福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2021.10.07[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健)
【कफी दिवस】
अक्टोबर १ कफी दिवस थियो। तपाईंहरु दिनमा कति कप कफी पिउनुहुन्छ होला?
जापानमा पहिलो पटक कफी आएको, सन् १६४० को दशकतिर हो। त्यस समयमा नागासाकी शहर सबैभन्दा प्रभावशाली थियो।
बिदेशीहरुलाई प्रतिबन्दित त्यस समयको जापानमा, संसारसँग अन्तरक्रिया गर्नको लागी अनुमति दिइएको Dejima मा नियुक्त एक डच व्यापारीद्वारा कफी ल्याइएको थियो भनिन्छ।
जे होस्, त्यस समयमा, कफी पिउन सक्षमहरु भनेको, उनीहरुसँग सम्पर्कमा आउन सक्ने अधिकारी, व्यापारी, दोभाषे, गेईस्या आदि सिमित व्यक्तिहरु मात्र थिए।
हालका वर्षहरुमा, कफीको स्वास्थ्य समारोह सम्बन्धित संसारभर विभिन्न संगठनहरुद्वारा अनुसन्धानहरु प्रस्तुत गरि, मिडियाको माध्यमबाट कफीलाई विश्वसामु पेश गरिंदैआईरहेको छ। साथै, यस किसिमको जानकारी इन्टरनेटबाट पनि पाउन सकिन्छ।
फुकुओका शहरमा आकर्षक क्याफेहरु धेरै छन्। विश्व च्याम्पियनशिपमा पुरस्कार विजेता Barista पनि छ । यदि रुचि भएमा, एक पटक भ्रमण गरेर हेर्दा कसो होला!
【नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना】
फुकुओका शहरले फुकुओका शहरमा आवासीय कार्ड प्राप्त गर्नुभएका १२ वर्षका वा सोभन्दा माथिका व्यक्तिहरुलाई नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना पठाइएको छl
खोप कुपन, प्रारम्भिक चिकित्सा जाँच फाराम आदि जस्ता कागजपत्रहरु पठाइएको हुनाले जाँच गर्नुहोलाl
फुकुओका शहरमा बसोबास गर्दैहुनुभए पनि अहिलेसम्म प्राप्त गर्नुभएको छैन भने, कार्यक्रमको अन्त्यमा दिइने फोन नम्बरमा सम्पर्क गर्नुहोस्।
अहिले बस्दै गर्नुभएको ठेगाना यदि आवासीय कार्डमा भन्दा फरक भएका व्यक्तिहरुले, सर्वप्रथम वार्ड अफिसमा ठेगाना परिवर्तनको प्रकिया शुरु गर्नका लागि अनुरोध गर्दछौं।
सूचना प्राप्त गर्नुभएपछि, बुकिंग गरेर खोप केन्द्रमा खोप लगाउन सक्नुहुन्छ।
खोपको संख्या २ पटक हो, ३ हप्तादेखि ४ हप्ताको अन्तरालमा दिईन्छ।
खोप दिने स्थानहरु, स्थानीय क्लिनिक, प्रत्येक वार्डको सामूहिक खोप केन्द्र, र च्यूओउ फुतोउ क्रूज़ सेन्टर हुन्।
तेन्जिनबाट नि:शुल्क शटल बसबाट च्यूओउ फुतोउ क्रूज़ सेन्टरमा जान सक्नुहुन्छ।
साथै फुकुओका सिमीन् ब्योउइन्मा राती १०:०० देखि भोलिपल्ट बिहान ८:०० सम्म मध्यरातमा खोप लगाउन सकिन्छ।
खोप लिन इच्छुक व्यक्तिहरुले कृपया अग्रिम बुकिंग गर्नुहोस्।
बुकिंग साइटबाट एकै समयमा दोस्रो पटकको खोपको लागि पनि बुकिंग गर्नुहोस्।
साइटबाट बुकिंग गर्न गाह्रो भएमा, फोन मार्फत पनि बुकिंग गर्न सक्नुहुन्छ।
बुकिंगका लागि खोप कुपन नम्बरको आवश्यक पर्छ।
खोपको दिनमा; खोप कुपन, प्रारम्भिक चिकित्सा जाँच फाराम एक प्रति र पहिचान खुल्ने कागजातको आवश्यक पर्दछ।
खोप कुपन टाँस्न मिल्ने सीलको रुपमा छ। तर सील नउप्काइकन सील सहितको कागज खोप केन्द्रमा लिएर जानुहोस्।
१ पटकको खोपमा १ प्रति प्रारम्भिक चिकित्सा जाँच फाराम प्रयोग गरिन्छ। कृपया खोप निर्देशिका पढेर, अग्रिम रुपमा भरेर लैजानुहोस्।
कृपया पाखुरामा खोप लगाउन सजिलो हुने किसिमका पहिरन लगाउनुहोस्।
मास्क पक्कै पनि लगाउनुहोस्।
तयार गरिएको खोप सोही दिन प्रयोग गर्नुपर्छ।
त्यसैले शारीरिक अवस्था कमजोर भएको बेला बाहेक, सो दिनमा रद्द नगरिदिन हुन अनुरोध गर्दछौं।
खोप लगाउँदा खेरि, खोप कुपनको कागजमा सील टाँसीदिन्छ।
यो खोप लगाउन सकिएको हो भनेर देखाउने महत्वपूर्ण कागज भएकोले नहराउने गरि राख्नुहोला।
खोप लिन सकिने चिकित्सा संस्थानहरू आदिको, ताजा जानकारीहरुका लागि फुकुओका शहरको होमपेज हेर्नुहोला।
खोप सम्बन्धि परामर्श लिन सकिने फोन नम्बर रहेको छ, ०९२-२६०-८४०५
हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।
अंग्रेजी, चाइनिज, कोरियाली आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।
साथै, खोप निःशुल्क हो। पैसा माग्ने, फोन वा ईमेलबाट व्यक्तिगत विवरण सोध्ने जस्ता गतिविधिहरु पाईएको हुनाले सावधान रहनुहोस्।