ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.86

2021.11.18[Thu] 09:00

आवास(住宅) , अन्य(その他)

【कोसमस फूल】

जीवनयापन गर्न आरामदायक यस शरद ऋतुमा, शहरमा मात्र नभई प्रकृतिलाई छुने पर्यटकीय स्थलहरुको पनि आनन्द लिन सक्नुहुन्छ। फुकुओकाको प्रत्येक क्षेत्रहरुमा शरद ऋतुका फूलहरू र कोसमसहरू फुलिरहेका छन्।

कोसमस फूल, गुलाबी र सेतो रंग बाहेक गाढा रातो, पहेंलो र सुन्तला रङहरूका साथ हरेक बर्ष रङ्गीन बन्दै गईरहेको छ। यदि घमाइलो र राम्रो हावायुक्त ठाउँ भएमा, कम माटोमा पनि यो फूल फूल्ने गरेको देखिन्छ।

फुकुओका शहरबाट पुग्न सकिने कोसमस फूलका लागि केहि प्रसिद्ध स्थलहरु भन्न गईरहेकीछु।

ट्रेनबाट सजिलै जान सकिने, समुद्री हावाको आनन्द महसुस गर्न सकिने लोकप्रिय घुमघामको स्थल हो, Umino-nakamichi-kaihin-kohen । यस समय ट्युलिप, नेमोफिला, गुलाफ र तोरीको फूल आदि विभिन्न फूलहरू विशाल क्षेत्रमा फुलिरहेका छन्।

अर्को स्थल छ, Fukuoka City Meino-hama बाट ferry मार्फत लगभग १० मिनेटमा पुग्न सकिने रिसोर्ट जस्तो टापु, Nokono-shima । Nokono-shima-island-park  मा चेरी, तोरीको फूल र कोसमस आदि मौसमी फूलहरुको साथसाथै समुद्रको आनन्द एकै साथ लिन सकिने रमणीय स्थलको रूपमा चिनिन्छ।

तपाईंहरु पनि बिदाको दिन आफ्नो परिवार तथा साथीहरुसँग यी पार्कहरुमा घुमघाम गर्न जानुहोला।

 

 

यस पटक फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना रहेको छ।

【‘अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि आवास- परिवारिक कोठा’ सम्बन्धि आवेदन जानकारी】

फुकुओका शहर क्षेत्र भित्रको विश्वविद्यालय र स्नातकमा भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागी, अन्तर्राष्ट्रिय विद्यार्थी परिवारिक कोठामा सर्न चाहानेहरुको आवेदन लिईदैछौं।

 

सर्नको लागी विद्यार्थीको योग्यता, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको गतिविधिहरुमा सक्रिय रूपमा भाग लिन सक्ने र सहयोग गर्न सक्ने हुनुपर्छ।

बस्न पाउने अवधि, बसेको मितिबाट २ बर्ष हो।

यस पटकको आवेदनमा, एक्लै बस्न पनि सम्भव छ।

 

आवेदनको निर्देशनहरु आदि अधिक जानकारीको लागी, कृपया "फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन" को होमपेजमा हेर्न वा ईमेल (dorm@fcif.or.jp) मा सम्पर्क गर्नुहोला।

 

【प्रसाशनिक वकिलद्वारा परामर्श सम्बन्धि】

आवासको स्थिति र आवास अवधिको बारेमा, तपाईंले केही कुरा नबुझेको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।

हरेक महिनाको दोस्रो आइतबारको दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ। काउन्टर दिउँसो ३:३० बजेसम्म खुल्ला रहनेछ।

 

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैनI

अन्य भाषाहरुमा परामर्श गर्न चाहने महानुभावहरुले, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।

गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्I

 

विस्तृत जानकारीका लागि, फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क गर्नुहोलाI

सोमबारदेखि शुक्रबार ८:४५ देखि १८:०० सम्म कल स्वीकार गरिन्छ I

 

नयाँ कोरोनाभाइरस संक्रमण रोक्नको लागि, यहाँ आउनुहुँदा सकेसम्म मास्क लगाउन र हात धुनका लागि अनुरोध गर्दछौंI

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ