福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2020.08.13[Thu] 09:00
अन्य(その他)
【ओबोन” को परिचय】
जापानमा अगस्त महिनालाई “ओबोन” महिनाको रुपमा मनाईन्छ I
के तपाईले “ओबोन” को बारेमा सुन्नुभएको छ?
“ओबोन” जापानी बौद्ध परम्परा हो र जापानमा यो मानिन्छ कि “आफ्ना बितिसकेका पुर्खाहरुको आत्मा यो समयमा आफ्नो घर फर्कन्छन्I” परिवार र आफन्तहरू आफ्ना पुर्खाहरूप्रति कृतज्ञताको लागि र सम्पूर्ण व्यक्तिहरूको सुरक्षित र शान्तिमय जीवनको लागि भेला भएर प्रार्थना गर्ने गर्दछन्।
यसो विचार गर्दा, मलाई चै जापानको ओबोन र हाम्रो नेपालको गाईजात्रा मूल्यमान्यतामा उस्तै लाग्छI
ओबोनको अवधि सामान्यतया अगस्त १३ देखि १६ तारिखसम्म, चार दिनको हुन्छ। टोकियो र कान्तोकेन्को क्षेत्रहरूमा भने, ओबोन, जुलाई १३ देखि १६ तारिकसम्म मनाईन्छ।
यस बेला, प्रायजसो घर फर्कनेहरुको घुइँचोको बारेमा धेरै समाचारहरु देख्न र सुन्न पाउँर्छौंI
【फुकुओका शहरले जारी गरेको जानकारीमुलक सूचनाहरु】
“विशेष तथा निश्चित अनुदान रकमको बारेमा”
जापान सरकारबाट पाउने १ लाख येनको राहत रकमको लागि आवेदन बुझाउने अन्तिम म्याद अगस्त ३१ तारिख हो।
२०२० अप्रिल २७ सम्ममा जापानको आधारभूत बसोबास दर्ता पुस्तिकामा दर्ता भएकाहरुलाई, फुकुओका शहरले आवेदन फारम पठाएको छI
कृपया अन्तिम म्यादसम्ममा आवेदन बुझाउनुहोलाI नबुझेको केही कुरा भएमा, फोनमार्फत परामर्श लिन सक्नुहुन्छI
फोन नम्बर, ०९२-४०१-०८२६ I
सोमबार देखि शुक्रवार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म, अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली भाषामा परामर्श लिन सक्नुहुन्छ।
यस अतिरिक्त, Life in Fukuoka को विशेष एपिसोडमा ५ मिनेटमा बुझ्न सजिलो हुने गरि, ‘विशेष तथा निश्चित अनुदान रकम’ सम्बन्धि जानकारी दिने कार्यक्रम, हाल LOVE FM मा प्रसारण भईरहेको छI
नेपाली भाषामा हरेक हप्ताको विहिबार दिउँसो १:५३ बाट सुन्न सक्नुहुन्छI
“वार्ड कार्यालयको बहुभाषीकरण तथा टेलिफोन दोभाषे सेवा”
निवासी कार्ड, बसाईसराई प्रक्रिया, राष्ट्रिय स्वास्थ्य बीमा, कर तथा फोहोर फ्याँक्ने आदिको बारेमा, यदि तपाईंले केहि कुरा बुझ्नु भएन भने, टेलिफोन दोभाषे माध्यमबाट, वार्ड अफिसमा सोध्न सक्नुहुन्छ।
अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली भाषा लगायत १८ वटा भाषाहरुमा परामर्श लिन सक्नुहुन्छ। फोन नम्बर, ०९२-७५३-६११३I
यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।
त्यसपछि, आफू बस्ने वार्ड अनि तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।
उदाहरण को लागी, तपाईं यसरी भन्न सक्नुहुन्छ, “म हिगाशी वार्डमा बस्दैछु। म आय प्रमाण पत्र चाहन्छु।"
यति भन्नु भएपछि, हिगाशी वार्ड अफिसमा आय प्रमाणपत्रको जिम्मा लिने मुख्य व्यक्तिलाई फोन सम्पर्क हुन्छ, र त्यहि बेला, दोभाषे, त्यो मुख्य व्यक्ति र तपाईं, तीन जनाबीच कुराकानी गर्न मिल्छ।
यस अतिरिक्त, तपाईं वार्ड अफिसमा जानुहुँदा पनि, फोनको प्रयोग गरि दोभाषे सुबिधा लिन सक्ने हुनाले कृपया यसलाई ढुक्क भएर प्रयोग गर्नुहोस्।