福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2026.11.12[Thu] 09:00
【फुकुओका क्लासिक संगीत महोत्सव】
“फुकुओकालाई जापानकै नम्बर एक क्लासिक संगीतको पवित्र भूमि बनाऔँ”भन्नेउद्देश्यकासाथ 'फुकुओका क्लासिक संगीत महोत्सव' यस वर्ष पनि आयोजना हुँदैछ! विश्वप्रसिद्ध कलाकारहरूको प्रत्यक्ष साङ्गीतिक प्रस्तुति सुन्ने यो अति नै विशेष अवसर हो।
यो महोत्सव आगामी नोभेम्बर २० तारिख (शुक्रवार) देखि डिसेम्बर १८ तारिख (शुक्रवार) सम्म करिब १ महिनाको अवधिका लागि फुकुओका सहरका विभिन्न साङ्गीतिक स्थलहरूमा सञ्चालन हुनेछ।
उत्सवको सुरुवात नोभेम्बर २० का दिन 'फुकुओका सिटी हल वेस्टर्न फ्रेसल्याण्ड स्क्वायर' मा हुने 'तेन्जिन क्रिसमस एडभेन्ट' सँगै नि:शुल्क अर्केस्ट्रा प्रस्तुतिबाट हुनेछ। यसमा विशेष अतिथिका रूपमा प्रख्यात टेनर गायक आकिखावा मासाफुमी आउँदै हुनुहुन्छ!
यसबाहेक 'फुकुओका सिम्फनी हल', 'FFG हल' तथा विभिन्न होटलहरूमा आकर्षक कन्सर्टहरू निरन्तर हुनेछन्।
धेरैजसो कार्यक्रमहरू साँझको समयमा हुने भएकाले संगीतको सुमधुर धुनमा आफ्नो एक सुन्दर साँझ बिताउन पक्कै जानुहोला!
🔎https://www.fukuoka-classic-festival.com/
【फुकुओका शहरको सूचना】
Autumn National Fire Prevention Campaign सप्ताह
नोभेम्बर ९ देखि नोभेम्बर १५ सम्म "शरद्कालीन आगलागी सुरक्षा सप्ताह" सप्ताह हो।
शरद ऋतुबाट जाडोमा सर्दै गर्दा, हावा सुक्खा हुने र आगलागीका घटना बढ्ने मौसम आउँछ।
फुकुओका शहरमा गत वर्ष २७९ वटा आगलागीका घटना भएका थिए।
आगलागीका मुख्य कारणहरूमाग्याँस चुलो, चुरोटर विद्युतीय उपकरणहरू आदि रहेका छन्।
ग्याँस चुलोबाट हुने आगलागीमा विशेष ध्यान दिन आवश्यक छ।जाडो बढ्दै आए पछि, नाबे आदिका लागि ग्याँस चुलोको प्रयोग बढी हुन्छ।तर आगो बालिरहेको बेला कहिल्यै पनि त्यस स्थानबाट टाढा नजानुहोस्।
चुरोट आगलागीको मुख्य कारण भएकाले सुतेर चुरोट नपिउने, ठुटाहरू जम्मा नगर्ने र चुरोटको आगोलाई पानीमा निभाएर मात्र फाल्ने कुरालाई कडाइका साथ पालना गर्नुहोस्।
विद्युतीय उपकरणहरूको प्लगमा धूलो जम्मा हुनु वा तारहरू टुट्नु/छिनिनु पनि आगलागीको कारण बन्न सक्छ। प्लग र त्यस वरपर नियमित रूपमा सफा गर्नुहोस्।
टिभी वा फ्रिज जस्ता दैनिक लुकेका ठाउँहरूपछाडि पनि सफा गर्नुहोस्।
तारहरू फर्निचर मुनि नपरुन्भनेर ध्यान दिनुहोस्।
स्मार्टफोन वा मोबाइल ब्याट्री जस्ता लिथियम आयोन ब्याट्री प्रयोग गरिएका विद्युतीय उपकरणहरूले बलियो चोट लाग्दा वा खसाल्दा जस्ताकडा धक्कापाएमा आगो लाग्न सक्छ। साथै, ब्याट्रीफुलेको छ वाचार्ज गर्ने क्रममा असामान्य रूपमा धेरै तातोभएको छ भने पनि आगो लाग्ने सम्भावना भएकालेत्यसको प्रयोग नगर्नुहोस्।
यस्ता वस्तुहरूलाई त्यसै फाल्दा आगलागीको ठूलो कारण बन्न सक्ने भएकाले, कृपया साधारण फोहोरको झोलामा हालेर नफाल्नुहोला।
यी सामानहरूलाई सार्वजनिक निकाय वा विद्युतीय सामान बिक्री गर्ने पसलहरूमा राखिएका संकलन बक्सहरूमालगेर बुझाउनुहोला।
दैनिक जीवनमा नै आगलागी रोकथामका उपायहरूमा ध्यान दिने गरौँ।
🔎https://www.city.fukuoka.lg.jp/shicho/koho/fsdweb/reiwa8_dayori/1101/0502.html