福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2025.10.09[Thu] 09:00
कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【लकुद दिवस】
प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो सोमबारलाई “खेलकुद दिवस” का रूपमा मनाइन्छ। यो दिनलाई “खेलकुदमा रमाएर स्वस्थ शरीर र मनको विकास गर्ने दिन” भनी सार्वजनिकबिदा दिइएको छ।
यो समय मौसम पनि राम्रो हुने भएकाले ठाउँठाउँमा खेलकुद प्रतियोगिता र कार्यक्रमहरू आयोजना हुन्छन्। यदि तपाईंलाई पनि नियमित व्यायामको कमी महसुस भएको छ भने, यो मौकामा शरीरलाई चलायमान बनाउने होइन त? व्यायाम गर्नाले शरीर स्वस्थ हुनुका साथै धेरै परिश्रम गरेपछि भोक लाग्छ र खाना पनि अझ स्वादिष्ट लाग्छ।
साथै, व्यायामपछि राम्रोसँग आराम गर्दा दैनिक जीवन व्यवस्थित हुन्छ, शरीर र मनबीच सन्तुलन कायम रहन्छ, र यसले दैनिक कार्यक्षमता पनि बढाउन सक्छ।
स्वस्थ रहनका लागि वयस्क मानिसका लागि दैनिक ६० मिनेट वा सोभन्दा बढी समय हिँड्नु वा त्यस्तै प्रकारको शारीरिक गतिविधि गर्नु उपयुक्त मानिन्छ। यसलाई हिँडाइमा नाप्दा लगभग ८,००० पाइला वा त्योभन्दा बढी हिँड्नु राम्रो मानिन्छ।
यो समय मौसम पनि राम्रो हुने भएकाले यो उपयुक्त हुन्छ। त्यसैले, यो 'खेलकुदको शरद ऋतु' मा आफूलाई मन पर्ने खेल्ने वा नयाँ खेलमा सहभागी हुने वा दैनिक जीवनमा शारीरिक गतिविधि थप्ने जस्ता प्रयास गर्नुभए कसो होला?
【फुकुओका शहरको सूचना】
द क्रिएटर्स २०२५' कार्यक्रमको जानकारी
फुकुओकाको रचनात्मक तथा मनोरञ्जनात्मक कार्यक्रम 'द क्रिएटर्स २०२५' बारे जानकारी रहेको छ। यस वर्ष पनि यो कार्यक्रममा नयाँ मनोरञ्जनात्मक सामग्री तथा प्रविधिको प्रयोगबाट तयार पारिएका रोचक विषयहरू प्रस्तुत गरिनेछ।
यो कार्यक्रम यस वर्ष अक्टोबर ११ (शनिबार) र १२ (आइतबार) गरी दुई दिनसम्म चुओ-कु दाइम्यो स्थित युनाइटेड ल्याबमा आयोजना हुनेछ र प्रवेश निःशुल्क छ।
स्टेजमा SIRUP र muque जस्ता चर्चित कलाकारहरूको साङ्गीतिक प्रस्तुति, किमोनोका कलाकार फुकुमोतो कोउजी र फूल सजावट गर्ने समूह HANA ART KATAYAMA को संयुक्त प्रस्तुति पनि रहनेछ।
यसका साथै, 'फुकुओका क्रिएटर्स अवार्ड' अन्तर्गत फुकुओकासँग सम्बन्धित कलाकारहरूलाई सम्मान गरिनेछ। यो विशेष कार्यक्रमले गेम, सङ्गीत, एनिमे, मङ्गा, भिडियो, फेसन, र डिजाइनजस्ता क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहन गर्नेछ। स्थानीय कलाकारहरूले तयार पारेका हेर्नसक्नु हुन्छ। साना बालबालिकाका लागि पनि विशेष कार्यक्रमहरू समावेश छन्। यहाँ प्रोग्रामिङ, गेम बनाउने कार्यशाला, डीजे र भीआर अनुभवजस्ता परिवारसँगै रमाउन सकिने सामग्रीहरू पनि उपलब्ध छन्।
गेमका मनपराउनेहरूका लागि, चर्चित गेम 'ग्रान टुरिज्मो ७' को अनुभव लिने बुथ, स्थानीय गेम कम्पनीले बनाएको भीआर अनुभव, गेम कम्पनीका प्रतिनिधि तथा गेम डिजाइनरहरू लगायतका विशेष पाहुनाहरूसँग छलफलका सत्रहरू पनि राखिएको छ।
यसबाहेक, आमामुदाकोतान को अर्को ब्रान्ड 'daco फुकुओका' ले कार्यक्रमस्थलमा मात्र पाइने विशेष प्रकारको ब्रेड बिक्री गर्नेछ। यो ब्रेड फुकुओकाको आर्ट बुक फेयर'NEWGRAPHY' सँगको सहकार्यमा तयार गरिएको विशेष झोलामा उपलब्ध गराइनेछ।
यो विशेष दुई दिनको कार्यक्रममा बालबालिकादेखि वयस्कसम्म सबैले 'सिर्जना गर्ने आनन्द' को अनुभव लिन सक्नेछन्।
2025.10.02[Thu] 09:00
जापानी भाषा(日本語)
【DISNEY ANIMATION IMMERSIVE EXPERIENCE】
डिज्नीका फ्यानहरूलाई एउटा रमाइलो सूचना छ।
आगामी अक्टोबर १३ देखि, फुकुओका सिटि म्युजियममा ‘Disney Animation Immersive Experience’ भन्ने विशेष कार्यक्रम आयोजना हुँदैछ।
यो कार्यक्रम पहिलो पटक क्युशु क्षेत्रमा हुँदैछ।
यो कार्यक्रम सन् २०२२ मा उत्तर अमेरिकाबाट सुरु भएको हो, र त्यसयता संसारभरका धेरै दर्शकहरूलाई आकर्षित गर्दै आएको छ।
यस कार्यक्रममा, डिज्नी एनिमेशनका प्रसिद्ध चलचित्रहरूलाई विशेष दृश्य र संगीतको माध्यमबाट प्रत्यक्ष रूपमा अनुभव गर्न सकिन्छ।
अलादीन र जास्मिनसँगै जादुई गलैँचामा उड्ने वा मिराबलसँगै उनको जादुमय घरभित्र पस्ने जस्ता डिज्नी एनिमेशनका सुरुका उत्कृष्ट फिल्मदेखि हालैका चर्चित फिल्मसम्मका कथाहरूलाई चलचित्रभित्रै पसेर अनुभव गर्न सकिने एउटा बिल्कुलै नयाँ कार्यक्रम हुँदैछ।
यो कार्यक्रम अक्टोबर १३ देखि २०२६ को फेब्रुअरी १ सम्म चल्नेछ। यसको आयोजना फुकुओका सिटी म्युजियममा हुनेछ।
यो कार्यक्रमको सबै क्षेत्रमा फोटो खिच्न सकिनेछ। यसका साथै, कार्यक्रमका लागि मात्रै बनाइएका विशेष सामग्रीहरू पनि खरिदका लागि उपलब्ध हुनेछन्।
वाल्ट डिज्नी एनिमेशन स्टुडियोको कला र विरासतको संसारमा प्रवेश गरी 'फ्रोजन', 'द लिटिल मरमेड', 'बिग हिरो सिक्स' जस्ता फिल्मका निर्माताहरूले तयार पारेको सङ्गीत, कला र एनिमेशनको आनन्द लिन सक्नुहुन्छ। यो बिल्कुलै नयाँ कार्यक्रमको अनुभव लिन तपाईहरु पनि गएर हेर्दा कस्तो होला!
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
"२३औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?
अक्टोबर १९ आइतबार दिउँसो १३:०० बजे देखि "२३ औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” आयोजना हुन गईरहेको छ। यस प्रतियोगितामा, फुकुओका सहर क्षेत्रमा रहेका कक्षाहरू वा स्कूलहरूमा जापानी भाषा सिकिरहेका विदेशीहरूले फुकुओकामा बस्दा अनुभव गरेका कुराहरू वा आफ्नो भविष्यका सपना जस्ता विभिन्न विषयहरूमा जापानी भाषामा वक्तव्य दिनेछन्।
कार्यक्रम स्थल फुकुओका सहरको चुओ वार्ड रोप्पोनमाचुमा रहेको फुकुओका सिटी साइन्स म्युजियमको साइन्स हलमा हुनेछ। प्रवेश शुल्क निःशुल्क छ, र आउने व्यक्तिहरूलाई कुनै अग्रिम बुकिङको आवश्यकता छैन।
प्रतियोगीहरूले गरेको मेहनत र सिकाइको फल सुन्न तपाईंहरू पनि अवश्य आउनुहोस्!
अधिक जानकारीको लागि, सार्वजनिक हित समावेशी फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिता कार्यान्वयन समितिको फोन नम्बर (०९२-२६२-१७४४) मा सम्पर्क गर्नुहोस्।
“स्वयंसेवक बैङ्क - भाषा र मनलाई जोड्ने अन्तर्राष्ट्रिय आदानप्रदानमा सहयोग”
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले सन् २०२१ देखि नै 'विदेशीलाई सहयोग गर्ने स्वयंसेवक बैङ्क' स्थापना गरेको छ। यसको उद्देश्य यहाँका जापानी र विदेशी नागरिकहरूबीच आपसी समझदारी बढाएर सबैले मिलेर बस्न सक्ने बहुसांस्कृतिक समाजको निर्माण गर्नु हो।
यो अभियानमा, फुकुओका सहरमा बसोबास गर्ने, काम गर्ने वा पढ्ने १६ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू सहभागी हुन सक्छन्। यसमा तपाईंले जापानी भाषाबाट विदेशी भाषामा वा विदेशी भाषाबाट जापानी भाषामा दोभासे अनुवादको काम गर्नुपर्ने हुन्छ।
स्वयंसेवकको रूपमा काम गर्दा तपाईंको जापानी भाषाको सीप बढ्छ र तपाईंले समाजलाई अझ नजिकबाट बुझ्न सक्नुहुन्छ। तपाईंको भाषिक सीपले ठूलो सहयोग पुर्याउन सक्छ।
यदि तपाईंलाई यसमा रुचि छ वा सहभागी हुन चाहनुहुन्छ भने, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज हेर्नुहोस्। त्यहाँ तपाईंले विस्तृत जानकारी र आवेदन दिने तरिका पाउनुहुनेछ।
यदि कुनै कुरामा स्पष्ट हुनुभएन भने, (०९२-२६२-१७४४) मा फोन गरेर हामीलाई सोध्न सक्नुहुन्छ।