ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.41

2021.01.07[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【बालिक दिवस】

जनवरीको दोस्रो सोमबार, ‘सेईजिन् नो हि’ अर्थात् ‘बालिक दिवस’ को सार्वजनिक बिदा हो।

बालिक भएको महसुस गरेर, आफ्नै खुट्टामा बाँच्न प्रयास गर्ने युवायुवतीहरुलाई शुभकामना दिएर मनाउने, प्रोत्साहन दिने यो दिनको मुख्य उद्देश्य हो।

प्रत्येक नगरपालिकामा बालिक समारोह, २० बर्ष उमेर पुगेका महिला-पुरुषहरूलाई आमन्त्रित गरेर गरिन्छ।

यस वर्ष नयाँ कोरोना भाइरसको प्रभावको कारण, रद्द हुने वा केही स्थानीय सरकारले यसलाई एकै चोटी नगरिकन  छुट्टाछुट्टै समयमा आयोजना गर्न पनि सक्दछन्।

यस समारोहमा, पुरुषहरूले सूट र महिलाहरूले किमोनो लगाउनेको संख्या धेरै हुन्छ, तर बिभिन्न पात्रको कोस्प्ले वा धेरै उज्याला पोशाक लगाएका युवायुवतीहरु पनि हुन्छन्।

त्यस्तै १० बर्ष उमेरका बच्चाहरूको लागि, ‘नि बुन् नो इची सेईजिन् सिकी’ मनाउने प्राथमिक विद्यालयहरूको संख्या बढ्दो छ।

नेपालमा १८ वर्ष पुगेपछि वयस्क मानिन्छ नि है? तर हाम्रोमा, जापानमा जस्तो स्थानीय सरकारको तर्फबाट बालिकहरुलाई शुभकामना दिएर मनाउने कुनै कार्यक्रम छ र ? मलाई चै छैन जस्तो लाग्छ, तपाईंलाई थाहा भए पक्कै जानकारी दिनुहोला है!

 

【नोरोभाइरसदेखि सावधान !】

जाडोमा, नोरोभाइरसको कारण वान्ता हुने, पखाला हुने, पेट दुख्ने र बान्ता आउला जस्तो हुने  समस्या बढी हुन्छ।

यो भाइरस शक्तिशाली हुन्छ र थोरै मात्रामा शरीरमा प्रवेश गरे पनि संक्रमित हुन्छ।

भाइरस हात वा खानाद्वारा शरीरमा प्रवेश भई, यसले पखाला, वाकवाकी, बान्ता र ज्वरो निम्त्याउँछ।

संक्रमित व्यक्तिको बान्ता वा पखालाको कारण हावामा भएको भाइरस, सास लिंदा संक्रमित हुने वा संक्रमित व्यक्तिले पकाएको खाना खाएर पनि सर्न सक्दछ।

साथै, भाइरस भएको oysters आदि जस्ता bivalves नतताईकन खाँदा पनि भाइरस सर्न सक्दछ।

धेरै मात्रामा बान्ता र पखालाबाट डिहाईड्रेसन हुन सक्छ।

तुरुन्तै चिकित्सकलाई देखाउने गरौं।

यो सामान्यतयाः २, ३ दिनमा ठीक हुन्छ, तर लक्षणहरू हराए पनि १ हप्तादेखि १ महिनासम्म, भाइरस दिसामा निस्कन्छ।

संक्रमणलाई बढ्न नदिन, निम्न रोकथामका बिधिहरू अपनाऔं।

खाना पकाउनु अघि, खाना खानु अघि, शौचालय पछि, आदि साबुनले राम्ररी हात धुने गरौं।

खाना पकाउने भाँडाहरू हरेक पटक प्रयोग गरेपछि राम्रोसँग धोएर उमालेको पानी वा क्लोरीन ब्लीचले कीटाणुरहित पार्ने गरौं।

अल्कोहल युक्त किटनाशक भने नोरोभाइरस विरुद्ध कम प्रभावी हुन्छ।

नोरोभाइरस ८५℃ देखि ९०℃ तापक्रममा ९० सेकेन्ड वा सो भन्दा बढि ततायो भने मर्छ।

खानेकुरालाई पर्याप्त मात्रामा तताउने गरौं। काँचो खाने तरकारी र फलफूल राम्रोसँग धोएर प्रयोग गरौं। शरीर सन्चो नभएको बेला खाना नपकाउनु राम्रो हुन्छ।

 

【कोरोना भाइरस संक्रमण रोकथामका लागि अनुरोध】

आजकल, कोरोनाभाइरस संक्रमण बिरूद्ध कदम चाले पछि, मानिसहरुको सम्पर्कमा आउने गतिबिधि अलि बढेर आएको छ। मास्क लगाउने, हात धुने, राम्ररी मुख कुल्ला गर्ने, साथै सान्मिचु (तीन कुरा बन्द) बाट टाढा रहौं। ३ कुराहरु भन्नाले, हावा आवतजावत कम हुने बन्द कोठामा नबस्ने, भीडभांडका ठाउँहरूमा नजाने, कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाएर बस्ने होI प्रत्येक व्यक्तिले, आधारभूत संक्रमण रोकथामका उपायहरू अपनाउन हुन विनम्र अनुरोध गर्दछौंI

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ