ブログ

ポッドキャスト

ポッドキャスト RSS

Life in Fukuoka "Nepali" Vo.21

2020.08.20[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー)

【युकाता】

"युकाता" भनेको गर्मीको बेला लगाउने अनौपचारिक जापानी लुगा हो। पातलो कपडाबाट बनेको यो लुगा, गर्मीमा रमाइलोको लागि फेसनको रूपमा, प्रायःजसो, बोन ओडोरी र आतिशबाजी उत्सवहरू आदिमा लगाइन्छ। साथै, युकाता लगाउँदा, "गेटा" भनिने, परम्परागत जापानी जुत्ता पनि लगाउनु पर्छ।

युकाता, पुरानो जमानादेखि आधुनिकशैलीसम्मको, विभिन्न आकर्षक डिजाईनहरूमा पाईन्छI यसमा विभिन्न किसिमका डिजाइनहरु, जस्तै फूल, आतिशबाजी, गोल्डफिश, जापानी गर्मी ऋतुको सुन्दर दृश्य आदिले भरिएको हुन्छ।

नयाँ कोरोना भाइरसका कारण, यस वर्ष गर्मीको चाडपर्वहरु नभएकोले, युकाता लगाएको व्यक्ति शहरमा देख्ने मौका नहुन सक्छ, तापनि युकाता भाडामा दिने पसलहरू भएकाले, यदि तपाईं जापानमा बस्दै हुनुहुन्छ भने, एकपटक लगाएर हेर्नु भए कस्तो होला?

 

【फुकुओका शहरले जारी गरेको जानकारीमुलक सूचनाहरु】

विशेष तथा निश्चित अनुदान रकमको बारेमा

जापान सरकारबाट पाउने १ लाख येनको राहत रकमको लागि आवेदन बुझाउने अन्तिम म्याद अगस्त ३१ तारिख हो।

२०२० अप्रिल २७ सम्ममा जापानको आधारभूत बसोबास दर्ता पुस्तिकामा दर्ता भएकाहरुलाई, फुकुओका शहरले  आवेदन फारम पठाएको छI

कृपया अन्तिम म्यादसम्ममा आवेदन बुझाउनुहोलाI नबुझेको केही कुरा भएमा, फोनमार्फत परामर्श लिन सक्नुहुन्छI

फोन नम्बर, ०९२-४०१-०८२६ I

सोमबार देखि शुक्रवार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म, अंग्रेजी, चाइनिज, कोरियाली, भियतनामी र नेपाली भाषामा परामर्श लिन सक्नुहुन्छ।

यस अतिरिक्त, Life in Fukuoka को विशेष एपिसोडमा ५ मिनेटमा बुझ्न सजिलो हुने गरि, ‘विशेष तथा निश्चित अनुदान रकम’ सम्बन्धि जानकारी दिने कार्यक्रम, हाल LOVE FM मा प्रसारण भईरहेको छI

नेपाली भाषामा हरेक हप्ताको विहिबार दिउँसो १:५३ बाट सुन्न सक्नुहुन्छI

LOVE FM को होमपेजबाट podcast मा गएर तपाईको मिल्ने समयमा पनि सुन्न सक्नुहुन्छI

अवश्य होमपेज हेर्नुहोलाI

 

मापसे ड्राइभिंग उन्मूलनको बारेमा

तपाईहरुलाई, २००६ अगस्त २५ मा फुकुओका शहरमा  घटेको, मदिरा सेवन सवारी दुर्घटनाको बारेमा थाहा छ?

हिगासी वार्डको "उमि नो नाका मिची ओहाशी" मा, मापसे गरि सवारी चलाउँदा, दुर्घटनामा तीन बच्चाहरुको मृत्यु भयो।

फुकुओका शहरमा, यस दुर्घटनाको कारण, मादक पदार्थ सेवन गरि सवारी चलाउन रोक्नका लागि विभिन्न प्रयासहरू हुँदै आईरहेकोछ। तर पनि यो अहिलेसम्म रोकिएको छैन। २०२० मा, मापसेका कारण ३९ दुर्घटनाहरू भएको पाईन्छ। मदिरा सेवन गरि गाडी चलाउनु अपराध हो।

l  मदिराको सेवन गरेपछि कार, मोपेड, वा साइकल नचलाउनुहोस्।

l  मदिराको सेवन गरेको व्यक्तिलाई कार भाँडामा दिने वा गाडी चलाउने व्यक्तिलाई रक्सी पिउन प्रोत्साहन नगर्नुहोस्।

l  साथै, सवारी चालकले मदिराको सेवन गरेको थाहा पाउँदा, त्यस कारमा नचढ्नुहोस्।

 

मदिरा पिएर गाडी चलाउनु भयो भने, ट्राफिक दुर्घटनाको जोखिम बढाउँछ।

उदाहरण को लागी,

l  सुरक्षित ड्राइभिंगका लागि आवश्यक, ध्यान र निर्णय कम हुनेछ।

l  अत्यधिक गति र खतरा पत्ता लगाउन ढिलाइ हुनेछ।

l  ब्रेक पेडल थिच्न लामो समय लिनेछ।

 

हामी सबैले मदिरा सेवन गरि सवारी नचलाऔं र चलाउन पनि नदिऔं भन्ने दृढ इच्छाशक्ति हुनु आवश्यक छ।

दुर्घटनाको १४ बर्ष पुगेको यस वर्ष, अगस्ट २५ देखि अगस्ट ३१ सम्म, फुकुओका सिटी हलको पहिलो तल्लाको लबिमा "लाइफ सन्देश प्रदर्शनी" राखिनेछ।

फेरी एकपटक,  मापसेको कारण सवारीबाट भएको दु:खत दुर्घटनाको बारेमा जानौं, पीडितहरूलाई महसुस गरौं, र सबैले मापसे ड्राइभिंगलाई बन्द गरौँ!

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ