मिल्ने ठूला लककरहरूको संख्या दोब्बर बनाइएको छ, जसले सेवा अझै सहज र आरामदायी भएको छ।
अब चाँडै गर्मी बिदा सुरु हुँदैछ। फुकुओका शहर सजिलै घुम्न र रमाइलो गर्नका लागि, यदि तपाईं सँग धेरै सामान छ भने यो सेवा प्रयोग गरेर हेर्नुहोस् है।
【फुकुओका शहरको/फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
नेच्च्युस्योउ अर्थात् लू लाग्नुबाट सावधान हुनुहोस्!
अत्याधिक गर्मीको बेला, गाह्रो ब्यायाम वा तीव्र शारीरिक क्रियाकलापका कारण शरीरले आफ्नो तापक्रम ठीकसँग नियन्त्रण गर्न सक्दैन, जसले गर्दा शरीरमा पानी र नुनको मात्रामा असन्तुलन पैदा भई नेच्च्युस्योउ अर्थात् लू लाग्छ। नेच्च्युस्योउका लक्षणहरूमा टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने र झाडापखाला लाग्ने जस्ता हुन्।
यस्तो बेलामा शरीरलाई चिसो पार्ने तथा नुन पानी पिउने गर्नुपर्दछ। यदि यस्तो गर्दा पनि निको नभएमा, ११९ मा फोन गरेर एम्बुलेन्स बोलाउनुपर्छ।
विशेष गरी, भारी वर्षा समाप्त भएपछि, जुलाईबाट अधिकतम तापमान बढ्ने समयमा आकस्मिक कक्षमा ल्याउनेहरुको सङ्ख्या ह्वात्तै बढ्छ। यस समयमा, उच्च आर्द्रता हुने र शरीरलाई अधिकतम गर्मीको बानि नहुने हुनाले धेरै ध्यान दिनु आवश्यक छ। लू, घर बाहिर मात्र होइन घर भित्र पनि हुन सक्छ।
अब केही नेच्च्युस्योउबाट बच्ने उपायहरु बताउन गईरहेकी छु।
तरल पदार्थ बारम्बार पिउने गर्नुहोस्।
नियमित रूपमा जौको चिया र पानी पिउने, व्यायाम गर्दा Sports drinks पिउनु पनि उपयुक्त मानिन्छ। पसिना आउँदा, नुनपानी पिएर शरीरमा पानीको मात्रा कायम राखौं।
टोपी वा छाताको प्रयोग गरेर प्रत्यक्ष घामबाट जोगौं।
कोठाको तापक्रम २८ डिग्री सेल्सियसभन्दा कम राख्न, बुद्धिमानीपूर्वक air conditioner र फ्यानको प्रयोग गरौँ।
Cooling sheet र Ice pillow जस्ता चिसो पार्ने सामानहरूको प्रयोग गरौं।
सन्तुलित आहार र पर्याप्त निद्रा लिएर, स्वास्थ्यको ख्याल गरौं।
🔎फुकुओका सिटी गर्मी स्ट्रोक रोक्न र गर्मीको आनन्द लिनुहोस्
विदेशी विद्यार्थीहरूका लागि रोजगारी परामर्श सेवा सुरु गरिएको छ!
फुकुओका शहरभित्र रोजगारी चाहने विदेशी विद्यार्थीहरूका लागि निशुल्क रोजगारी परामर्श सेवा सुरु गरिएको छ।
यस परामर्श केन्द्रमा, विशेषज्ञले रोजगारीका लागि आवश्यक बसोबास अनुमति (भिसा) सम्बन्धी जानकारी, अन्तर्वार्ता तयारी लगायतका विषयहरूमा निरन्तर सहयोग र सल्लाह प्रदान गर्नेछन्।
परामर्श केन्द्रको स्थान:
फुकुओका शहर, हाकाता वार्डको तेन्यामाची स्थित "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन" भित्र।
अनलाइनबाट पनि परामर्श लिन सकिन्छ।
विस्तृत समय तालिका र अग्रिम बुकिङका लागि
「Global Community Fukuoka」को Facebook पेज हेर्नुहोस्।
2025.07.03[Thu] 09:00
अन्तर्वार्ता(インタビュー)
➖पाहां खँल्हाबल्हा➖
【Dharma Raj Adhikari】