ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.90

2021.12.16[Thu] 09:00

आवास(住宅) , अन्य(その他) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【टेलिफोन स्थापना दिवस】

डिसेम्बर १६ "टेलिफोन स्थापना दिवस" हो। सन् १८९० मा आजकै दिन जापानमा पहिलो टेलिफोन सेवा शुरु गरिएको थियो।

आजकल, टेलिफोन सेवा जापानभरि र संसारको कुनै पनि ठाउँमा कल गर्नको लागि सुविधाजनक छ, तर प्रारम्भमा टेलिफोन सेवा टोकियो र योकोहामामा मात्रै थियो। यसबाहेक, ग्राहक संख्या पनि लगभग २०० घरधुरी जति, एकदम कम थियो भनिन्छ।

धेरै पहिलेका दिनहरूमा, कल गर्न, टेलिफोन एक्सचेन्ज स्टेशन मार्फत टेलिफोन अपरेटरले कल लाइनमा सम्पर्क गराईदिने एनालग प्रणाली थियो।

कल गर्ने व्यक्तिले पहिले अपरेटरलाई आफूले कुरा गर्न चाहेको व्यक्तिको नम्बर भनेर, त्यसपछि फोन काटेर कलको लागि पर्खिनु पर्थ्यो।

त्यसयता १३० वर्षभन्दा बढी समय बितिसकेको छ र अहिले एउटा अर्कै टेलिफोनको युग बनिसकेको छ।

फोनमा कुरा गर्नुको अतिरिक्त, इन्टरनेट मार्फत संसारसँग जोड्न सक्नुहुन्छ।

यहाँ टेलिफोन सम्बन्धित केही रोचक जानकारीहरू छन्।

टेलिफोनको फ्रिक्वेन्सी ०.३-३.४Khz हो, जुन मानिसहरूले राम्रोसँग आवाज सुन्न सक्ने दायरा हो।

अर्को शब्दमा, फोनमा अन्य फ्रिक्वेन्सीको आवाज सुन्न सकिँदैन।

उदाहरणका लागि, सिकाडा, सुजुमुशी, क्रिकेट जस्ता किराहरुको आवाज, त्यस्तै विन्ड चाइमको ध्वनि उच्च फ्रिक्वेन्सीमा हुने भएकोले सुन्न सकिन्दैन।

 

 

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

【‘अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि आवास- परिवारिक कोठा’ सम्बन्धि आवेदन जानकारी】

फुकुओका शहर क्षेत्र भित्रको विश्वविद्यालय र स्नातकमा भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागी, अन्तर्राष्ट्रिय विद्यार्थी परिवारिक कोठामा सर्न चाहानेहरुको आवेदन लिईदैछौं।

सर्नको लागी विद्यार्थीको योग्यता, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको गतिविधिहरुमा सक्रिय रूपमा भाग लिन सक्ने र सहयोग गर्न सक्ने हुनुपर्छ। बस्न पाउने अवधि, बसेको मितिबाट २ बर्ष हो। यस पटकको आवेदनमा, एक्लै बस्न पनि सम्भव छ।

आवेदनको निर्देशनहरु आदि अधिक जानकारीको लागी, कृपया "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन" को होमपेजमा हेर्न वा ईमेल (dorm@fcif.or.jp) मा सम्पर्क गर्नुहोला।

 

 

【‘आउनुहोस्, हेर्नुहोस् र आनन्द लिनुहोस् थाइल्याण्डको आकर्षणहरु’ - मा सहभागी हुनुहुन्न?】

जनवरी ८, शनिबारमा आयोजित हुन गई रहेको "आउनुहोस्, हेर्नुहोस् र आनन्द लिनुहोस् थाइल्याण्डको आकर्षणहरु" कार्यक्रममा, फुकुओकामा अध्ययन गरिरहेका थाई विद्यार्थीहरूबाट यात्रामा प्रयोग हुने थाई भाषा सिक्न तथा थाईल्याण्डको पर्यटन बोर्ड फुकुओका कार्यालयको व्यक्तिद्वारा थाइल्याण्डको आकर्षणहरुको बारेमा सुनेर, थाइल्याण्डको यात्रा गरेको महसुस गर्न सक्नुहुन्छ।

स्वतन्त्र रूपले यात्रा गर्न सक्ने समयको लागि तयारी गरि हेर्दा कसो होला?

सहभागी हुन अग्रिम आवेदन आवश्यक छ।

आवेदन तरिका जस्ता विवरणहरूको लागि कृपया "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन" को होमपेजमा हेर्नुहोस्।

थाइल्याण्ड मन पराउने वा कुनै दिन थाइल्याण्ड जान चाहनुहुने महानुभावहरु, पक्कै पनि सहभागी हुनुहोला!

 

 

【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको वर्षको समाप्ति र नयाँ वर्षको बिदाको सूचना】

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, डिसेम्बर २९ बुधबारदेखि जनवरी ३ सोमबारसम्म ६ दिनको लागि बन्द रहनेछ। नयाँ वर्ष जनवरी ४ मंगलबार ८:४५ देखि खुल्नेछI

अग्रिम बुकिंगद्वारा गरिने विदेशीहरूका लागि नि:शुल्क कानुनी परामर्श, जनवरी १ शनिबार बन्द रहनेछ। अर्को आयोजना जनवरी १९, बुधवार हुनेछ।

अग्रिम बुकिंग बिना प्रयोग गर्न सकिने प्रसाशनिक वकिलद्वारासँगको परामर्श, जनवरी ९ आईतबार आयोजना हुनेछI

विस्तृत जानकारीका लागि, फोन नम्बर ०९२-२६२-१७९९I यस अतिरिक्त, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको वेबसाइटमा हेर्नुहोलाI

फुकुओकामा बस्नु हुने सबै विदेशीहरुको आरामदायी जीवनयापनका लागि, मुख्य संवाहकको रुपमा, बिभिन्न जानकारी तथा सहयोग प्रदान गर्दै जान चाहान्छौँI

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ