ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.82

2021.10.21[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【प्रकाशित सामग्रीहरुको सम्पर्कमा आउने, पठन सप्ताह】

शान्त र आरामदायी शरद ऋतु पढ्नको लागी एकदम उपयुक्त मानिन्छ।

सन् १९४७ मा,  अमेरिकाको पठन सप्ताहलाई आधार मानेर, जापानमा पनि पठन सप्ताह शुरू गरिएको थियो। यसको प्रतिक्रिया राम्रो भएकोले अर्को बर्षबाट नोभेम्बर ३ को "सांस्कृतिक दिवस" लाई केन्द्रित गरि, दुई हप्ताको कार्यक्रमको रूपमा  पठन सप्ताह स्थापित भएको थियो। "उल्लू" लाई पठन सप्ताहको प्रतीक चिन्हको रूपमा लिईन्छ।

एक समय, ग्रीकको पौराणिक कथाहरुमा, उल्लूलाई सौन्दर्यको देवी एथेनाको दूत मानिन्थ्यो । उनी शिक्षा, कला, र बुद्धिका प्रमुख देवी थिईन्। उहिलेका ग्रीकहरुले बुद्धिमानी देखिने गोलो आँखा भई राम्रो अनुहार भएको उल्लूलाई बुद्धिको प्रतीकको रुपमा कदर गर्थे।

किताब पसलमा जाने समय नभएका व्यक्तिहरुले, फुकुओका सिटि इलेक्ट्रोनिक पुस्तकालयको प्रयोग गरेर हेर्दा कसो होला ? इन्टरनेटमा दर्ता गरेर, कम्प्यूटर, स्मार्टफोन, वा ट्याब्लेटमा, तपाईं आफूलाई मनपर्ने किताबहरु पढ्न सक्नुहुन्छ। पक्कै पनि यसको प्रयोग गरेर हेर्नु होला है।

 

【साईकल“  चलाउने नियम सम्बन्धि】

प्रायःजसो दैनिक रुपमा साईकल चलाउँछु भन्ने व्यक्तिहरु धेरै हुनुहुन्छ होला ।

के तपाईंहरुलाई साईकल चलाउने तरिका र नियमको बारेमा थाहा छ?

 

नयाँ कोरोनाभाइरसको प्रभावको कारण, सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहन प्रोत्साहन गर्ने साईकललाई, नियम पालन गरि चलाउने गरौँ।

 

जापानमा सैद्धान्तिक रूपमा साईकल, मोटर-बाटोको बायाँ पट्टिबाट चलाउनु पर्छI

सडक-पेटीमा पैदल यात्रीलाई प्राथमिकता दिनुपर्छ। सडक-पेटीबाट चलाउँदा मोटर-बाटो पट्टिको साइड भएर बिस्तारै चलाउनुपर्छ। 

राति नबिर्सिकन लाइट बाल्नुपर्छ।

साईकल सडकमा राखिएको पाईएमा, हटाइने हुनाले, साईकल पार्किंग स्थलमा पार्क गर्नुपर्छ।

दुई जना चढ्ने र समानान्तर रूपमा सँगसँगै साईकल चलाउन निषेध छ।

साथै, साईकलको हकमा पनि मादक पदार्थ सेवन गरी नचलाऔं।

छाता ओढेर चलाउने, मोबाइल फोन वा हेड फोन प्रयोग गरेर साईकल चलाउने गर्दा, दुर्घटनाको खतरा हुने भएकोले यस्ता कार्यहरु नगरौं।

 

यस अतिरिक्त, गत वर्षको अक्टोबरदेखि, फुकुओका शहरमा साईकल चालकहरूले साईकल  बीमामा अनिवार्य सामेल हुनु पर्ने गरिएको छ। साईकल दुर्घटना भयो भने, तपाईंले दुर्घटनामा परेको व्यक्तिलाई धेरै पैसा तिर्नुपर्ने हुन्छ।

तर, यदि तपाईंसँग साइकल बीमा छ भने, उदाहरणका लागि, तपाईं साइकल चलाउँदै गर्दा, यदि कसैलाई चोटपटक लाग्न गएमा, तपाईंको पक्षबाट औषधि उपचारको लागि भुक्तानी गरिनेछ।

हुन सक्ने दुर्घटनाको क्षतिपुर्तीबाट बच्न, साइकल बीमा लिऔं।

अवश्य पनि, ट्राफिक नियमहरूको पालना गर्ने गरौं!

साईकल चलाउँदा हतार नगरी ध्यानपूर्वक चलाउने गरौं।

 

【Share Cycle Service - Charichari को परिचय】

 फुकुओका शहरले Share Cycle Service अर्थात् Charichari (च्यारीच्यारी) शुरु गरेको छ।

अहिले साइकल पोर्टहरु, शहरभित्र ३७० भन्दा बढी छन्, र प्रयोग गर्न सकिने एरिया पनि विस्तार गरिएको छ।

Charichari को app प्रयोग गरी साइकल भाँडामा लिनुहोस् र प्रयोग गरिसकेपछि, गन्तव्यको नजिकको पोर्टमा फिर्ता गर्नुहोस्।

शुल्क, प्रति मिनेट ६ येन हो। जस्तै कि, यदि तपाईं १० मिनेटमा तेन्जिनबाट हाकाता स्टेशनमा पुग्नुभयो भने, तपाईंले ६० येनमा साइकल प्रयोग गर्न सक्नुहुनेछ। नहिच्किचाईकन यसको प्रयोग गरेर हेर्नुहोस्I

 

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ