ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.18

2020.07.30[Thu] 09:00

समुदाय(コミュニティ) , प्राकृतिक प्रकोप(災害)

【५०० येनको खाजा】

तपाईंहरुले फुकुओकामा One Coin Lunch अर्थात् ५00 येनमा खाजाको बारेमा सुन्नु भएको छ?

हजुर, फुकुओकामा ५०० येनमा विभिन्न थरीका खाजाहरु पाईन्छ! मलाई मन पर्ने चाहीं ईटालीयन रेस्टुरेन्ट, साईजेरिया हो। त्यहाँ बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्मको लागि, ५०० येनको Lunch Menu भनेर हुन्छ। अनि मेनुबाट ९ थरीका खाजाहरुमध्ये आफूलाई मनपर्ने छान्न सकिन्छ। यदि तपाईंहरु पनि रेस्टुरेन्टमा बसेर आरामले ५०० येनमा खाजा खाने विचारमा हुनुहुन्छ भने, पक्कै पनि One Coin Lunch को मज्जा लिएर हेर्नुहोस् है!

 

भारी वर्षात र नयाँ कोरोनाभाईरसको संक्रमणलाई ध्यानमा राखी सावधानीपूर्वक आश्रय लिने सम्बन्धि

जापानमा टाइफुन आउँछ। त्यसैले भारी वर्षाको बेला अपनाउनुपर्ने सावधानीहरुको बारेमा अग्रिम जानकारी राख्ने गरौँ।

फुकुओका शहरको वेबसाइटमा गएर खतरा संकेत नक्सा र प्रकोप रोकथाम सम्बन्धि जानकारी प्राप्त गर्न सक्नुहुन्छ।

‘Fukuoka Support for Foreigners’ को साइटमा खोज्नु भएमा, विदेशीहरूलाई लक्षित, विपद् रोकथाम सम्बन्धि जानकारीहरु पाउन सक्नुहुन्छI सामान्यदेखि महत्वपूर्ण जानकारीहरु संकलन गर्नुहोस्।

जीवन रक्षाको लागि, कहाँ भाग्दा उचित होला भनेर अग्रिम योजना बनाएर राखौं।

सबैभन्दा पहिले, बाढीको जोखिम नक्शा र भूक्षयको जोखिम नक्शा हेरेर, तपाईँ आफू बसोबास गर्ने ठाउँमा कतिको खतरा छ भन्ने बारे अग्रिम रूपमा जानकारी राख्नु होला।

यदि तपाईंको घर सुरक्षित क्षेत्रमा छ वा तपाईंको कोठा अपार्टमेन्टको माथिल्लो तलामा सुरक्षित छ भने,

विपद् आए पनि, घरबाट बाहिर ननिस्कनुहोस् र टिभी मार्फत ताजा जानकारी निरन्तर लिने गर्नुहोस्।

आश्रय लिन जाँदा सकेसम्म तलका सामानहरु लिएर जानुहोस्I

पानी, खाना, कपडा, सरसफाईका सामानहरु, फ्ल्यास लाइट, औषधि, मास्क र थर्मामिटर।

कम्तिमा ३ दिनको लागि पुग्ने गरि तयारी गर्नुहोस्।

यदि तपाईंले यी सामानहरुलाई झोलामा तयार गरि राख्नु भयो भने, प्रकोप आईपर्दा तुरुन्तै भाग्न सक्नुहुनेछ।

यस वर्ष, नयाँ कोरोनाभाईरसको संक्रमणलाई ध्यानमा राखी सावधानी हुनु आवश्यक छ।

कृपया आश्रय स्थलमा मास्क लगाउने, हात धुने र खोक्दा शिष्टाचारपूर्वक गर्ने गरौँ।

प्रकोप सम्बन्धि आपतकालिन जानकारीका लागि, विदेशीहरूलाई लक्षित फुकुओका शहरको आधिकारिक फेसबुक पेज, ‘Global Community Fukuoka’ वा Fukuoka City International Foundation को फेसबुक, फुकुओका शहरको विपद् रोकथाम ईमेल, LINE, विपद् रोकथाम app ‘चुनागारू प्लस’ बाट पनि सूचित गरिने हुनाले कृपया प्रयोग गरेर हेर्नुहोलाI

 

विशेष तथा निश्चित अनुदान रकमको बारेमा जानकारी दिने कार्यक्रमको बारेमा

Life in Fukuoka को विशेष एपिसोडमा ५ मिनेटमा बुझ्न सजिलो हुने गरि, ‘विशेष तथा निश्चित अनुदान रकम’ सम्बन्धि जानकारी दिने कार्यक्रम, हाल LOVE FM मा प्रसारण भईरहेको छI

नेपाली भाषामा हरेक हप्ताको विहिबार दिउँसो १:५३ बाट सुन्न सक्नुहुन्छI

LOVE FM को होमपेजबाट podcast मा गएर तपाईको मिल्ने समयमा पनि सुन्न सक्नुहुन्छI

अवश्य होमपेज हेर्नुहोलाI

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ