福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2021.02.04[Thu] 09:00
रोजगार तथा उद्यमशीलता(就業・起業)
【उमे अर्थात् जापानी आलुबखडा】
तपाईंले कहिल्यै उमे अर्थात् जापानी आलुबखडाको फूल देख्नु भएको छ?
उमे चीनको स्थानीय रुपमा पाइने रूख हो, र बर्षको यस समयमा, यसले केही हरियाली र फूलहरूका साथै बगैंचामा सुगन्धित फूलहरू फुलाउँदछ।
करीब ५०० प्रकारका उमेहरू पाइन्छन् जुन सजावट, खाद्य र जापानी जीवनसँग जोडिएको छ।
तपाईंले आलुबखडाको फलबाट बनेको Umeboshi र रक्सी Umeshu सुन्नु भएको छ ?
आलुबखडा फलफूलहरुमध्येमा पौष्टिक तत्वका लागि सर्वोतम मानिन्छ, र यसमा प्रोटीन, भिटामिन, क्याल्सियम, पोटाशियम, फोस्फोरस र फलाम जस्ता तत्वहरू प्रशस्त समावेश भएको हुन्छ।
साथै उमेलाई फुकुओका प्रान्तको फूलको रूपमा लिईन्छI तपाईंले उमेको रुख, Dazaifu-tenmanguu, Hirao-sanso, abura-yama आदि धेरै स्थानहरुमा, देख्न सक्नुहुन्छ।
【काम सम्बन्धि परामर्श लिने ठाउँ】
तपाईंलाई कामको कुरामा केही समस्या परेको छ कि?
"काम शुरु गर्नु अघि, के-के कुराहरु चेक गर्नु पर्ने थाहा छैन", "काम छोड्नलाई भनिएको छ", "तलब राम्ररी नपाएको", "कामको सम्बन्धमा चिन्तित," आदि जस्ता कम्पनी र काम सम्बन्धि बिषयमा, Fukuoka Labor Affairs Office मा, निःशुल्क परामर्श लिन सक्नुहुन्छ।
परामर्शको बिषय सम्बन्धमा, गोपनीयता कडा पालन गर्ने भएकाले ढुक्क भएर परामर्श लिनुहोस्I
विदेशी भाषामा परामर्श लिन चाहनुहुन्छ भने, कृपया "Fukuoka Multilingual Assistance and Information Center(Fukuoka MAIC)" मा फोन गर्नुहोस्।
१९ भाषाहरुमा उपलब्ध यो सेवाको लागि फोन नम्बर रहेको छ, ०१२०-२७९-९०६,
फेरि एकपटक, ०१२०-२७९-९०६ ।
वर्षको अन्त्य र नयाँ वर्षका बिदाका बाहेक, हरेक दिन बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म परामर्श सेवा प्रदान गर्दछौं।
【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】
कोरोनाभाइरस संक्रमणको सम्बन्धमा, प्रत्येक व्यक्तिले संक्रमण रोकथामका आधारभूत उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI