ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.149

2023.02.02[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【शिशिर ऋतुको स्वाद "ओइस्टर" ⇒ "Kakigoya in Bayside"】

फुकुओकाको केन्द्रमा नै स्वादिष्ट ओइस्टरको आनन्द लिन सकिने स्थानको जानकारी तपाईंहरुलाई छ कि छैन होला?

हजुर, त्यो हो, "Kakigoya in Bayside"!

तेन्जिन र हाकाताको नजिकको बन्दरगाहको समुद्री हावा महसुस गर्दै ओइस्टरको स्वादको आनन्द लिन सकिने "Kakigoya", "बेसाइड हाकाता" मा सीमित समयको लागि मार्च २६ सम्म खुला रहनेछ।

 

Kakigoya मा, ओइस्टर, समुद्री खाना र मासु जस्ता खानाहरु चारकोलमा पोलेर बार्बेक्यु शैलीमा मजा लिन सक्नुहुन्छ।

कार्यक्रम स्थलमा बाहिर लगाईएका "Bayside Canopy" मा, चारकोलको न्यानोपनको साथै, फराकिलो अनि प्रशस्त हावायुक्त ठाउँ छ। ओइस्टर १ सेटको १,१०० येनमा पाईन्छ।

 

शिशिर ऋतुको बेग्लै स्वाद "ओइस्टर"!

मलाई पनि यस मौसममा ओइस्टर खान औधि मनपर्छ, खास गरि पोलेको ओइस्टर। पकाउन पनि रमाईलो अनि पाकेको खान पनि मज्जा आउने! मेरो त बेसाइडको Kakigoya मा जाने योजना छ, तपाईहरु पनि

फुकुओका शहरबाट पाईक पर्ने उत्कृष्ट Kakigoya को आनन्द लिएर हेर्ने होइन त?

 

https://www.baysideplace.jp/2022/10/16/wanganmaru_kakigoya/

 

 

【फुकुओका शहरको सूचना】

जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना

फेब्रुअरी महिना जीवनशैलीसँग सम्बन्धित रोगहरूको रोकथाम महिना हो।

जीवनशैलीसँग सम्बन्धित रोगहरू "जीवनशैली" को कारणले हुने रोगहरू हुन्।

जीवनशैलीसँग सम्बन्धित रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, र मायोकार्डियल इन्फ्रक्सन आदि असन्तुलित आहार र व्यायामको कमीले गर्दा हुन्छ।

साथै, धुम्रपान, अत्याधिक मद्यपान र तनावका कारण पनि जीवनशैलीसँग सम्बन्धित रोगहरू निम्त्याउन सक्छ।

 

स्वस्थ जीवन जिउनका लागि दिनको तीन पटक निश्चित समयमा सन्तुलित र उचित मात्रामा खाना खानु जरुरी छ। तयारी खानेकुरा र चिल्लो खानेकुरा जस्ता पौष्टिक तत्व कम हुने आहारलाई निरन्तरता दिँदा मोटोपना र मधुमेह जस्ता रोग लाग्न सक्छ।

साथै, राम्रोसँग चपाउँदा पाचन प्रणालीमा भार कम हुन्छ र मुखको वरपरका मांसपेशीहरू बलियो हुन्छ।

कम्तिमा पनि २० मिनेटको हाराहारीमा बिस्तारै खाने गरौं।

 

व्यायामको कमीको कारणले मांसपेशिहरु घट्यो भने, Basal metabolism कम हुन गई, तौल बढ्ने सम्भावना बढी हुनेछ।

मांसपेशी र शरीरलाई तन्दुरुस्त कायम राख्न व्यायाम जारी राख्ने गरौं।

व्यायाम गर्ने अवसर कम भएका व्यक्तिहरुले, बजार जाँदा हिडेर जाने, लिफ्ट तथा इस्क्यालेटरको प्रयोग नगरी सकेसम्म भर्याङको प्रयोग गर्ने आदि जस्ता दैनिक जीवनमा थोरै मात्र भए पनि मिल्ने समयमा, अहिलेको भन्दा लगभग १० मिनेट बढि शरीर चलाउने गरौं।

 

निद्राले मानसिक र शारीरिक थकान हटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन भूमिका खेल्छ।

रोग प्रतिरोधात्मक क्षमता कायम राख्न, निद्राको समय सुरक्षित गर्न र निद्राको गुणस्तर सुधार गर्न आवश्यक छ।

सुत्नुअघि स्मार्टफोन चलाउने, टिभी हेर्ने, क्याफिन खाने तथा अल्कोहल पिउने बानी नगरौं  किनभने यसले तपाईंको निद्राको गुणस्तर घटाउँछ।

साथै, मनतातो पानीमा बस्ने जस्ता आफ्नै किसिमको आराम गर्ने तरिकाहरु पत्ता लगाई, तनावमुक्त जीवन बिताउने प्रयास गरौं।

यस अवसरमा, तपाईं हामी पनि आफ्नो दैनिक जीवनशैलीको बारेमा सोचेर हेर्ने होइन त?

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ