福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
2025.07.17[Thu] 09:00
【आफ्नै बोतल (My Bottle) प्रयोग गर्न थालौं】
जुलाई महिना "नेच्च्युस्योउ अर्थात् लू रोकथाम सुदृढीकरण महिना" हो।
नेच्च्युस्योउ, कडा शारीरिक गतिविधि, वा शरीरको तापक्रम नियन्त्रण गर्न नसक्दा शरीरमा पानी र नुनको सन्तुलन बिग्रिएरलू हुन सक्छ। सानो बालबालिकामा तापक्रम नियन्त्रण गर्ने क्षमता अझै विकास नभएकाले, थोरै समयमै असर गर्न सक्ने सम्भावना हुन्छ। त्यसैले विशेष ध्यान दिनुपर्छ।
नेच्च्युस्योउ रोक्नका लागि, अत्यधिक गर्मीबाट जोगिनुहोस्। नियमित रूपमा पानी र नुनको सेवन गर्नुहोस्।
आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। एक दिनमा करिब१.२ लिटर (लगभग ६ गिलास पानी)पिउनु राम्रो मानिन्छ। तिर्खा नलागे पनि स-सानो मात्रामा पानी पिउँदै गर्नु जरूरी छ। साथै, स्पोर्ट्स पेय पदार्थ र नुनिलो क्यान्डीबाट पनि नुनको मात्रा केही पूरा गर्न सकिन्छ।
फुकुओका शहरले बाहिर जाँदा पनि सजिलै पानी पिउन सकियोस् भनेर विभिन्न सार्वजनिक स्थानहरू—जस्तैवार्ड अफिस, सामुदायिक केन्द्र, जिमखाना र पार्कहरूमाचिसो धारा पानी दिने "आफ्नै बोतलमा पानी भर्न मिल्ने स्थान"स्थापना गरेको छ।
त्यस्तै, सहरका झन्डै ९० वटा पसलहरूले तपाईँको आफ्नै बोतलमा पानी, कफी आदि भरिदिने "माइ बोतल सहयोगी पसल"का रूपमा दर्ता गरिएका छन्।
यी स्थानहरूको जानकारीफुकुओका सिटीको वेबसाइटमाउपलब्ध छ।
「福岡市 マイボトルを始めよう」 भनेर सर्च गर्नुहोस्।
बाहिर जाँदा आफ्नो बोतल बोकौं, पानी समयमै पिउँदै स्वास्थ्य जोगाऔं!
🔎फुकुओका सिटी मेरो बोतल सुरु गरौं! (पानी आपूर्ति स्पट / मेरो बोतल सहयोग स्टोर)
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा-याराना हिरोबाको जानकारी
शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा-याराना हिरोबाको जानकारी
तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,
हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, हरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।
जुलाई महिनामा यो कार्यक्रम२२ तारिक मंगलबारहुनेछ।
समय बिहान१०:३० देखि ११:३० सम्महो।
कार्यक्रमको विषयबस्तु,स्कुल सोसल वर्कर तथा स्कुल काउन्सिलर होरिइ चिहोद्वारा "जन्मिएर आएकामा धन्यवाद 〜 बाल्यकाल र किशोर अवस्था आपसमा जोडिएका छन् 〜" भन्ने विषयमा स्पीच दिनुहुन्छ। होरिइ चिहो, NHK टेलिभिजन कार्यक्रममा पनि देखा परिसक्नुभएको व्यक्तित्व हुनुहुन्छ।
सबैलाई कार्यक्रममा सहभागी हुन हार्दिक आमन्त्रण छ। कार्यक्रम जापानी भाषामा सञ्चालन हुनेछ।
आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको फेसबुकमा हेर्नुहोस्।
🔎福岡市国際会館/あったか福岡 | Fukuoka-shi Fukuoka | Facebook
LINE कल मार्फत परामर्श लिन सकिन्छ!
फाउण्डेशनको LINE आधिकारिक Account बाट प्रत्यक्ष कल गरी जीवनयापनसँग सम्बन्धित परामर्श वा निःशुल्क परामर्शको लागि बुकिंग आदि गर्नका लागि सम्पर्क गर्न सक्नुहुन्छ। फोन अनुवाद सेवाबाट बहुभाषी सहयोग पनि उपलब्ध छ।
थप रूपमा, फाउण्डेशनको कार्यक्रम र विदेशी बासिन्दाको लागि जानकारीहरू पनि प्राप्त गर्न सकिन्छ।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट अवश्य पनि "Friend Add" गर्नुहोला। च्याट सेवा भने उपलब्ध छैन। लेखेर परामर्श गर्न चाहनुहुन्छ भने, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेशनको होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।