ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.37

2020.12.10[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , आवास(住宅) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【Winter Solstice】 को परिचय

डिसेम्बर २१, “नीज्युउसिसेक्की” भन्ने पुरानो क्यालेन्डरमध्ये एक, “तोउजी” अर्थात् Winter Solstice हो I Winter Solstice, वर्षको सबैभन्दा छोटो दिन होI

जापानमा Winter Solstice को दिन,  ओफुरोमा युजु अर्थात् Citron लाई राखेर, “युजुयु तातो पानी” मा बस्ने, फर्सी खाने चलन छ।

भनिन्छ, युजुयुले रक्त संचारमा सुधार गर्ने, शरीरलाई न्यानो पार्ने, र चिसो हुनबाट बचाउने काम गर्दछI

साथै, फर्सीले छाला र श्लेष्म झिल्ली (mucous membranes)लाई सशक्त बनाउने, संक्रामक रोगहरूको प्रतिरोध क्षमता सुधार गर्ने भएकोले, Winter Solstice मा फर्सी खायो भने चिसो लाग्दैन भन्ने भनाई जापानमा लामो समयदेखि रही आएको छ।

कोरोना भाइरस र इन्फ्लूएन्जालाई हराउन, उचित पोषण लिई, वर्षको अन्त्य पार गरौँI

 

【फाउन्डेशन परामर्श काउण्टर】

Fukuoka City Consultation Support Center for Foreign Residents मा, आवास सम्बन्धी प्रकिया, रोजगार, चिकित्सा, कल्याण, प्रसुति, शिशु स्याहार, र बाल शिक्षा जस्ता जनजीवन सम्बन्धित बिषयमा परामर्शका लागि, उपयुक्त सम्पर्क तथा अन्य जानकारीहरु प्रदान गर्दै आईरहेको छ। फोन नम्बर, ०९२-२६२-१७९९, फेरि एकपटक, ०९२-२६२-१७९९ I

सम्पर्क समय ८:४५ देखि ६:०० बजेसम्मI शनिवार, आइतवार, सार्वजनिक बिदा, वर्षको अन्त्य र नयाँ वर्षको दिन बिदा हुन्छ।

परामर्श सेवा १९ भाषाहरूमा प्रदान गरिन्छI

 

【क्रिसमस मार्केट】

फुकुओका क्रिसमस मार्केट, हरेक वर्ष नोभेम्बरदेखि डिसेम्बरको क्रिसमसको दिनसम्म, हाकाता र तेन्जिनमा एकै साथ आयोजना भइरहेको फुकुओका शहरको हिउँदको एक परम्परा हो।

जापानको एकमध्ये सबैभन्दा ठूलो यस क्रिसमस मार्केटमा, खुला परिसरमा धेरै स्टलहरू पंक्तिबद्ध राखिएका हुन्छन्, जहाँ क्रिसमसको झिलिमिली बत्ती वा सजावटका साथसाथै, तातो वाइन, तातो चकलेट आदि जस्ता न्यानो पेय र स्वादिष्ट खानाको मजा लिने महोत्सव हो।

यस वर्ष, “Hakata Ekimae Hiroba”, “Fukuoka Shiyakushomae Fureai Hiroba”, “EL Gala Passage Hiroba" र “IMS Square”, गरि चार स्थानहरुमा.आयोजना गरिनेछन्I

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

आजकल, कोरोनाभाइरस संक्रमण बिरूद्ध कदम चाले पछि, मानिसहरुको सम्पर्कमा आउने गतिबिधि अलि बढेर आएको छ, तर अबबाट क्रिसमस, नयाँ वर्ष पूर्वसंध्या, र नयाँ वर्ष जस्ता मौसमी कार्यक्रमहरूमा भेला हुने अवसरहरू बढ्नेछन्। मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI प्रत्येक व्यक्तिले, आधारभूत संक्रमण रोकथामका उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ