福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。

2025.10.23[Thu] 09:00
【Fukuoka City Bousai Fair】
फुकुओकासिटी हलको पश्चिमपट्टी रहेको "फुरेआई हिरोबा" मा विपद् रोकथाम (आपतकालीन तयारी) सम्बन्धी जानकारीहेर्न, सिक्न र अनुभव गर्न सकिनेकार्यक्रम, " Fukuoka City Bousai Fair " आयोजना हुन गईरहेको छ।
यो कार्यक्रमनोभेम्बर महिनाको १ तारिक शनिबारका दिनआयोजना हुनेछ।
कार्यक्रम स्थलमा, विपद् रोकथामसँग सम्बन्धित लगभग ४० वटा संघसंस्था तथा कम्पनीहरूलेआफ्नो जानकारीमूलक बुथ स्थापना गर्नेछन्। त्यहाँ विपद् रोकथाममा उपयोगी ज्ञान, प्रविधि र नवीनतम उपकरणहरूप्रत्यक्ष हेर्न, सिक्न र अनुभव गर्न सकिनेछ।
साथै, आश्रयस्थल (Evacuation center) कस्तो हुन्छ भन्ने कुरा जान्नका लागि आश्रयस्थलको जीवनशैली झल्काउनेठाउँको प्रदर्शनीपनिहुनेछ। यो कार्यक्रमलेपरिवारका सबै सदस्यहरुले रमाइलोका साथविपद्का लागि तयारी गर्न सहयोगगर्नेछ।
स्टेजमा, फुकुओका शहरद्वारा दमकलको परम्परागत कलाको प्रस्तुति, सिटी हलको प्रयोग गरेर गरिने दमकल अभ्यास, र विपद् उद्धार कुकुरहरूको प्रदर्शन जस्ताआकर्षक कार्यक्रमहरूहेर्न सकिनेछ।
यसका साथै, दमकल, पुलिस कार जस्ता विपद् प्रतिकार्यमा प्रयोग हुने सवारी साधनहरूको प्रदर्शनी, अभिभावक-बालबालिका दुवैले भाग लिन मिल्ने विपद् रोकथाम क्विज, रचार मिटर लामोडायनासोरको आगमन जस्ताधेरै रमाइला योजनाहरूअभिभावक-बालबालिकाका लागिउपलब्ध छन्!
पुरस्कार जित्न सकिने क्विज र्याली र लोकप्रिय किचन कारहरूको उपस्थिति पनिहुनेछ, जसले गर्दा बालबालिकादेखि वयस्कसम्म, सबै उमेर समूहका मानिसहरूले विपद् रोकथामलाईनजिकबाट बुझ्न सक्नेकार्यक्रमबनेको छ।
कार्यक्रम बिहान१० बजेदेखिबेलुका४ बजेसम्मचल्नेछ।
आगामी हप्ता, नोभेम्बर १ तारिक शनिबार, फुकुओका सिटी हल अगाडिको फुरेआई हिरोबामारमाइलो तरिकालेविपद् रोकथामबारेज्ञान हासिल गरौं।
【फुकुओका शहरको सूचना】
“फुकुओका किबो च्युउ गाक्को - विद्यालयको जानकारीमूलक सेमिनार”को सूचना
"फुकुओका किबो च्युउ गाक्को" भनी चिनिने विद्यालयको बारेमायहाँहरुलाई जानकारी छ?
यो फुकुओका शहरले स्थापना गरेकोसरकारी रात्रि माध्यमिक विद्यालयहो, जुन विभिन्न कारणले अनिवार्य शिक्षा प्राप्त गर्न नसकेका वा विद्यालय नजाने जस्ता कारणले कक्षा लिन नपाएका व्यक्तिहरूको लागिखोलिएको हो।
यसमाराष्ट्रियताको कुनै बन्देज नराखीभर्ना हुन सकिन्छ।
यहाँ दिउँसोको माध्यमिक विद्यालयमा जस्तै ९ वटै विषयपढाइ हुन्छ, तर जापानी भाषामा समस्या हुने विद्यार्थीहरूलेजापानी भाषाको विशेष कक्षा पनिलिन सक्नेछन्।
विद्यालयकोपाठ्यक्रम पूरा गरेपछि, माध्यमिक विद्यालयकोस्नातकको प्रमाणपत्रप्राप्त हुनेछ।
कक्षा सोमबारदेखि शुक्रबार साँझ ५:५० बजेबाट राती ९:१५ बजे सम्म हुन्छ।
विद्यालयको ठेगाना, सवारा वार्डको मोमोचीमाअवस्थित छ।
कक्षाकोशुल्क र पाठ्यपुस्तकको खर्चलाग्ने छैन।
विस्तृत जानकारीलिन चाहने व्यक्तिहरूको लागि, विद्यालयको जानकारीमूलक सेमिनार डिसेम्बर ७ तारिक दिउँसो २ बजेदेखिआयोजना हुनेछ।
कृपयाडिसेम्बर १ तारिकभित्र फोन वा वेबसाइट मार्फतआफ्नो सहभागिताको लागि दर्तागर्नुहोला।
फोन नम्बर ०९२-४००-०७५१ हो।
सोमबारदेखि शुक्रबार, दिउँसो २ बजेबाट राति ९:३० बजेसम्म कल स्वीकार गरिन्छ।
वेबसाइटको लागि, कृपया " फुकुओका किबो च्युउ गाक्को सेइतो बोस्यु (福岡きぼう中学校 生徒募集) "भनेर खोज्नुहोस्।
सोधपुछ तथा परामर्शको लागि पनिसम्पर्क गर्न सकिन्छ।
वेबसाइटमा दिइएको इमेल ठेगाना प्रयोग गरेर, तपाईंलेआफ्नो भाषामापनिसजिलै सोधपुछगर्न सक्नुहुनेछ।
🔎https://sites.google.com/fuku-c.ed.jp/fukuokakibou/admissions/info