ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.185

2023.10.12[Thu] 09:00

जापानी भाषा(日本語) , अन्य(その他)

【FUKUOKA OKTOBER FEST 2023】

यस वर्ष पनि, जर्मनबाट प्रत्यक्ष आयात गरीएको बियर फेस्टिवल, " FUKUOKA OKTOBER FEST 2023," अक्टोबर २० शुक्रबारदेखि अक्टोबर २९ आइतबारसम्म १० दिनसम्म सञ्चालन हुने भएको छ। जर्मनको प्रतिनिधित्व गर्ने ब्यारेल ड्राफ्ट बियरहरू, बियर ककटेलहरू, सॉसेज आदि जर्मनी व्यञ्जनहरू लगायत परम्परागत Bavarian संगीतको आनन्द पनि लिन सक्नुहुन्छ। 

आयोजना स्थल, Nakasu Kawabata स्टेशनबाट मात्र ३ मिनेट पैदल दूरीमा रहेको, "Reisen पार्क" हो। प्रवेश नि: शुल्क हो, तर बियर चाहिं deposit system बाट लिनुपर्छ। स्फूर्तिदायी शरद ऋतुको आकाशमुनि एक हातमा बियर, अनि संगीत, नाचगानको १० दिनको माहोल! सफ्ट ड्रिंक, अल्कोहल रहित बियर र वाइन पनि उपलब्ध हुनेछन्।

तपाईहरु पनि समय भए, यस FUKUOKA OKTOBER FEST 2023 को आनन्द लिनुहोला।

 

 

फुकुओका शहरको सूचना

"२१औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?

नोभेम्बर ३, शुक्रबार सार्वजनिक बिदाको दिन १ बजेदेखि "२१औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता” आयोजना हुन गईरहेको छ। यस प्रतियोगितामा, फुकुओका महानगर क्षेत्रमा रहेका जापानी भाषा कक्षाका विद्यार्थी र जापानी भाषा स्कूलका विद्यार्थीहरूले, फुकुओकामा बसेर महसुस गरेको कुरा वा भविष्यको सपना आदि, स्वतन्त्र रुपले कुनै विषयवस्तुमा जापानी भाषामा वक्तव्य दिनेछन्।

आयोजना स्थल, फुकुओका शहर चुओ वार्डको रोप्पोनमाचुमा रहेको Fukuoka City Science Museum को Science Hall हो। प्रवेश नि: शुल्क भएकोले बुकिंग गर्न आवश्यक छैन।

प्रतियोगीहरुको दैनिक अध्यनको प्रतिफल सुन्न, अवश्य आउनुहोला।

सोधपुछको लागि, सार्वजनिक हित समावेशी फाउन्डेसन, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिताको कार्य समितिको फोन नम्बर ०९२-२६२-१७४४ मा सम्पर्क राख्नुहोस्।

 

 

“‘विदेशीहरुका लागि आप्रवासनआवास र राष्ट्रियता सम्बन्धि परामर्श’ को बारेमा जानकारी

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

 

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्शका लागि, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कल स्वीकार गरिन्छ।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ