ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.73

2021.08.19[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【सुइका अर्थात् खर्बुजा】

सुइका अर्थात् खर्बुजा, तपाईंहरु प्रायःजसोले खानुभएको नै छ होला। खर्बुजामा पोटाशियम, क्याल्शियम, म्याग्नीशियम, इत्यादि भई पौष्टिक हुन्छ। यसमा अलिकति नुन छर्केर खानुभयो भने स्पोर्ट्स ड्रिंकको जस्तो काम गर्छ।

यस फलमा पानीको मात्रा धेरै हुने भएकोले, अत्याधिक गर्मीबाट बच्नका लागि पनि उपयुक्त हुन्छ।

प्रति १०० ग्राममा ३७ क्यालोरी, भन्नाले कम क्यालोरी हुनु यसको अर्को बिशेषता हो।

क्युशुमा यसको मुख्य उत्पादन क्षेत्र, कुमामोटो प्रान्त हो, जसले जापानकै सबैभन्दा ठूलो उत्पादन खण्डलाई ओगटेको छ।

फुकुओका शहरमा चाहिं निशी वार्डमा मात्र खर्बुजाको उत्पादन गरिंदै आईरहेको छ।

ब्रान्डको नाम "किताजाकी सुइका" हो।

यदि तपाईंहरुले सुपरमार्केटमा खर्बुजा देख्नुभएमा, उत्पादन क्षेत्रहरूको तुलना गरेर हर्न पनि रोचक हुन सक्ला कि।

 

【मापसे ड्राइभिंग उन्मूलनको बारेमा】

तपाईंहरुलाई, २००६ अगस्त २५ मा फुकुओका शहरमा घटेको, मदिरा सेवन सवारी दुर्घटनाको बारेमा थाहा छ?

हिगासी वार्डको "उमि नो नाका मिची ओहाशी" मा, मापसे गरि सवारी चलाउँदा, तीन जना बच्चाहरुको ज्यान जाने गरि दुर्घटना भएको यस वर्षबाट १५ वर्ष पुग्यो।

फुकुओका शहरमा, यस दुर्घटनाको कारण, मादक पदार्थ सेवन गरि सवारी चलाउन रोक्नका लागि विभिन्न प्रयासहरू हुँदै आईरहेको छ।

तर पनि यो अहिलेसम्म रोकिएको छैन। २०२० मा, मापसेका कारण ३१ वटा दुर्घटनाहरू भएको पाईन्छ।

मदिरा सेवन गरि गाडी चलाउनु अपराध हो।

  • मदिराको सेवन गरेपछि कार, मोपेड, वा साइकल नचलाउनुहोस्।
  • मदिराको सेवन गरेको व्यक्तिलाई कार भाँडामा दिने वा गाडी चलाउने व्यक्तिलाई रक्सी पिउन प्रोत्साहन नगर्नुहोस्।
  • साथै, सवारी चालकले मदिराको सेवन गरेको थाहा पाउँदा, त्यस कारमा नचढ्नुहोस्।

 

मदिरा पिएर गाडी चलाउनु भयो भने, ट्राफिक दुर्घटनाको जोखिम बढाउँछ।

उदाहरण को लागी,

  • सुरक्षित ड्राइभिंगका लागि आवश्यक पर्ने ध्यान र निर्णय कम हुनेछ।
  • अत्यधिक गति र खतरा पत्ता लगाउन ढिलाइ हुनेछ।
  • ब्रेक पेडल थिच्न लामो समय लिनेछ।

 

साथै, निम्न किसिमको गाडी मदिरा सेवन गरि चलाएको हुन सक्छ। यदि देख्नु भएमा, कृपया ११० नम्बरमा फोन गर्नुहोस्।

  • ट्राफिक लाइट रोकिंदा, गाडी स्टप लाइनभन्दा केही अगाडि रोकिन्दा
  • ट्राफिक लाइट हरियो भएता पनि, गाडी सजिलैसँग शुरु नहुँदा
  • अस्वभाविक लाग्दा
  • गाडी अचानक शुरू र अचानक गति दोहोर्याउँदा

 

"मदिरा सेवन गरि गाडी नचलाऔं, चलाउन नदिऔं, गर्नेलाई माफी नदिऔं र बेवास्ता नगरौं"  भन्ने दृढ इच्छाशक्ति प्रत्येक व्यक्तिमा हुनु आवश्यक छ।

सबैले मापसे ड्राइभिंगलाई बन्द गरौँ!

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ