福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2026.05.21[Thu] 09:00
【हाकाताजा・फुनानोरीकोमी】
हाकातामा गर्मीको सुरुवातसँगै मनाइने परम्परागत उत्सव 'फुनानोरिकोमी' यस वर्ष पनि आयोजना हुँदैछ।
यो एउटा यस्तो ऐतिहासिक परम्परा हो, जहाँ खाबुकी (जापानी परम्परागत नाटक) का कलाकारहरू कार्यक्रम हुने सहरमा आइपुगेको खुसीयालीमा सर्वसाधारणलाई दर्शन दिन नाउमा चढेर यात्रा गर्छन्। यो परम्परा इदो काल देखि चल्दै आएको हो।
हरेक वर्षको जुन महिनामा फुकुओकाको हाकाता वार्डमा रहेको 'हाकाताजा' रंगमञ्चमा क्युशुकै सबैभन्दा ठूलो खाबुकी नाटक "रोकुगाचु हाकाताजा ओओखाबुकी"आयोजना हुने गर्दछ। यसै नाटकका दिग्गज कलाकारहरू नाटक सुरु हुनुअघि हाकाता नदीमा नाउ चढेर यात्रा गर्छन् र नाटकको सफलताको कामना गर्दै नगरबासीहरूसामु आफूलाई प्रस्तुत गर्छन्।
उत्सवको दिन, कलाकारहरू र हाकाताका 'गेइगी' हरू चढेका कलात्मक नाउहरू 'सेइरियु पार्क' नजिकैबाट प्रस्थान गरी हाकाता नदीमा बिस्तारै अगाडि बढ्नेछन्। नदीको किनारबाट तपाईंले यो भव्य र रङ्गीचङ्गी परेडलाई निकै नजिकबाट हेर्न र आनन्द लिन सक्नुहुनेछ।
वास्तविक नाटक सुरु हुनुअघि नै काबुकीको एउटा छुट्टै रौनक महसुस गराउने यो 'फुनानोरिकोमी' उत्सव, हाकाताको निकै लोकप्रिय र भिडभाड हुने कार्यक्रम हो। यदि तपाईंले पनि यो उत्सव देख्नुभयो भने, नदी किनारबाट कलाकारहरूलाई ताली बजाएर हौसला दिन पक्कै नभुल्नुहोला!
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श
आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।
अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।
अन्य भाषाहरुमा परामर्शका लागि, २ हप्ता अगाडि सम्पर्क गर्नुहोला।
गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
विस्तृत जानकारीका लागि, फोन नम्बर (०१२०-६६-१७९९) मा सम्पर्क गर्नुहोला।
सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।
LINE कल मार्फत परामर्श लिन सकिन्छ!
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको LINE आधिकारिक Account बाट प्रत्यक्ष कल गरी जीवनयापनसँग सम्बन्धित परामर्श वा निःशुल्क परामर्शको लागि बुकिंग आदि गर्नका लागि सम्पर्क गर्न सक्नुहुन्छ। फोन अनुवाद सेवाबाट बहुभाषी सहयोग पनि उपलब्ध छ।
थप रूपमा, फाउण्डेशनको कार्यक्रम र विदेशी बासिन्दाको लागि जानकारीहरू पनि प्राप्त गर्न सकिन्छ।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट अवश्य पनि "Friend Add" गर्नुहोला।
च्याट सेवा भने उपलब्ध छैन। लेखेर परामर्श गर्न चाहनुहुन्छ भने, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेशनको होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।
2026.05.14[Thu] 09:00
【FUKUOKA MUSEUM WEEK】
मे १८ को 'अन्तर्राष्ट्रिय संग्रहालय दिवस' को अवसर पारेर फुकुओका सहरमा यसै शनिबार, मे १६ देखि 'फुकुओका म्युजियम विक' सुरु हुँदैछ। सहरलाई कला र संस्कृतिले भर्नका लागि आयोजना गरिएको यो महोत्सव यस वर्ष १७औँ पटक मनाइँदैछ।
यस पटक फुकुओका सहरका संग्रहालय र कला ग्यालरी गरी जम्मा १८ वटा ठाउँहरू यसमा सहभागी छन्। यस अवधिमा यात्रुहरूले प्रवेश शुल्कमा छुट, विशेष उपहार र विभिन्न रोचक कार्यक्रमहरूको फाइदा लिन सक्नेछन्। केही ठाउँहरूमा त प्रवेश पूर्ण रूपमा नि:शुल्क समेत गरिएको छ! साथै, विशेष प्रवचन, कार्यशाला र ग्यालरी टुर जस्ता रचनात्मक कार्यक्रमहरू पनि आयोजना हुनेछन्।
यदि तपाईं सधैँ संग्रहालय जाने गर्नुहुन्छ भने, यस पटक केही नयाँ अनुभव पाउनुहुनेछ। र यदि तपाईं अहिलेसम्म कहिल्यै जानुभएको छैन भने, यो कला र इतिहाससँग जोडिने एउटा राम्रो मौका हो।
यो महोत्सव यसै शनिबार, मे १६ देखि अर्को हप्ताको आइतबार, मे २४ सम्म गरी जम्मा ९ दिन चल्नेछ। विस्तृत जानकारीका लागि कृपया फुकुओका सहरको आधिकारिक वेबसाइट हेर्नुहोला।
【फुकुओका शहरको सूचना】
हलुकासवारीसाधनकर
जसले अप्रिल १ तारिखसम्म साना मोटरसाइकल (Moped) वा साना सवारी साधनहरू (Light Motor Vehicles) आफ्नो नाममा राख्नुभएको छ, उहाँहरूले 'सवारी साधन कर' तिर्नुपर्ने हुन्छ।
साना मोटरसाइकल (Moped) वा साना सवारी साधनहरू भएकाहरुलाई 'कर भुक्तानी सूचना' (Tax Notification) तपाईंको ठेगानामा हुलाकमार्फत पठाइनेछ। कृपया पत्र प्राप्त भएपछि त्यसलाई अनिवार्य रूपमा चेक गर्नुहोला।
जुनको २ तारिक सम्ममा कोन्भिनी, बैंक वा हुलाक मार्फत तिर्नुहोला।
साथै, स्मार्टफोन एप वा क्रेडिट कार्डमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने सुविधा छ।
यदि तपाईंले समयमै कर तिर्नुभएन भने, तपाईंको सम्पत्ति रोक्का हुन सक्छ। साथै, भिसा थप्ने समयमा यसले नकारात्मक असर पार्न सक्ने सम्भावना रहन्छ।
यदि तपाईंलाई केही कुरा बुझ्न गाह्रो भएको छ वा कर तिर्न समस्या छ भने, कृपया आफ्नो नजिकैको वार्ड कार्यालयमा सम्पर्क गर्नुहोस्। फोनमार्फत२३ वटा विभिन्न भाषाहरूमापरामर्श लिन सकिने व्यवस्था पनि गरिएको छ।
फोन नम्बर, ०९२-७५३-६११३ ।
यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड कार्यालयमा सम्पर्क हुनेछ।
तपाईंले कुरा गर्ने भाषा, बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।
2026.05.07[Thu] 09:00
【गोकोकु जिन्ज्या - 'नोमिनोइची'】
फुकुओकाको रोप्पोन्माचुस्थित 'गोकोकु जिन्ज्या' मा फेरि एकपटक 'नोमिनोइची' अर्थात् एउटा ठूलो बजार लाग्दैछ। यस पटक यो मेला आगामी मे १६ र १७ तारिख (शनिबार र आइतबार) आयोजना हुनेछ। बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म चल्ने यो कार्यक्रम पानी परे पनि रोकिने छैन।
क्युशुका विभिन्न ठाउँबाट आएका करिब २५० पसलहरू यस मेलामा सहभागी हुनेछन्। यहाँ तपाईंले पुराना र दुर्लभ एन्टिक सामानहरू, भाँडाकुँडा, लत्ताकपडा र हातले बनाएका सामाग्रीहरू पाउन सक्नुहुन्छ। पसलका साहुजीहरूसँग कुराकानी गर्दै आफ्नो मनपर्ने सामान छान्नु यस मेलाको मुख्य विशेषता हो।
सामानका साथै यहाँ स्वादिला खाना र पेय पदार्थका स्टलहरू पनि रहनेछन्। शान्त वातावरणमा टहलिँदै र खाजा खाँदै यो मेलाको आनन्द लिन सकिन्छ। केही नयाँ र अनौठा सामानको खोजीमा हुनुहुन्छ भने यो हप्ताको अन्त्यमा गोकोकु जिन्ज्या पक्कै जानुहोला।
फुकुओका र क्युशुका विभिन्न ठाउँबाट आउने मानिसहरूको भिड र रमाइलो माहोलका साथ, यस कार्यक्रममा सहभागी भई आफ्नो सप्ताहन्त अझ विशेष बनाएर हेर्दा कसो होला♪
【फुकुओका शहरको सूचना】
“साइकलका लागि निलो चिट" नियम
जापानमा साइकललाई पनि 'सवारी साधन' मानिन्छ, त्यसैले ट्राफिक नियम पालना गर्नु अनिवार्य छ।सन् २०२६ अप्रिलदेखि साइकलको ट्राफिक नियम उल्लंघन गर्ने१६ वर्षभन्दा माथिकाव्यक्तिहरूलाई जरिवाना सहितको“निलो चिट” काटिनेछ।
यस अन्तर्गत ११३ प्रकारका गल्तीहरू समेटिएका छन्। विशेषगरी यी कार्यहरू नगर्नुहोस्:
ट्राफिक संकेत उल्लङ्घनगर्नु
मोबाइल फोन चलाउँदै सवारी चलाउनु
राती लाइट नबाली चलाउनु
सडकको गलत दिशामा चलाउनु
फुटपाथमा तीव्र गतिमा चलाउनु
समानान्तर रूपमा चलाउनु
इयरफोन वा हेडफोन प्रयोग गर्नु
छाता समातेर साइकल चलाउनु
सडकको दाहिने पट्टि सवारी चलाउनु
प्रवेश निषेध क्षेत्रमा पस्नु
अनिवार्य रूपमा रोकिनुपर्ने ठाउँमा नरोकिनु।
2026.04.30[Thu] 09:00
【"Live@Museum" Fukuoka Asian Art Museum】
शुक्रबारको साँझ, संगीतको साथमा बिताउन चाहनुहुन्न? Fukuoka Asian Art Museum मा यस वर्षको 'Live@Museum' कार्यक्रम सुरु भइसकेको छ।
सन् २०२७ को मार्च महिनासम्म, हरेक शुक्रबार साँझ ६:३० बजेदेखि संग्रहालयको सातौँ तलामा रहेको 'आर्ट क्याफे' मा विभिन्न कार्यक्रमहरू आयोजना हुनेछन्। यहाँ तपाईंले एसियाली र जापानी संगीत, नृत्य, तथा परम्परागत कलाका रमाइला प्रस्तुतिहरू हेर्न र सुन्न पाउनुहुनेछ।
संग्रहालय भित्रको क्याफेमा विशेष कफीका साथै क्राफ्ट बियर जस्ता पेय पदार्थहरू पनि उपलब्ध छन्। त्यसैले, आफ्नो मनपर्ने ड्रिङ्कको साथमा संगीतको आनन्द लिन सकिन्छ। अग्लो सिलिङ र कलाकृतिहरूले घेरिएको यो खुला र शान्त ठाउँमा तपाईंले एउटा छुट्टै किसिमको सांगीतिक अनुभव लिन सक्नुहुनेछ।
थप सुविधा के छ भने, शुक्रबारको दिन संग्रहालय विशेष रूपमा राति ८ बजेसम्म खुला रहन्छ। त्यसैले संगीतको आनन्द लिइसकेपछि रातिको समयमा ग्यालरीमा रहेका कलाकृतिहरूको अवलोकन गर्न पनि सकिन्छ।
'Live@Museum' हरेक शुक्रबार साँझ ६:३० बजे, Fukuoka Asian Art Museum को ७औँ तलामा हुनेछ। यसमा प्रवेश पूर्ण रूपमा नि:शुल्क छ। आफ्नो शुक्रबारको साँझलाई अझ विशेष बनाउन एक पटक पक्कै जानुहोला!
【फुकुओका सहर संग्रहालयमा "द ग्रेट डायनासोर एक्जिबिसन"】
अब पालो Fukuoka City Museum मा भइरहेको एउटा विशेष प्रदर्शनीको जानकारी दिने। अहिले त्यहाँ “The Great Dinosaur Exhibition Exploring the evolution of dinosaurs theropods from Fukui
अहिले फुकुओका सहर संग्रहालयमा विशेष डायनासोर प्रदर्शनी भइरहेको छ। यो विश्व प्रसिद्ध 'फुकुई प्रान्तीय डायनासोर संग्रहालय' को सहयोगमा आयोजना गरिएको हो।
प्रदर्शनीमा 'फुकुइराप्टर' जस्ता लोकप्रिय डायनासोरका साथै १५ मिटर लामो वास्तविक जस्तै देखिने स्पिनोसौरस रोबोट मुख्य आकर्षणको रूपमा रहेको छ। यसको आँखा र मुखको हलचलले तपाईंलाई साच्चैको डायनासोर अगाडि भए जस्तै अनुभव गराउनेछ।
प्रदर्शनीका साथै यहाँ विज्ञहरूसँगको अन्तर्क्रिया, पेन्टिङ अनुभव, डायनासोरका साना आकृतिहरू संकलन गर्ने खेल र विभिन्न उपहारहरू किन्ने पसलहरू पनि राखिएका छन्।
यो प्रदर्शनी आगामी जुन २८ सम्म मात्र चल्नेछ। फुकुईमा मात्र देख्न पाइने डायनासोरहरू यहाँ फुकुओकामै हेर्ने यो राम्रो अवसर हो। डायनासोर प्रेमीहरू एकपटक पक्कै जानुहोला!
【हाकाता दोन्ताकु मिनातो माचुरी】
अन्त्यमा, फुकुओकाको सबैभन्दा ठूलो उत्सव 'हाकाता दोन्ताकु मिनातो माचुरी' को बारेमा जानकारी! फुकुओकाको 'गोल्डेन विक' भन्ने बित्तिकै यसै उत्सवलाई सम्झिइन्छ, जहाँ हरेक वर्ष २० लाखभन्दा बढी पर्यटकहरू आउने गर्छन्।
८४० वर्षभन्दा पुरानो इतिहास बोकेको यस पर्वमा मानिसहरू रङ्गीचङ्गी पोसाक लगाएर हातमा 'शामोजो' (काठको पन्यू) बजाउँदै सहरमा नाचगान गर्छन्। सजिएका गाडीहरू अर्थात् 'हाना जिदोशा' को परेड हेर्नु यसको मुख्य आकर्षण हो। उत्सवको अन्त्यमा जोसुकैले पनि नाचगानमा सहभागी भएर रमाइलो गर्न सक्छन्।
यस वर्ष यो उत्सव आगामी मे ३ र ४ तारिख दुई दिनसम्म आयोजना हुनेछ। आउनुहोस्, यस 'हाकाता दोन्ताकु' मा सहभागी भएर फुकुओकाको जीवन्त संस्कृति र उत्साहको अनुभव लिनुहोस्!
2026.04.23[Thu] 09:00
【रामेन स्टेडियम】
फुकुओका शहरको प्रसिद्ध व्यापारिक केन्द्र ‘क्यानल सिटी हाकाता’ मा ‘रामेन स्टेडियम’ फेरि सञ्चालनमा आएको छ।
सन् २००१ मा देशभरका चर्चित रामेन पसलहरूलाई एकै ठाउँमा समेटेर सुरु गरिएको यो स्टेडियम केही समयका लागि बन्द थियो। तर अहिले नयाँ स्वरूपमा खुलेको यस स्टेडियममा फुकुओका, होक्काइडो, आकिता र ओसाकाका ८ वटा उत्कृष्ट पसलहरू रहेका छन्। यहाँ तपाईंले तोन्कोचु, सोयु र मिसो रामेन जस्ता विभिन्न स्वादका परिकारहरू एउटै ठाउँमा पाउनुहुनेछ।
विशेष कुरा के छ भने, धेरै थरिका स्वाद चाख्न चाहनेहरूका लागि हरेक पसलमा साधारण भन्दा थोरै सानो आकारको ‘मिनी रामेन’ पनि उपलब्ध छ। यसले गर्दा तपाईंले फरक- फरक पसलका रामेन सजिलै तुलना गर्दै खान सक्नुहुनेछ।
रामेन स्टेडियम बिहान ११ बजेदेखि राति ११ बजेसम्म वर्षैभरि, कुनै बिदा बिना खुला रहनेछ। यो क्यानल सिटी हाकाताको ‘सेन्टर वाक’ पाँचौँ तलामा अवस्थित छ।
नयाँ रूपमा सजाइएका प्रत्येक पसलहरूको बाहिरी बनावट ‘रामेन बावल’ को आकृतिबाट प्रभावित छ। पसलको ढोकामा झुण्ड्याइएको पर्दा (नोरेन) भित्र छिर्ने बित्तिकै, त्यहाँको तातो बाफ, पकाउँदाको आवाज र मिठो बास्नाले तपाईंको भोक अझ जगाउनेछ। रामेनको असली स्वाद लिन एक पटक पक्कै जानुहोला!
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
LINE कल मार्फत परामर्श लिन सकिन्छ!
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको LINE आधिकारिक Account बाट प्रत्यक्ष कल गरी जीवनयापनसँग सम्बन्धित परामर्श वा निःशुल्क परामर्शको लागि बुकिंग आदि गर्नका लागि सम्पर्क गर्न सक्नुहुन्छ। फोन अनुवाद सेवाबाट बहुभाषी सहयोग पनि उपलब्ध छ।
थप रूपमा, फाउण्डेशनको कार्यक्रम र विदेशी बासिन्दाको लागि जानकारीहरू पनि प्राप्त गर्न सकिन्छ।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट अवश्य पनि "Friend Add" गर्नुहोला।
च्याट सेवा भने उपलब्ध छैन। लेखेर परामर्श गर्न चाहनुहुन्छ भने, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेशनको होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।
विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श
“फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन”मा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” प्रदान गर्दैआईरहेको छ।
“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र
तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, प्रदान गरिंदै आइरहेको छ। परामर्श अवधि ४५ मिनेट।
बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ।
यदि भाषा अनुवादक आवश्यक छ भने, कृपया अग्रिममा परामर्श गर्नुहोस्।
यसका साथै, सन् २०२६ मे २, शनिबारका दिन हुने भनिएको 'कानूनी परामर्श' सेवा बन्द रहनेछ।"
“मानसिक परामर्श” अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला।
जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
सम्पर्क काउन्टर खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म हो।
फोन नम्बर ०१२०-६६-१७९९ हो।
2026.04.16[Thu] 09:00
【NEPAL FESTIVAL FUKUOKA】
यही हप्ताको शनिबार र आइतबार, अर्थात् अप्रिल १८ र १९ तारिकका दिन, फुकुओकाको तेन्जिन चुओ पार्कमा बहुसांस्कृतिक उत्सव 'नेपाल फेस्टिभल फुकुओका २०२६' भव्य रूपमा आयोजना हुँदैछ!
अप्रिल १४ तारिखमा पर्ने नेपाली नयाँ वर्षको अवसरमा आयोजना गरिने यो महोत्सव फुकुओकाकै एउटा लोकप्रिय उत्सव हो। यहाँ तपाईंले नेपाल र दक्षिण एसियाका मौलिक परिकारहरूको स्वाद लिनुका साथै नेपाली हस्तकला, जातिय पहिरन र 'सारी' लगाउने अनुभव पनि लिन सक्नुहुनेछ।
विशेष आकर्षणका रूपमा मुख्य स्टेजमा नेपालका चर्चित गायक-गायिकाहरूको सांगीतिक प्रस्तुति लगायत ह्वाईन डान्स पनि हेर्न पाउनुहुन्छ। कार्यक्रम बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ र प्रवेश निःशुल्क छ।
फुकुओकामै बसेर नेपाली कला, संस्कृति र स्वादको आनन्द लिँदै नयाँ वर्ष मनाउन तपाईंहरू सबैलाई हार्दिक निमन्त्रणा छ!"
【फुकुओका शहरको सूचना】
फोहर फ्याँक्ने नियम
फुकुओकामा नयाँ जीवनयापन शुरु गर्नुहुने धेरै संख्यामा हुनुहुन्छ होला।
यसपटक, फोहर फ्याँक्ने नियम सम्बन्धी सूचना रहेको छ।
फुकुओकामा फोहरलाई "जल्ने फोहर", "नजल्ने फोहर", "खाली सिसाको बोतल/प्लास्टिकको बोतल", अनि "ठूला आकारको फोहर" मा विभाजन गरी फ्याँक्ने गरिन्छ।
"ठूला आकारको फोहर" बाहेक अन्य सबै फोहरहरूका लागि, कन्भिनियन्स स्टोर वा सुपर मार्केटमा बेची राखेको, फुकुओका शहरको फोहर-फाल्ने-झोला प्रयोग गरेर फोहोर फाल्ने गर्नुहोस्।
जल्ने फोहरको लागि, रातो रंगको फोहर-फाल्ने-झोला हो।
कच्चा फोहोर, कागज, कपडा, प्लास्टिक आदि फाल्ने बेलामा, रातो झोला प्रयोग गर्नुहोस्।
खाली क्यान र गिलास जस्तालाई, नजल्ने फोहरको रुपमा, निलो फोहर-फाल्ने-झोलामा फाल्ने गर्नुहोस्।
खाली सिसाको बोतल र प्लास्टिकको बोतल फाल्नको लागि, पहेंलो रंगको फोहर-फाल्ने-झोला प्रयोग गर्नुहोस्।
बसोबास गर्ने ठाउँ अनुसार फाल्ने दिन तोकिएको हुन्छ।
तोकिएको दिन बाहेक अन्य दिनमा फोहोर फाल्न पाइँदैन।
जल्ने फोहर हप्तामा २ पटक, खाली सिसाको बोतल/प्लास्टिकको बोतल र नजल्ने फोहर चाहिँ महिनाको १ पटक संकलन हुन्छ।
फोहर मध्यरात संकलन हुनेभएकोले अँध्यारो भएदेखि रातिको १२ बजे सम्ममा, फोहर फाल्ने निश्चित ठाउँमा फाल्ने गर्नुहोस्।
फुकुओका शहरको आधिकारिक LINE ID मा Friendadd गरेर, तपाईंको ठेगाना सेट गर्नुभयो भने, फोहोर फाल्ने दिनमा सूचना प्राप्त गर्नुहुनेछ।
फाल्न चाहनुभएको फोहोरको नाम राख्नुभयो भने, फोहोरको किसिम पनि जान्न मिल्ने भएकोले यो एकदम उपयोगी छ।
एउटा झोलामा नअट्ने ठूला आकारको फोहर वा झोला नै च्यात्ने किसिमको भारी फोहरलाई, ठूला आकारको फोहरको रुपमा फाल्नुहोस्।
ठूला आकारको फोहरका लागि, फोन, इन्टरनेट, वा LINE द्वारा ‘फुकुओका शी सोदाई गोमी उकेचुके’ मा सम्पर्क गर्नुहोस्।
शुल्क, फोहोर फाल्ने ठाउँ, फाल्ने दिन, इत्यादि जाँच गरेर फोहोर बाहिर राख्नुहोस्।
फोनमार्फत सम्पर्कका लागि, ठुलो आकारको फोहर फाल्ने सेन्टरको फोन नम्बर, ०९२-७३१-११५३ ।
टेलिफोन अनुवाद मार्फत् २३ वटा भाषाहरुमा सेवा उपलब्ध छ।
यस अतिरिक्त, QR कोड स्क्यान गरेर १० विभिन्न भाषाहरूमा फोहोर फाल्ने नियमहरूको बारेमा जानकारी प्रदान गर्ने सेवा पनि राखिएको छ। कृपया फुकुओका शहरको वेबसाइट हेर्नुहोस्।
2026.04.09[Thu] 09:00
【Namaste Fukuoka】
यही हप्ताको शनिबार र आइतबार, अर्थात् ११ र १२ तारिखका दिन, फुकुओकामा भारतीय संस्कृतिको भव्य उत्सव 'नमस्ते फुकुओका' आयोजना हुँदैछ। यो क्युशु क्षेत्रकै सबैभन्दा ठूलो भारतीय महोत्सव हो, जसले यस वर्ष आफ्नो १०औँ वार्षिकोत्सव अझ विशेष रूपमा मनाउँदैछ।
यहाँको स्टेजमा भारतीय शास्त्रीय नृत्य, बलिउड डान्स र सितार वादन जस्ता २० भन्दा बढी उत्कृष्ट प्रस्तुतिहरू रहनेछन्। साथै, बिहानी योग, मेहेन्दी (हेना आर्ट) र 'सारी' को अनुभव पनि लिन सक्नुहुनेछ। खानेकुराको बजारमा १० भन्दा बढी स्टलहरूमा भारतीय करी, नान र मसलादार परिकारहरूको स्वाद लिन पाइनेछ।
यो कार्यक्रम तेन्जिन चुओ पार्कमा बिहान १० बजेदेखि सुरु हुनेछ र प्रवेश पूर्णतः निःशुल्क छ। भारतीय कला, भोजन र संगीतको यो सुन्दर संगममा रमाउन अवश्य पनि जानु होला!
【फुकुओका शहरको सूचना】
विदेशीहरूले परामर्श लिन सकिने काउन्टर
नयाँ जीवनमा कुनै समस्या वा नबुझ्नुभएको कुरा छ कि?
Fukuoka City Consultation Support Center for Foreign Residents मा, आवास सम्बन्धी प्रकिया, रोजगार, चिकित्सा, कल्याण, प्रसुति, शिशु स्याहार, र बाल शिक्षा जस्ता जनजीवन सम्बन्धि परामर्श कहाँ लिने भनेर थाहा नभएको समयमा, उपयुक्त सम्पर्क काउन्टर तथा अन्य जानकारीहरु प्रदान गर्दै आईरहेको छ।
फोन नम्बर रहेको छ, ०१२०-६६-१७९९ ।
सम्पर्क समय बिहान ९:०० बजेदेखि बेलुका ५:३० बजेसम्म । शनिवार, आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदाहरुमा बन्द हुन्छ।
२४ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।
राष्ट्रिय स्वास्थ्य बीमा, फोहोर, कर, आदि जस्ता फुकुओका शहरका प्रक्रियाहरूको बारेमा बुझ्नु परेमा, दोभाषे सेन्टरमा कल गरेर, आफू बस्ने वार्डमा सम्पर्क गरि परामर्श लिन सक्नुहुन्छ।
फोन नम्बर रहेको छ, ०९२-७५३-६११३ ।
सम्पर्क समय बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म । शनिवार, आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदाहरुमा बन्द हुन्छ।
२३ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।
यस अतिरिक्त, चिकित्सा संस्था खोज्दा, अस्पतालमा डाक्टरसँग कुरा गर्दा, अस्पताल वा सिफारिस गरिएको फार्मेसीमा औषधि लिँदा, Fukuoka City Medical Interpreting Call Center को टेलिफोन अनुवाद सेवा प्रयोग गर्न सक्नुहुन्छ।
फोन नम्बर, ०९२-७३३-५४२९ हो।
चौबीसैघण्टा हरेक दिनलिन सकिने यो सेवा, २० वटा भाषाहरुमा उपलब्ध छ।
2026.04.02[Thu] 09:00
【निशितेत्चु बसद्वारा नयाँ रुटको सुरुवात】
अप्रिल १, बुधबारदेखि फुकुओका विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र तेन्जिन सहरलाई सिधै जोड्ने 'नन् स्टप एक्सप्रेस बस' सेवा सुरु हुँदैछ। यो नयाँ 'एक्सप्रेस तेन्जिन-फुकुओका एयरपोर्ट लाइन' ले यात्रीहरूलाई मात्र ३० देखि ४० मिनेटमा गन्तव्यमा पुऱ्याउनेछ। यस बसको भाडा ५००येन र यातायात आई.सी. कार्ड प्रयोग गर्दा ४८० येन लाग्नेछ।
साथै, क्यासलेस भुक्तानीमा छुटको व्यवस्था अन्य पर्यटकीय रुटहरूमा पनि लागू गरिएको छ। हाकाता स्टेशनदेखि फुकुओका विमानस्थल र हाकातादेखि दाजाइफु जाने बसहरूमा आई.सी. कार्ड प्रयोग गर्दा २० येन छुट पाइनेछ।
त्यस्तै, फुकुओका सहरका मुख्य पर्यटकीय स्थलहरू घुमाउने, छत नभएको दुईतले 'फुकुओका ओपन टप बस' ले अब तेन्जिन र दाजाइफुलाई जोड्ने 'दाजाइफु कोर्स', ६० मिनेटको यात्रा शुरु गरेको छ। फुकुओका सिटी एक्सप्रेस-वेबाट फुकुओका विमानस्थलको ठ्याक्कै छेउ भएर गुड्ने भएकोले टाउको माथिबाटै हवाईजहाजहरू उडेको र ओर्लेको दृश्यलाई खुला छतबाट नजिकैबाट अनुभव लिन सक्नुहुनेछ।
जापानी संस्कृति झल्किने बुट्टाहरूले सजिएको यो बसमा अंग्रेजी, कोरियन र चाइनिज भाषामा अडियो गाइडको पनि सुविधा छ। यस यात्राको भाडा वयस्कका लागि २,००० येन र बालबालिकाका लागि १,००० येन रहेको छ।
पक्कै पनि यो नयाँ सुविधाको लाभ उठाउनुहोस् र फुकुओकाको सुन्दरताको आनन्द लिनुहोस्!
【फुकुओका शहरको सूचना】
विदेशीहरूले परामर्श लिन सकिने काउन्टर
नयाँ जीवनमा कुनै समस्या वा नबुझ्नुभएको कुरा छ कि?
Fukuoka City Consultation Support Center for Foreign Residents मा, आवास सम्बन्धी प्रकिया, रोजगार, चिकित्सा, कल्याण, प्रसुति, शिशु स्याहार, र बाल शिक्षा जस्ता जनजीवन सम्बन्धि परामर्श कहाँ लिने भनेर थाहा नभएको समयमा, उपयुक्त सम्पर्क काउन्टर तथा अन्य जानकारीहरु प्रदान गर्दै आईरहेको छ।
फोन नम्बर रहेको छ, ०१२०-६६-१७९९ ।
सम्पर्क समय बिहान ९:०० बजेदेखि बेलुका ५:३० बजेसम्म । शनिवार, आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदाहरुमा बन्द हुन्छ।
२४ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।
राष्ट्रिय स्वास्थ्य बीमा, फोहोर, कर, आदि जस्ता फुकुओका शहरका प्रक्रियाहरूको बारेमा बुझ्नु परेमा, दोभाषे सेन्टरमा कल गरेर, आफू बस्ने वार्डमा सम्पर्क गरि परामर्श लिन सक्नुहुन्छ।
फोन नम्बर रहेको छ, ०९२-७५३-६११३ ।
सम्पर्क समय बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म । शनिवार, आइतवार, सार्वजनिक बिदा, नयाँ वर्षको बिदाहरुमा बन्द हुन्छ।
२३ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।
यस अतिरिक्त, चिकित्सा संस्था खोज्दा, अस्पतालमा डाक्टरसँग कुरा गर्दा, अस्पताल वा सिफारिस गरिएको फार्मेसीमा औषधि लिँदा, Fukuoka City Medical Interpreting Call Center को टेलिफोन अनुवाद सेवा प्रयोग गर्न सक्नुहुन्छ।
फोन नम्बर, ०९२-७३३-५४२९ हो।
चौबीसैघण्टा हरेक दिनलिन सकिने यो सेवा, २० वटा भाषाहरुमा उपलब्ध छ।
2026.03.26[Thu] 09:00
अन्तर्वार्ता(インタビュー)
【अतिथि अन्तर्वार्ता】
➖Basyal Bishnu➖
विदेशी बासिन्दाहरूको लागि फुकुओका शहर व्यापक परामर्श र समर्थन केन्द्र
नेपाली भाषा: बिहिबार १०:००-१५:००
2026.03.19[Thu] 09:00
【FUKUOKA FLOWER SHOW】
यसै आउँदो आइतबारदेखि फुकुओका शहरमा "फूलहरूको शहर फुकुओका" भन्ने मूल नाराका साथ पाँच दिने फूल र हरियालीको भव्य उत्सव — 【FUKUOKA FLOWERSHOW 2026】 आयोजना हुँदैछ।
फुकुओका सिटी बोटानिकल गार्डेनमा हुने यस कार्यक्रममा स्वदेशी तथा विदेशी प्रख्यात मालीहरूद्वारा निर्मित विश्वस्तरीय बगैँचाहरूको प्रतिस्पर्धा हुनेछ। साथै, विश्वभरका दुर्लभ फूलहरूको प्रदर्शनी र हरेक दिन फरक-फरक स्टेज प्रोग्रामहरू पनि सञ्चालन गरिनेछन्।
त्यति मात्र कहाँ हो र? यहाँ तपाईंले विभिन्न प्रजातिका फूलका बिरुवा र बगैँचाका सामानहरू खरिद गर्न सक्नुहुन्छ। साथै, फुकुओकाका चर्चित रेस्टुरेन्टहरूले एउटा विशेष "गार्डेन रेस्टुरेन्ट" पनि सञ्चालन गर्नेछन्, जहाँ फूलहरूको सुगन्ध माझ लन्च, खाजा र 'आफ्टरनुन टी' को मज्जा लिन सकिनेछ।
विशेष आकर्षणको रूपमा, यहाँको 'ग्रिनहाउस' मा "फुकुओका अर्किड एक्जिबिसन" पनि चल्नेछ, जहाँ तपाईंले अर्किडको एउटा छुट्टै सुन्दर संसार नियाल्न पाउनुहुनेछ। कार्यक्रम अवधिभर तेन्जिन र हाकाता क्षेत्रमा पनि "फ्लावर्स इन फेसन" थिममा शहर लाई फूलै फूलले सजाइनेछ, जसले तपाईंको पैदल यात्रालाई झन् मनमोहक बनाउनेछ।
कार्यक्रमको मिति : मार्च २२, आइतबार देखि मार्च २६, बिहीबार सम्म। (जम्मा ५ दिन)।
कार्यक्रम स्थान: फुकुओका सिटी बोटानिकल गार्डेन।
तपाईं पनि आफ्ना पाँचै इन्द्रियले फूल र प्रकृतिको आनन्द लिन यो भव्य उत्सव 【FUKUOKA FLOWERSHOW 2026】 मा पक्कै सहभागी हुनुहोला है!
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
कानूनी परामर्श” र “मानसिक परामर्श
फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” प्रदान गर्दैआईरहेको छ।
“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र
तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, प्रदान गरिंदै आइरहेको छ।परामर्श अवधि ४५ मिनेट।
बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ।
यदि भाषा अनुवादक आवश्यक छ भने, कृपया अग्रिममा परामर्श गर्नुहोस्।
“मानसिक परामर्श” अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला।
जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
सम्पर्क काउन्टर खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म हो।
फोन नम्बर (०१२०-६६-१७९९) हो।
विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श
आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।
अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।
अन्य भाषाहरुमा परामर्शका लागि, २ हप्ता अगाडि सम्पर्क गर्नुहोला।
गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
विस्तृत जानकारीका लागि, फोन नम्बर (०१२०-६६-१७९९) मा सम्पर्क गर्नुहोला।
सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।