ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.213

2024.04.25[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【Fukuoka हिगासीकु हानाबी ताईखाई】

यस हप्ताको अन्त्यदेखि गोल्डेन वीक शुरु हुँदैछ। बाहिर घुमघाम गर्ने योजना भएका व्यक्तिहरू पनि धेरै हुनुहुन्छ होला। 

गोल्डेन विकको पहिलो दिन, २७ तारिक शनिबार आयोजना हुन गईरहेको, "Fukuoka हिगासीकु हानाबी ताईखाई" को बारेमा जानकारी लिएर आएकी छु।

आयोजना स्थल, फुकुओका सिटी, हिगासी वार्ड, खाशिहामाको समुन्द्री तट "मिशिमा ग्रीन बे वाक" हो। राति ७:३० बजेदेखि, लगभग ७,००० पटाकाहरु पड्काउने योजना रहेको छ। यो ३६० डिग्रीमा कहींबाट पनि हेर्न सकिने आतिशबाजी महोत्सव हो।

महोत्सव भनेपछि खानाका स्टलहरू हुने नै भयो! स्टलहरू तीन स्थानहरूमा हुनेछन्: आतिशबाजीको नजिक अनि हेर्नमा कुनै अवरोध नभएको "आइल्यान्ड सिटी गाइस्यु र्योकुचि" क्षेत्र।अनि अर्को स्थल हो, निःशुल्क हेर्न मिल्ने, शौचालय भएको र स्टलहरू धेरै भएको "खाशिहामा च्युओ कोउएन्"। 

त्यसतै, शुल्क तिरेर सिटमा बसेर हेर्ने ठाउँको नजिकै रहेको "खाशिहामा किता कोउएन्" मा पनि खानाका स्टलहरु उपलब्ध हुनेछन्। तर, यो क्षेत्र राजमार्गमा भएकोले आतिशबाजीको पूर्ण सीमा देख्न सक्नुहुन्न, त्यसैले अन्य दुई स्थानहरुबाट हेर्दा राम्रो हुन्छ।

आयोजना स्थलमा जानको लागि, "JR चिहाया स्टेशन" उपयुक्त हुन्छ। " JR खाशिहामा स्टेशन" बाटको मार्ग, "AEON MALLखाशि हामा" वरीपरीका सडकहरू भीडभाड हुन सक्छन् र फेरी घुमाउरो बाटो लिनुपर्ने पनि हुन सक्छ। यसैले, "JR चिहाया स्टेशन" बाट झरेर, निशुल्क आतिशबाजी हेर्न मिल्ने क्षेत्र, "खाशिहामा च्युओ कोउएन्" र "आइल्यान्ड सिटी गाइस्यु र्योकुचि" को बाटोतिर जानु बेस हुन्छ। पार्किङ स्थल उपलब्ध नभएकोले, कृपया सार्वजनिक यातायातको सुविधा प्रयोग गर्नुहोस्।

फुकुओकामा यस वर्षको पहिलो आतिशबाजी महोत्सव, गोल्डेन वीकको शरुवातमा भरपुर आनन्द लिनुहोस्!

 

 

Golden Weekबालबालिकाहरुको लागि विशेष छुट टिकट

गोल्डेन वीक अवधिभरि प्रयोग गर्न सकिने, बालबालिकाहरुको लागि विशेष छुट टिकटको बारेमा जानकारी लिएर आएकी छु।

शुरुमा, "JRक्युशु"। अप्रिल २७, शनिवारबाट मेको ६, सोमबारसम्मको अवधिमा, "कोदोमो बोउकेन् किप्पु" बिक्रीमाराखेको छ। यो JR क्युशुको लोकल ट्रेन र र्यापिड ट्रेनमा, १०० येनमा १ दिन अनलिमिटेड यात्रा गर्न मिल्ने टिकट हो। विशेष टिकट खरिद गर्नुभएमा, बुलेट ट्रेन र एक्सप्रेस ट्रेनमा पनि प्रयोग गर्न सक्नुहुनेछ।

यो टिकट खरिद गर्नका लागि, अघिल्लो दिनको राति ११ बजेसम्म खरीद गर्न आवश्यक छ, त्यहि दिन खरिद गर्न भने मिल्दैन। यो टिकट "JR क्यूशू इन्टरनेटो रेस्या योयाकु" र JR क्यूशूका प्रत्येक स्टेशनका आरक्षित सीट टिकट भेन्डिंग मेशिनमा खरिद गर्न सकिन्छ।

अर्को छ, "फुकुओका सिटी सबवे"। यहाँ पनि फुकुओका सिटी सबवे सम्पूर्ण लाइनहरुमा एक दिनको लागि १०० येनमा अनलिमिटेड रूपमा यात्रा गर्न मिल्ने एक दिनको यात्रा पास, "स्योउगाकुसेइ ह्याकु येन पासु" अर्थात् "प्राथमिक विद्यार्थी १०० येन पास"बेचिन्छ। यो पास प्रत्येक स्टेशनको टिकट काउन्टर र ग्राहक सेवा केन्द्रहरूमा त्यहि दिन खरिद गर्न सकिन्छ।

अन्तमा, " निशितेचुबस"। निशितेचुको सबै मार्गका बसहरू र विशेष बसहरूमा, जहाँसम्म यात्रा गरे पनि पटकको लागि ५० येन मात्र लाग्छ। नगद वा निमोका कार्ड दुवै प्रयोग गर्न सकिन्छ। झर्ने बेला चालकलाई "म प्राथमिक विद्यार्थी हुँ" भनेर ५० येन तिर्नु पर्छ।

यी तीनवटा टिकटहरू सबै "प्राथमिक विद्यार्थी" का लागि हुन्। 

अवश्य पनि यी टिकटहरूको उपयोग गरेर फुकुओका शहर घुम्न जानुहोस्।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ