ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.171

2023.07.06[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【तानाबाता】

जापानमा जुलाईको ७ तारिख तानाबाता मनाईन्छ। 

तानाबाता जापानको एक लोकप्रिय परम्परा हो, जहाँ "तान्जाकु" भनिने कागजका रंगीन स्ट्रिपहरू बाँसका हाँगाहरूमा झुण्ड्याइन्छन्। बाल्यकालदेखि नै यो मनाउँदै आएको हुन्छ।

लोककथा अनुसार दम्पती रहेका दुई ताराहरू, कारणवश, आमानोगावा नदिद्वारा छुट्टिनु परेको र वर्षमा एक पटक यस दिनमा मात्र भेट्न अनुमति दिईएको हुन्छ। तर यस दिन पानी पर्यो भने, दुई प्रेमीहरूको भेट हुन पाउँदैन भन्ने कथन छ। तान्जाकुमा आफ्ना ईच्छाहरू लेखेर झुण्ड्याउँने गर्नाले इच्छा पूरा हुन्छ भन्ने भनाई रहेको छ।

यस दिन विभिन्न क्षेत्रहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छन्। फुकुओका शहरको फुकुओका टावरमा तानाबाता उत्सवको अनुभव गर्न सक्नुहुन्छ! जुलाई ७सम्म, फुकुओका टावरमा तानाबाता मात्रको विशेष इल्लुमिनेशन हुने, साथै, तान्जाकुमा आफ्ना ईच्छाहरू लेखेर झुण्ड्याउन पनि सक्नुहुन्छ। जुलाई ५देखि ७ सम्मको  ३दिनको लागि"Ennichi" नामक परम्परागत मेला पनि लाग्नेछ। पक्कै पनि उत्सबको आनन्द लिनुहोस्!

 

 

【फुकुओका शहरको सूचना】

नेच्च्युस्योउ अर्थात् लू लाग्नुबाट सावधान हुनुहोस् !

अत्याधिक गर्मीको बेला, गाह्रो ब्यायाम वा तीव्र शारीरिक क्रियाकलापका कारण शरीरले आफ्नो तापक्रम ठीकसँग नियन्त्रण गर्न सक्दैन, जसले गर्दा शरीरमा पानी र नुनको मात्रामा असन्तुलन पैदा भई नेच्च्युस्योउ अर्थात् लू लाग्छ नेच्च्युस्योउका लक्षणहरूमा टाउको दुख्ने, चक्कर आउने, वाकवाकी लाग्ने र झाडापखाला लाग्ने जस्ता हुन्।

यस्तो बेलामा शरीरलाई चिसो पार्ने तथा नुन पानी पिउने गर्नुपर्दछ। यदि यस्तो गर्दा पनि निको नभएमा, ११९ मा फोन गरेर एम्बुलेन्स बोलाउनुहोस्। विशेष गरी, वर्षा मौसमको अन्त्य पछि उच्चतम तापक्रम बढ्दै जाने जुलाईदेखि, नेच्च्युस्योउ सम्बन्धित आपतकालीन केसहरू धेरै हुनेगरेको पाइन्छ।

यस मौसममा अत्याधिक गर्मी र आर्द्रतालाई शरीरले सामान्य रुपमा लिन नसक्ने हुनाले कृपया सावधान रहनुहोला।

नेच्च्युस्योउ, घर बाहिर मात्र नभई, घर भित्र पनि हुन सक्छ।

साथै, गर्मीमा मास्क लगाउनाले अझ धेरै गर्मीको जोखिम बढ्छ, त्यसैले सावधानी अपनाउनु आवश्यक छ। 

अब केही नेच्च्युस्योउबाट बच्ने उपायहरु बताउन गईरहेकी छु

  • तरल पदार्थ बारम्बार पिउने गर्नुहोस्। 

नियमित रूपमा जौको चियार पानी पिउने, व्यायाम गर्दा Sports drinks पिउनु पनि उपयुक्त मानिन्छ। पसिना आउँदा, नुनपानी पिएर शरीरमा पानीको मात्रा कायम राखौं।

  • टोपी वा छाताको प्रयोग गरेर प्रत्यक्ष घामबाट जोगौं।

  • कोठाको तापक्रम २८ डिग्री सेल्सियसभन्दा कम राख्न बुद्धिमानीपूर्वक air conditioner र फ्यानको प्रयोग गरौँ।

  • Cooling sheet Ice pillow जस्ता चिसो पार्ने सामानहरूको प्रयोग गरौं।

  • सन्तुलित आहार रपर्याप्त निद्रा लिएर, स्वस्थ्य शारीरिक अवस्थालाई कायम राखौं। 

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ