福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2025.09.11[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健)
【होउजोउया】
फुकुओकाको शरद ऋतुको महत्त्वपूर्ण उत्सवका रूपमा परिचित “होउजोउया”, फुकुओकाका तीन ठूला चाडपर्वहरूमध्ये एक हो। फुकुओका सहरको हिगाशी वार्डमा रहेको हाकोजाकी गु मन्दिरमा प्रत्येक वर्ष सेप्टेम्बर १२ देखि १८ तारिखसम्म, सात दिन र सात रातसम्म चल्ने यो चाडपर्व एक हजार वर्षभन्दा बढी समयदेखि चलिआएको परम्परा हो।
यो उत्सव हामीले जीवनयापनका लागि उपभोग गर्ने जीवहरूको आत्मालाई शान्ति दिन र उनीहरूप्रति कृतज्ञता व्यक्त गर्न मनाइने एक धार्मिक विधि हो। साथै, धेरै मानिसहरू व्यवसायमा सफलता र परिवारको सुरक्षाको कामना गर्दै यहाँ पूजा गर्न आउँछन्। हरेक वर्ष करिब १० लाख भक्तजनहरू यहाँ आउने गर्छन्।
मन्दिर जाने करिब एक किलोमिटर लामो बाटोमा, खानाका स्टलहरूदेखि लिएर विभिन्न खेलहरू (जस्तै: निशाना लगाउने र यो-यो माछा समात्ने खेल) सहित ५०० भन्दा बढी पसलहरू सजाइएका हुन्छन्, जसले गर्दा त्यहाँ ठूलो भीड लाग्छ। भूत घर र अन्यत्र खासै नदेखिने पुरानो शैलीका पसलहरू पनि यहाँको विशेषता हुन्।
पुरानो समयमा यहाँ अदुवा खेती हुने भएकाले, मन्दिर दर्शनपछि हरियो पातसहितकोताजा अदुवा उपहारका रूपमा घर लैजाने चलन अझै पनि छ। यो अदुवा प्रशस्त मात्रामा बेचिन्छ। गर्मीको मौसममा अदुवाको झोल वा अचार बनाएर खानु निकै लाभदायक हुन्छ। साथै, आन्को पेस्टले भरेको याकिमोची, परम्परागत जापानी मिठाई पनि यहाँको एक स्वादिष्ट परिकार हो।
यसबाहेक, यहाँ परम्परागत जापानी ड्रम (ताइको) को प्रस्तुति र "चानपोन" भनिने काँचका कलाकृतिहरूको प्रदर्शनी पनि हुन्छ। यहाँ "हातो-मिकुजी" नामक विशेष लोटरी पनि हुन्छ, जसमा कुनै पनि टिकट खाली हुँदैन र शुभ प्रतीकहरू अवश्य पनि प्राप्त हुन्छन्। भाग्यको परीक्षा गर्नका लागि यो पनि एक राम्रो विकल्प हो।
बिहानदेखि रातिसम्म हेर्न लायक धेरै कुराहरू रहेको यो शरद् उत्सवहोउजोउया, हरेक दिन मानिसको भीडले भरिभराउ हुन्छ। शरद ऋतुको फसलप्रति आभार व्यक्त गर्न र फुकुओकाको शरद ऋतुको यो परम्परा अनुभव गर्न तपाईं पनि यहाँ भ्रमण गर्न सक्नुहुन्छ।
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
"सजिलो जापानी भाषा प्रयोग गरेर संयुक्त राष्ट्र संघका कर्मचारीहरुसँग सहरको योजना बनाऔं!" सहभागीताको लागि आवेदन खुल्ला
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले UN-Habitat Fukuoka Headquarter का कर्मचारीलाई प्रशिक्षकको रूपमा आमन्त्रण गरी सहर निर्माण सम्बन्धी कार्यशाला आयोजना गर्ने भएको छ।
यस कार्यशालामा सहभागी हुन चाहने व्यक्तिहरूको उमेर सीमा कक्षा ४ देखि कक्षा ९ सम्मका प्राथमिक विद्यालयदेखि माध्यमिक विद्यालयका विद्यार्थीहरु हुन्।
कार्यक्रम, सेप्टेम्बर २८, आइतवार; १०:०० बजे देखि ११:३०बजे सम्म, ACROS Fukuoka को सभा कक्षमा आयोजना हुनेछ।
UN-Habitat Fukuoka Headquarter, क्यूसु क्षेत्रको एक मात्र संयुक्त राष्ट्रको संस्था हो, जसले "मानव बसोबास" सँग सम्बन्धित विभिन्न परियोजनाहरू सञ्चालन गर्छ।
कार्यशालामा सहभागीहरू आफूलाई Habitat गाउँका बासिन्दाको रुपमा सोची, भारी वर्षाबाट धेरै क्षति भएको गाउँको पुन:निर्माणको लागि सबैजना मिलेर योजना बनाउनेछन्। कार्यशाला सरल जापानी भाषामा सञ्चालन हुने भएकोले विदेशी मूलका बालबालिकाहरू पनि सहज रूपमा सहभागी हुन सक्छन्। संयुक्त राष्ट्रका विश्वव्यापी गतिविधिहरूमा रुचि राख्नुहुने सबैलाई सहभागिताको लागि स्वागत छ।
सहभागिता निःशुल्क छ, तर अग्रिम बुकिंग अनिवार्य छ।
बुकिंग प्रक्रिया र अन्य जानकारीको लागि फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको वेबसाइट वा फेसबुक पेज हेर्नुहोस्।
फाउन्डेसनको वेबसाइट『www.fcif.or.jp』