福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2024.03.07[Thu] 09:00
कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【अन्तर्राष्ट्रिय नारी दिवस】
मार्च ८ अन्तर्राष्ट्रिय नारी दिवस पर्छ।महिला अधिकारको रक्षा गर्न र उनीहरूका उपलब्धिहरूको सम्मान गर्न संयुक्त राष्ट्र संघद्वारा स्थापित गरिएको यो दिवस विश्वभरी मनाइन्छ।
अन्तर्राष्ट्रिय नारी दिवसको प्रतीकको रुपमा रहेको फूल मिमोजा हो। तपाईहरुले आजकल शहर वरिपरि मिमोजा फूलहरु देख्नुभएको छ कि छैन होला। जाडो मौसमको अन्त्य र वसन्तको सुरुवातको सङ्केतको रुपमा, फेब्रुअरीदेखि मार्चसम्म फुल्ने मिमोजालाई `कृतज्ञता` र `खुशीको फूल` पनि भनिन्छ। यसको चम्किलो पहेंलो भिटामिन रङले गर्दा हेरेर मात्र पनि ऊर्जा महसुस हुन्छ, यो फूल सुन्दर अनि बिशेष रुपले मनमोहक छ!
जसरी जापानमा आमाको दिनमा कार्नेशन फूल दिने चलन छ, त्यसरी नै, यो मिमोजा फूल अन्तर्राष्ट्रिय नारी दिवसमा आफ्नो कृतज्ञता व्यक्त गर्ने रुपमा दिंदा पनि राम्रै होला कि!
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
"संयुक्त राष्ट्र संघकाकर्मचारीहरूसँग मिलेर शहरको विकास गरौं! सहभागिताको लागि आह्वान" सम्बन्धि सूचना
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले UN-Habitat Fukuoka Headquarter का कर्मचारीहरूलाई लेक्चरका लागि आमन्त्रित गर्ने र सहरी विकास सम्बन्धी कार्यशाला आयोजना गर्ने भएको छ।
यो कार्यशाला कार्यक्रम, प्राथमिक विद्यालयको ४कक्षादेखि जुनियर हाई स्कूलको ३कक्षाका विद्यार्थीहरूका लागि, मार्च २३ शनिबार बिहान १०:०० बजे देखि ११:३०बजे सम्म आयोजना हुनेछ। कार्यक्रम स्थल ACROS Fukuoka हो।
"मानव अधिवासन" सम्बन्धि क्रियाकलापहरु आयोजना गरिंदै आएको UN-Habitat Fukuoka Headquarter, क्युशुमा रहेको एक मात्र संयुक्त राष्ट्र एजेन्सी हो।
कार्यशालामा सहभागीहरू आफूलाई Habitat गाउँका बासिन्दाको रुपमा सोची, भारी वर्षाबाट धेरै क्षति भएको गाउँको पुन:निर्माणको लागि सबैजना मिलेर योजना बनाउनेछन्।
कार्यशाला साधारण जापानी भाषामा सञ्चालन हुने भएकोले विदेशी मूलका बालबालिकाहरू पनि सहभागी हुन सक्छन्।
संयुक्त राष्ट्र संघको विश्वव्यापी गतिविधिहरूमा रुचि राख्नुहुने सबैजना, हामी तपाईंहरुको सहभागिताका लागि पर्खिरहेका छौं।
Fukuoka City Consultation Support Center for Foreign Residents को काउन्टर खुल्ने समय बारे
हाकाता वार्डको तेन्यामाचीस्थित फुकुओका सिटी इन्टरनेशनल सेन्टरको पहिलो तल्लामा Fukuoka City Consultation Support Center for Foreign Residents नामको केन्द्र छ। जहाँ, विदेशीहरूलाई फुकुओकामा आरामदायी जीवनयापनका लागि, धेरै भाषाहरूमा जानकारी प्रदान गर्नुका साथै कानूनी परामर्श र अध्यागमन स्थिति परामर्श जस्ता निःशुल्क विशेष परामर्शहरू पनि प्रदान गरिंदै आईरहेको छ।
Fukuoka City Consultation Support Center for Foreign Residents को काउन्टर अप्रिलदेखि, बिहान ९:००बजेदेखि बेलुका ५:३०बजेसम्म खुल्ला रहनेछ।
परामर्शहरू, काउन्टरमा आमनेसामने, वा टेलिफोन वा सोधपुछ फारम मार्फत स्वीकार गरिन्छ। आमने-सामने र टेलिफोन परामर्शका लागि, टेलिफोन दोभाषे सेवा २२ वटा भाषाहरूमा उपलब्ध छ।
यस केन्द्रको ठेगाना रहेको छ, फुकुओका शहर, हाकाता वार्ड, तेन्यामाची ४-१
फोन नम्बर टोल-फ्री रहेको छ, ०१२०-६६-१७९९
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको LINE आधिकारिक Account बाट LINE कल पनि प्रयोग गर्न सक्नुहुन्छ।
विस्तृत जानकारीका लागि, फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज हेर्नुहोला।
सहभागिता नि:शुल्क हो, तर अग्रिम रिजर्भेसन गर्न आवश्यक छ।
रिजर्भेसन कसरी गर्ने भन्ने बारे विवरणहरूको लागि, कृपया फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज वा फेसबुकमा हेनुहोस्।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेज fcif.or.jp हो
कुनै प्रश्नहरू छन् भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्। फोन नम्बर "०९२-२६२-१७४४" हो।