福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2021.02.18[Thu] 09:00
जापानी भाषा(日本語)
【Usui】
Nijyu-shi-sekki को Usui भनेको, हिउँ वर्षामा परिणत भई, बरफ पानीमा पग्लिने, र न्यानो भएर आउने, यस वर्ष फेब्रुअरी १८ देखिको समयलाई दर्शाउँछ।
पग्लिएको पानी धानको खेत र बालीनालीमा बगी, अन्तमा वसन्तको पाइलाहरू सुन्न थाल्छन्। प्राचीन कालदेखि Usui लाई खेती शुरु गर्ने समय निर्धारण गर्न गाईडको रूपमा प्रयोग हुँदै आएको छ।
यस समयमा ओट्टर भनिने जनावरले बरफ पग्लेको नदीमा पनि माछा समात्ने गर्छ। माछालाई मुखमा च्यापेर ल्याई नदी किनारमा राखी, फेरि पानीमा माछा मार्न जारी गर्छ। त्यसरी राखिएको माछाहरु, चाडपर्वमा पुर्वजहरुका लागि राखिने खानाको प्रबन्धसँग मिल्दोजुल्दो भएकोले, Dassai भनेर बोलाउन थालियो। धेरै पुस्तकहरू लाइनमा राखी अनुसन्धान गर्ने व्यक्तिलाई जनाउने शब्दको रूपमा पनि प्रयोग हुन्छ।
【जापानी भाषा सिक्ने साइटको बारेमा】
यस पटक, सांस्कृतिक मामिला सम्बन्धी एजेन्सीको जापानी भाषा सिक्ने साइट, "चुनागारु हिरोगारू निहोंगोदेनो कुरासी" को परिचय रहेको छ।
यो साइट, विदेशीहरू आफैंले जापानी भाषा सिक्नको लागि डिजाइन गरिएको हो।
जापानी भाषामा कुराकानी गर्न र दैनिक जीवनमा आवश्यक पर्ने जापानी भाषा सिक्ने उद्देश्यका साथ अध्ययन गर्न सक्नुहुन्छ।
हाल, जापानी, अंग्रेजी, चाईनिज, पोर्तुगाली, स्पेनिश, र भियतनामी गरि ६ भाषाहरूमा उपलब्ध छन् तर, २०२२ मार्चसम्ममा १४ भाषाहरू राख्ने योजना रहेको छ। लेभल १ देखि ३ सम्म राखिएकोले, तपाईं आफ्नो लेभल अनुसार अध्ययन गर्न सक्नुहुन्छ।
जस्तै, "किनमेल गर्दा", "अस्पताल जाँदा", "कुरियर सेवा प्रयोग गर्दा", र "रेस्टुरेन्टमा जाँदा" जस्ता दैनिक जीवनमा प्रयोग हुने जापानी भाषा भिडियोमार्फत सिक्न सक्नुहुन्छ।
उपलब्ध भाषा र रोमाजी सबटाईटल हेर्दै, भिडियोबाट अर्थ र उच्चारण दुबै अध्ययन गर्न सक्नुहुन्छ।
भिडियोमा सबै लाइनहरूको सूची पनि देख्न सक्नुहुन्छ।
भिडियोमा आउने महत्त्वपूर्ण शब्द र वाक्यांशहरू सिक्न सक्नुहुन्छ।
प्रत्येक दृश्यमा लिइएको कुरासँग सम्बन्धित शब्दहरू र दृश्यसँग सम्बन्धित उपयोगी जानकारीहरू देख्न सक्नुहुन्छ। जापानी भाषाको विशेषता आदिको सामान्य ज्ञान पनि पोष्ट गरिएको छ।
नजिकै जापानी भाषाको कक्षा नभएका व्यक्तिहरूलाई पनि आफैंले सजिलैसँग अध्ययन गर्न सक्ने साइट हो।
"चुनागारु हिरोगारू निहोंगोदेनो कुरासी" मा खोजेर अवश्य आफ्नो रुचि अनुसारको जापानी भाषा सिक्न शुरू गर्नुहोस्।
फुकुओका शहरको वेबसाइट "Support for Foreign Residents" मा पनि लिंक राखिएको छ।
【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】
कोरोनाभाइरस संक्रमणको सम्बन्धमा, प्रत्येक व्यक्तिले संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI