ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.50

2021.03.11[Thu] 09:00

आवास(住宅) , नियम तथा आचरण(ルール・マナー)

वसन्तको हुरीबतासबाट सावधान रहनुहोस्

वसन्त ऋतु भनेपछि शान्त छविको अनुभूति हुन्छ, तर यस समयमा अस्थिर मौसम हुनेभएकोले मौसममा अचानक हुने परिवर्तनहरूदेखि सावधान रहनु जरुरी हुन्छ।

उत्तरबाट आउने चिसो हावा र दक्षिणबाटको न्यानो हावा ठोकेर, कम दबाव उत्पन्न भई आउने "वसन्त हुरीबतास", जसलाई अंग्रेजीमा May Storm भनिन्छ।

समुन्द्री आँधी जस्तै आँधीबेहरी, बर्फबारी र समुद्री किनारमा उच्च छालहरू देखा पर्न सक्दछन्।

मौसमको सूचनालाई नियमित रुपमा ध्यान दिएर, विशेष गरी मौसम अचानक बिग्रने अनुमान गरिएको अवस्थामा बाहिर नजाने, आँधीबेहरीको तयारी गर्ने आदि, समुन्द्री आँधीको बेला जत्तिकै सतर्क रहनुहोला।

साथै, वसन्तको शुरुवातमा, बिहान र रातको बीचको तापक्रममा फरक हुने भएकोले ध्यान दिनुहोला !

 

 

【बसाईसराई फोहर सम्बन्धि】

वसन्त ऋतुमा स्थान परिवर्तनको कारण फर्निचर र घरेलू उपकरण जस्ता ठूला आकारको फोहर बढ्ने समय हो।

यस पटक, ठूला आकारको फोहर फाल्ने तरिका सम्बन्धि जानकारी दिनेछु।

 

सर्वप्रथम, ठूला आकारको फोहोर रिसेप्शन सेन्टरमा आवेदन दिने तरिकाको बारेमा।

फोन, इन्टरनेट वा फुकुओका सिटीको LINE मार्फत अग्रिम आवेदन र प्रशोधन टिकट खरीद गर्नुहोस्।

फोहर संकलन, आवेदन दिएको मितिबाट एक हप्ता लाग्नेछ।

संकलनको दिनमा बिहान ८:३० सम्म तोकिएको ठाउँमा राख्नुहोस्।

ठूला आकारको फोहोर रिसेप्शन सेन्टरको फोन नम्बर ०९२-७३१-११५३ ।

इन्टरनेट र LINE मार्फत २४ घण्टा जहिलेपनि आवेदन दिन सकिने भएकोले सुविधाजनक छ।

 

दोस्रो, आफैंले प्रशोधन स्थानमा लिएर जाने तरिकाको बारेमा।

फोन वा इन्टरनेट मार्फत अग्रिम आवेदन दिएपछि, फोहरलाई प्रशोधन स्थानमा लैजानुहोस्।

शुल्क प्रत्येक १० किलोग्रामका लागि १४० येन हो।

आफैंले प्रशोधन स्थानमा फोहोर लैजानका लागि रिसेप्शन सेन्टरको फोन नम्बर ०९२-४३३-८२३४ ।

 

टिभी, फ्रिज, फ्रिजर, वाशिंग मेशिन, कपडा ड्रायर, र एयर कन्डिशनरहरू घरायसी सामान प्रशोधन कानुन बमोजिम फोहर फाल्ने विधि तोकिएको छ। नयाँ जडान गर्ने बेला लगिदिनुहुन्छ कि भनेर खरिद गरेको पसल वा शहरभित्रको Best Denki वा Yamada Denki मा सोध्नुहोला। रिसाइकल शुल्क, संकलन र यातायात शुल्क आवश्यक पर्छ।

 

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

कोरोनाभाइरस संक्रमणको सम्बन्धमा, प्रत्येक व्यक्तिले संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ