ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.65

2021.06.24[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , समुदाय(コミュニティ) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【आजिसाई】

वर्षायामको प्रतिनिधित्व गर्ने फूल, आजिसाई; अंग्रेजीमा हाइड्रेंजिया भनिन्छ, नेपालीमा चै के भन्छ थाहा भएन। यो फूल, घमाइलो दिनमा मात्र होइन, वर्षामा फूल फक्क्रेको दृश्य पनि राम्रो र सुन्दर हुन्छ।

 

आजकल पश्चिमी हाइड्रेंजिया र गाकु हाइड्रेंजिया दुबै विविध प्रकार, आकार र रंगहरूमा पाईन्छन्।

हाइड्रेंजिया हुर्काउने तरिका सरल छ, तर अर्को वर्ष पनि फूलहरू फूलाउनका लागि भने विशेष कटाईको आवश्यक पर्छ। एक पटक रोपेपछि, लामो समयसम्म आनन्द लिन सकिने लामो समय बाँच्ने यो बोट, प्रत्येक वर्ष फूलहरूको संख्या बढ्दै गएर शानदार बोट बन्दछ।

 

फुकुओका शहरमा पनि, Uminonakamichi Seaside Park, Hakozaki Shrine, Maizuru Park, Fukuoka City Botanical Garden आदि स्थानहरुमा यस समयमा सुन्दर हाइड्रेंजियाहरू देख्न सक्नुहुन्छ।

 

【ट्यूटर प्रोग्रामको परिचय】

नर्सरी वा स्कूलको पत्रहरू आदि जापानी भाषामा भई, बिषयवस्तु बुझ्न समस्या भईरहेका विदेशीहरूको सहयोग गर्ने "ट्यूटर प्रोग्राम" को परिचय दिनेछु।

फाउण्डेसनमा रजिस्टर भएका स्वयंसेवकहरु प्रत्यक्ष वान् टु वान् ट्यूटर बन्न सक्नुहुन्छ, र अनलाइनमा नर्सरी वा स्कूलको ह्यान्डआउट वा पत्र, त्यस्तै वार्ड अफिसबाट आएको हुलाकपत्र आदिको सरल अनुवादका लागि अनुरोध र दैनिक जीवन सम्बन्धि सल्लाह माग्न सक्नुहुन्छ।

ट्यूटरसँग अनलाइन कुराकानी गर्न सक्ने, फुकुओका शहरमा बस्नु हुने विदेशी महानुभावहरु, जो कोहीले पनि यसको प्रयोग गर्न सक्नुहुन्छ।

सामान्यतयाः, प्रयोग शुल्क प्रति महिना ५०० येन जति लाग्छ, तर यस वर्ष नोभेम्बरसम्म निःशुल्क हो।

प्रयोग गर्ने तरिका आदि बिस्तृत जानकारीका लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजमा हेर्नुहोला वा फोन मार्फत् सम्पर्क गर्नुहोला। फोन नम्बर ०९२-२६२-१७९९।

सोमबारदेखि शुक्रबार, बिहान पौने ९ देखि बेलुका ६ बजेसम्म सेवा उपलब्ध छI अवश्य सम्पर्क गर्नुहोलाI

 

【कानूनी परामर्श र मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्शको परिचय】

फुकुओकामा बस्दै गरेका विदेशीहरूका लागि “कानूनी परामर्श” र “मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श” को जानकारी रहेको छ I

“कानूनी परामर्श”, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र, तेस्रो बुधबारको दिउँसो १ बजे देखि ४ बजेसम्म, परामर्श अवधि ४५ मिनेट, वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छI

भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोलाI

मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी वा जापानी भाषामा प्रदान गरिंदै आइरहेको छ।

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकाले ढुक्क भएर परामर्श लिनुहोस्I

बुकिंग वा विस्तृत जानकारीका लागि, फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क गर्नुहोलाI

सोमबारदेखि शुक्रबार, बिहान पौने ९ देखि बेलुका ६ बजेसम्म सेवा उपलब्ध छI

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ