福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2025.09.18[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健)
【ART FAIR ASIA FUKUOKA】
आउँदो हप्ताको अन्त्यमा, तपाईं कलात्मक समय बिताउन चाहनुहुन्छ कि? यस हप्ता, हामी तपाईंलाई एसिया-केन्द्रित कला मेला, “ART FAIR ASIA FUKUOKA 2025” बारे जानकारी दिँदैछौं।
यस वर्ष १०औँ वार्षिकोत्सव मनाउँदै गरेको यो कार्यक्रम अहिलेसम्मकै सबैभन्दा ठूलो स्तरको हुनेछ! यहाँ १०० भन्दा बढी स्टलहरू हुनेछन्, जसमा देश-विदेशका ग्यालरी तथा कलाकारहरू भेला हुनेछन्।
यसपटक कला हेर्ने र किन्ने मात्र नभई, प्रत्यक्ष अनुभव गर्ने गरी कार्यक्रम थप आकर्षक बनाइएको छ। लाइभ प्रदर्शनहरू, ठूला कला संरचनाहरू (इन्स्टलेसनहरू), र एशियाली आधुनिक कलाका अगुवाहरूको प्रस्तुतिसहितको क्युरेटेड बुथहरू पनि रहनेछन्। यो तीन दिनको कार्यक्रम एसिया र जापान, स्थानीय र विश्वव्यापी कलाको मिलनबिन्दु बन्नेछ।
यो कार्यक्रम अगस्ट २६, शुक्रबारदेखि अगस्ट २८, आइतबारसम्म, मारिन मेस्से फुकुओकाको B हलमा हुनेछ। कला बारे धेरै नजाने पनि यो कार्यक्रममा रमाइलो रूपमा अनुभव गर्न सकिने हुनाले, अवश्य पनि गएर हेर्नुहोस्!
【फुकुओका शहरको सूचना】
यरोग रोकथाम सप्ताहको बारेमा
सेप्टेम्बर २४ देखि सेप्टेम्बर ३० सम्म क्षयरोग रोकथाम सप्ताह हो।
क्षयरोग एक यस्तो रोग हो, जसमा क्षयरोग ब्याक्टेरियाको कारण मुख्यतया फोक्सोमा संक्रमण गराउँछ।
यो एक सरुवा रोग हो।
२०२४ मा, फुकुओका शहरमा १७६ नयाँ क्षयरोग बिरामीहरु पाईएका थिए। हालैका वर्षहरूमा, २० देखि ३० वर्ष उमेर समूहका विदेशी मूलका बिरामीहरूको संख्या बढ्दो छ। साथै, जापानी भाषा शैक्षिक संस्थाहरूमा सामूहिक संक्रमणका घटनाहरू पनि पाईएका छन्।
क्षयरोगका लक्षणहरूमा खोकी, खकार, ज्वरो, छाती दुख्ने, थकान, राति पसिना आउने र तौल घट्ने आदि पर्दछन्। यसका प्रारम्भिक लक्षणहरू रुघाखोकीजस्तै हुन सक्छन्। यदि तपाईँलाई "दुई हप्ताभन्दा बढी समयसम्म खोकी लागिरहेको छ," "खकार आइरहेको छ," "शरीर कमजोर भएको छ," वा "अचानक तौल घटेको छ" जस्ता कुनै पनि लक्षणहरू देखिएमा, छिटोभन्दा छिटो स्वास्थ्य संस्थामा गएर जाँच गराउनुहोस्।
रोगको सुरुमै पत्ता लगाएर उपचार गर्नाले गम्भीर हुनबाट जोगिनुका साथै तपाईँका प्रियजन, साथीभाइ वा कार्यस्थलमा संक्रमण फैलिनबाट रोक्न पनि महत्त्वपूर्ण हुन्छ।
क्षयरोगको जीवाणुको संक्रमण भए पनि सधैँ रोग लाग्छ भन्ने हुँदैन, तर यदि शरीरको रोग प्रतिरोधात्मक क्षमताले जीवाणुलाई नियन्त्रण गर्न सकेन भने, तिनीहरू समयसँगै बढेर रोग लाग्न सक्छ। संक्रमण र रोग लाग्नबाट बच्न पर्याप्त निद्रा, सन्तुलित आहार र नियमित व्यायाम जस्ता दैनिक स्वास्थ्य हेरचाह महत्त्वपूर्ण हुन्छ। साथै, क्षयरोग पत्ता लागे पनि डाक्टरको निर्देशनअनुसार हरेक दिन औषधि खाएमा यो निको हुन्छ।
फुकुओका शहरमा चिकित्सा दोभाषे Fukuoka City Medical Interpreting Call Center छ, जहाँ तपाईं अस्पताल खोज्नका लागि सल्लाह लिन सक्नुहुन्छ। यो सेवा अस्पतालमा डाक्टरसँग कुरा गर्न वा अस्पताल र औषधि पसलमा औषधि लिँदा पनि प्रयोग गर्न सकिन्छ। यो सेवा दिनको २४ सै घण्टा उपलब्ध छ।
फोन नम्बर ०९२-७३३-५४२९ हो।
यो सेवा २० वटा भाषामा उपलब्ध छ, त्यसैले कुनै समस्या परेमा अवश्य परामर्श लिनुहोस्।