ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.46

2021.02.11[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【भ्यालेन्टाईन डे अर्थात् प्रेम दिवस】

तपाईंहरु प्रायःजसोलाई थाहा नै होला, फेब्रुअरी १४ तारिक भनेपछि भ्यालेन्टाईन डे अर्थात् प्रेम दिवस!

तेस्रो शताब्दीको रोममा सैनिकहरूको विवाहमा प्रतिबन्ध थियो। गोप्य रूपमा विवाह सम्पन्न गराईरहेका भ्यालेन्टाईन पादरीलाई, अपराधको आरोप लगाई मत्युदण्ड दिइएको थियो। त्यस घटना पश्चात्, भ्यालेन्टाईन डेलाई प्रेमको प्रस्ताव राख्ने दिन भन्ने गरिन्छ। जापानमा, यस दिन सामान्यतया चकलेट  दिने गरिन्छI

जापानको मौलिक संस्कृतिको रूपमा, यस दिन अफिसको हाकिम वा सहकर्मीलाई दिईने Giri-choko, त्यस्तै समान लिंगको साथीहरूसँग आदानप्रदान गरिने Tomo-choko बाहेक, आफ्नै लागि महँगो केहि सामान खरीद गर्ने Goho-bi-choko को प्रचलन देखिन्छ।

यस अतिरिक्त, आजकल कुकिज र म्याकारुन उपहारको रुपमा दिने मानिसहरु पनि बढेर आएको देखिन्छ।

भ्यालेन्टाइन डे नजिकिन्दै आउँदा शहरका मिठाई पसलहरू व्यस्त हुने गर्छन्।

पछिल्लो समयमा हाम्रो देश नेपालमा पनि यो दिवस मनाउनेहरुको सङ्ख्या बढ्दो छ।

 

【Fukuoka City Medical Interpreting Call Center】

फुकुओका शहरमा, विदेशीहरूलाई चिकित्सा संस्थामा जान सजिलो हुने गरि,  Fukuoka City Medical Interpreting Call Center को स्थापना गरिएको छ।

अस्पतालमा डाक्टरसँग कुरा गर्दा, त्यस्तै अस्पतालमा वा अस्पतालको औषधालयमा सिफारिस गरिएको औषधि पाउँदा आदिमा, कल सेन्टर मार्फत टेलिफोन अनुवादन सेवा प्रदान गरिन्छI यो सेवा २४ घण्टा हरेक दिन प्रयोग गर्न सक्नुहुन्छI

फोन नम्बर रहेको छ, ०९२-७३३-५४२९, फेरि एकपटक, ०९२-७३३-५४२९।

१८ भाषाहरुमा उपलब्ध यो सेवा निशुल्क होI

यद्यपि, कल महसुल भने फोन गर्ने व्यक्तिले व्यहोर्नु पर्छ।

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

कोरोनाभाइरस संक्रमणको सम्बन्धमा, प्रत्येक व्यक्तिले संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ