ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.173

2023.07.20[Thu] 09:00

अन्य(その他)

【फुकुओका शहरमा समर रिट्री】

यस हप्ता, फुकुओका शहरमा "समर रिट्रीट्स" को बारेमा जानकारी दिन गईरहेकी छु। 

गर्मी पूर्ण रुपमा लागि नै सक्यो। यस सप्ताहन्तदेखि धेरैजसो विद्यालयहरूमा गर्मी बिदा  शुरु हुन लागिरहेको छ। 

सक्रिय रुपमा गर्मी बिदा बिताउन रुचाउनुहुन्छ भने, उपत्यका र झरनाहरूको भ्रमण गर्नुभए कसो होला? 

फुकुओका शहरको सावारा वार्डमा, "नोगोची केइकोकु" नामको उपत्यका छ जहाँ, ७०० मिटरको शान्त हरियाली हिड्ने बाटो छ र नदीको किनारमा टहल्ने मात्र नभई, कम गहिराईको पानीमा खेल्न अनि सजिलै प्रकृतिको आनन्द लिन सक्नुहुन्छ।

यस अतिरिक्त, सावारा वार्डमा "खारान् नो ताकी" र "बोजुगा ताकी" जस्ता झरनाहरू पनि भएकाले घुमघामका लागि अति उपयुक्त छ।

यदि शितल भवनभित्र समय बिताउन रुचाउनु हुन्छ भने, संग्राहलय र विज्ञान संग्राहलयहरू भ्रमण गर्नु राम्रो उपाय हुनसक्छ!

चुओ वार्डको रोप्पोनमाचुमा स्थित "Fukuoka City Science Museum" मा, बालबालिकाहरूले स्वतन्त्र भई अनुसन्धान गर्न सकिने उपयुक्त Science workshop हरू हुनुका साथै Planetarium मा स्वचालित श्रब्यदृश्यहरु पनि उपलब्ध छन्। 

यसबाहेक, सावारा वार्डको मोमोचीहामा स्थित "Fukuoka City Museum" मा अगस्ट ३१ सम्म एनिमे Ghibli को प्रदर्शनी हुनेछ।

यस बाहेक, पुस्तकालयहरुमा जानु पनि राम्रो छनोट हुनसक्छ!

फुकुओका शहरका विभिन्न वार्डहरूमा पुस्तकालयहरू छन्, त्यसमध्ये Fukuoka City Museum को छेउमा अवस्थित "Fukuoka City Central Library" सबैभन्दा ठूलो पुस्तकालय हो जहाँ, करिब १२ लाख भन्दा बढी पुस्तकहरू उपलब्ध छन्।

खामिशिबाई (पेपर थिएटर) र चलचित्रको मनोरञ्जन लिन सकिने मिनी थिएटर जस्ता कार्यक्रमहरूको साथसाथै रेस्टुरेन्ट, अध्ययन कोठा, र छलफल कोठा पनि उपलब्ध हुने भएकाले त्यहाँ आरामदायी दिन बिताउन सक्नुहुन्छ।

फुकुओका शहरको होमपेजमा, फुकुओका शहरभित्रका संग्राहलयहरूको विस्तृत जानकारी राखिएका छन्। तपाईंहरु पनि घुमघामको लागि आवश्यक जानकारीहरुका लागि "Fukuoka City Museum" भनि खोजेर हेर्नुहोस् है।

 

 

फुकुओका शहरको सूचना

कानूनी परामर्श र मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्शको परिचय

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” प्रदान गर्दैआईरहेको छ।

 “कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र, तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, परामर्श अवधि ४५ मिनेट, बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ। भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोला।

मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला। 

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

बुकिंग, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म स्वीकार गरिन्छ। विस्तृत जानकारीका लागि, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क गर्नुहोला।

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ