ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.68

2021.07.15[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【विश्व इमोजी दिवस】

जुलाई १७, विश्व इमोजी दिवस हो। ईमोजी सम्बन्धित वेबसाइट "Emojipedia" को आयोजक Jeremy Burge ले सन् २०१४ मा स्थापना गरेका थिए। यसलाई अंग्रेजीमा "World Emoji Day" भनिन्छ। यो मिति चाहिं, धेरैजसो स्मार्टफोनको क्यालेन्डरको ईमोजीले जुलाई १७ लाई प्रतिनिधित्व गर्दै आईरहेको तथ्यबाट देखिन्छ।

"इमोजी" जापानमा सिर्जना भएको हो र सन् १९९९ मा NTT Docomo को मोबाइल फोन सेवा      "i-mode" मा राखिएको थियो। त्यस समयमा, इमोजी "शब्द" नभई "चित्रण" हो, भनेर आलोचनाहरू पनि भएका थिए तर पछि गएर, विशेष गरी युवाहरू माझ अत्यन्तै लोकप्रिय भई फैलियो।

अनि, २०१० मा अन्तर्राष्ट्रिय क्यारेक्टर कोड "युनिकोड" मा नयाँ थपियो। फलस्वरुप, मोबाइल फोनको इमोजी, कम्प्युटर र स्मार्टफोन आदिमा पनि प्रयोग गर्न मिल्ने भई, अहिले "इमोजी" को रूपमा विश्वभरका मानिसहरूले प्रयोग गरिरहेका छन्।

इमोजी, भाषा नबुझे पनि कुराकानी सहज बनाउने भएकोले, विश्वव्यापी भाषा हो भन्दा पनि ठिकै होला।

 

【अत्याधिक गर्मीदेखि सावधान हुनुहोस् !】

अत्याधिक गर्मीको बेला, गर्मीबढ्ने जस्ता गाह्रो ब्यायाम गरेमा शरीरले तापक्रम नियन्त्रण गर्न सक्दैन, अनि शरीरमा पानी र नुनको मात्रामा असन्तुलन पैदा हुन्छI

अत्याधिक गर्मीले गर्दा टाउको दुख्ने, चक्कर आउने, बान्ता हुने र झाडापखाला लाग्ने जस्ता लक्षणहरु देखा पर्न सक्छ। यस्तो बेलामा शरीरलाई  चिसो पार्ने तथा नुन पानी पिउने गर्नुपर्दछI यदि यस्तो गर्दा नी ठिक नभएमा, ११९ मा फोन गरेर एम्बुलेन्स बोलाउनुहोस्।

विशेष गरि, यो जुलाईमा चर्को घामसँगै बढेको अत्याधिक गर्मीका कारण आपतकालीन वाहकहरु धेरै परिचालन गरिन्छ।

यस्तो अत्याधिक गर्मी र आर्द्रतालाई शरीरले सामान्य रुपमा लिन नसक्ने हुनाले कृपया सावधान हुनुहोलाI

नयाँ कोरोनाभाइरसको संक्रमणलाई फैलिन नदिन, घरमा बिताउने समय बढी रहेको छI

अत्याधिक गर्मीको असर, घर बाहिर मात्र नभई, घर भित्र पनि हुन सक्छ।

गर्मीमा मास्क लगाउँदा अझ धेरै गर्मीको प्रभाब बढ्ने सम्भावना हुन्छ, कृपया सतर्क हुनुहोस्I

〇अब केही अत्याधिक गर्मीबाट बच्ने उपायहरु बताउन गईरहेकी छुI

・ध्यानपूर्वक शरीरमा पानीको आपूर्ति गर्ने गरौं।

शरीरमा पानीको आपूर्तिको लागि आफ्नो दैनिकीमा चिया र पानीको सक्दो धेरै प्रयोग गरौंI

व्यायाम गर्दा Sports drinks पिउनु पनि उपयुक्त मानिन्छI

यदि तपाईको धेरै पसिना निस्किरहेको छ भने, नुन र पानी पिएर शरीरमा पानीको मात्रा कायम राखौंI

・टोपी वा छाताको प्रयोग गरि, प्रत्यक्ष सूर्यको किरणबाट जोगौं।

・कोठाको तापक्रम २८ डिग्री भन्दा बढी नबनाउनका लागि, air conditioner र फ्यान राम्रोसँग प्रयोग गर्ने गरौँI

・Cooling sheet र Ice pillow जस्ता चिसो पार्ने सामानहरूको प्रयोग गरौं।

・सन्तुलित आहार र राम्रो निद्रा लिएर, स्वस्थ्य शारीरिक अवस्थालाई कायम राखौं।

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

कोरोनाभाइरस संक्रमणको सम्बन्धमा, प्रत्येक व्यक्तिले संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ