ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.69

2021.07.22[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , समुदाय(コミュニティ)

【पानीको राम्रोसँग उपयोग】

अगस्ट आउनै लाग्यो। अगस्ट, बर्षको सबैभन्दा बढी पानी प्रयोग हुने महिना हो।

हामीहरु प्राय:, पानीको असुविधा बिना प्रत्येक दिन बिताउँदै आइरहेकोले, धारा खोल्नासाथ जुन बेला पनि चाहे जति पानी आउँछ भनेर सोच्न सजिलो छ।

यद्यपि, यस पानीलाई पानीको स्रोतबाट धारासम्म सुरक्षित रूपमा पुर्याउन धेरै मानिसहरूको श्रम लागेको हुन्छ। पानी भनेको सीमित र अमूल्य स्रोत हो भन्ने कुरा राम्रोसँग बुझ्न जरुरी छ।

त्यस्तै, पानी खेर नफाली आवश्यक जति मात्र पानी उपयोग गरेर पानीको बचत गर्ने प्रयास महत्वपूर्ण छ।

जापानका शहरहरूमध्येमा, प्रति व्यक्ति कम पानी प्रयोग गर्ने शहर, वास्तवमा फुकुओका हो।

अवश्य तपाईंहरुले पनि दैनिक रुपमा पानीको प्रयोग समझदारीका साथ गर्नुहोला।

सबैभन्दा पहिले, दैनिक जीवनमा तुरून्त पानीको बचत गर्न सक्ने तरिकाहरूको परिचय दिनेछु।

१. मुख धुँदा, दाँत माझ्दा, वाशबेसिन वा कपको प्रयोग गर्नुहोस्, धारा खोली नराखौं।

२. खाना बनाउने क्रममा, पानीको बहावलाई मिलाएर, तरकारी र भाँडा पखाल्ने गरौं।

३. ओफुरोको समयमा, शावरको धारालाई बन्द गर्नुहोस्, धेरै मात्रामा तातो पानी प्रयोग नगर्नुहोस्।

सिमित स्रोतको प्रभावकारी ढंगले उपयोग गरौं।

 

【प्रसाशनिक वकिलद्वारा परामर्श सम्बन्धि】

आवासको स्थिति र आवास अवधिको बारेमा, तपाईले केही कुरा नबुझेको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो, प्रसाशनिक वकिलद्वारा तपाईंको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।

 

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैनI

अन्य भाषाहरुमा परामर्श गर्न चाहने महानुभावहरुले, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

 

गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्I

 

विस्तृत जानकारी वा बुकिंग गर्ने तरिकाका लागि, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज तथा फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क गर्नुहोलाI

 

नयाँ कोरोनाभाइरस संक्रमण रोक्नको लागि, यहाँ आउनुहुँदा सकेसम्म मास्क लगाउन र हात धुनका लागि अनुरोध गर्दछौंI

 

【Mail Magazine को परिचय】

“Fukuoka City International Foundation Mail Magazine” भन्नाले, फुकुओकाको अन्तर्राष्ट्रिय अन्तर्क्रिया, अन्तर्राष्ट्रिय सहयोगको बारेमा, हरेक महिना अंग्रेजी र जापानी भाषामा समाचार दिने Mail Magazine हो।

वेबसाइटबाट सजिलै यस सेवाको लागि आवेदन दिन सक्ने भएकोले, कृपया "fcif" भनि खोजेर प्रयोग गर्नुहोला।

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

कोरोनाभाइरस संक्रमणको सम्बन्धमा, प्रत्येक व्यक्तिले संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ