福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2022.03.10[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健) , अन्य(その他)
【”ह्वाईट डे” को परिचय】
तपाईंहरु प्रायःजसोलाई थाहा नै होला, फेब्रुअरी १४ तारिक भनेपछि भ्यालेन्टाईन डे अर्थात् प्रेम दिवस! जापानमा, यस दिन सामान्यतयाः केटिले मन पर्ने केटा वा सँधै आभारी भएका व्यक्तिहरुलाई चकलेट दिने चलन छI अनि चकलेट पाएको केटाले फेरी त्यो केटीलाई मार्च १४ मा चकलेट दिने गरिन्छ जुन दिनलाई ह्वाईट डे भनिन्छI भ्यालेन्टाईन डे संसारभर मनाउने चलन छ, तर ह्वाईट डे जापान, चीन, दक्षिण कोरिया आदि केही देशहरूमा मात्रै मनाउने गरेको देखिन्छ।
सन् १९६५ को अन्त्यदेखि ५० को दशकमा यो चलन फैलिएको भनिन्छ। यो दिवस केही मिठाई वा चकलेटका उत्पादनकर्ताको विचारबाट उब्जिएको वा लामो समयदेखि स्थापित मिठाई पसलले शुरु गरेको भन्ने मान्यता पनि रहेको देखिन्छ।
विशेष गरी यहाँ फुकुओका शहरमा Ishimura-mansei-dou को सोचबाट आएको Marshmallow Day निकै लोकप्रिय छ ।
पहिलेका समयमा, सेतो चकलेट, क्यान्डी र Marshmallow विशेष मानिन्थ्यो भने आजकल जुनसुकै मिठाई पनि यस दिनमा आदानप्रदान गर्ने गरिन्छ।
यस दिवसका लागि विशेष बिक्री काउण्टर पनि राखिने भएकोले, किनमेल गरेर मनोरञ्जन लिने अवसर पनि हो।
【नयाँ कोरोना भाइरस विरुद्धको खोपको सूचना】
फुकुओका शहरमा नयाँ कोरोना भाइरस विरुद्धको खोपका लागि ईच्छुक सम्पूर्ण व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन सुनिश्चितका लागि काम भईरहेको छ।
फुकुओका शहरमा, तेस्रो पटकको खोप शुरु भएको छ।
दोस्रो पटकको खोप लिईसक्नु भएका, १८ वर्षका वा सोभन्दा माथिका फुकुओका शहरको नागरिकहरुलाई, फुकुओका शहरले तेस्रो पटकको खोप लिनका लागि खोप कुपन हुलाक मार्फत् पठाउनेछ।
दोस्रो पटकको खोप लगाएको लगभग ७ महिनापछि पनि खोप कुपन पाउनु भएन भने, कल सेन्टरमा फोन गर्नुहोला।
खोप कुपन पाउनुभएपछि, बुकिंग साइट वा खोप सेन्टरमा बुकिंग गर्न सकिने हुनाले, कृपया खोप कुपन नपाउन्जेल प्रतिक्षा गर्नुहोला।
फुकुओका शहरमा खोप सम्बन्धि परामर्श लिन र बुकिंग गर्न सकिने फोन नम्बर रहेको छ,
०९२-२६०-८४०५ । हरेक दिन बिहान ८ :३० देखि बेलुका ५ :३० बजेसम्म कल स्वीकार गरिन्छ।
अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी आदि ७ वटा विदेशी भाषाहरूमा यो सेवा उपलब्ध छ।
【बसोबास कर छुट भएका परिवारहरूका लागि आपतकालीन विशेष अनुदान रकमको सूचना】
नयाँ कोरोनाभाइरसको सङ्क्रमको प्रभाव लामो समयसम्म रहिआएको कुरालाई मध्यनजर गरि, जापान सरकारले जिविकोपार्जनमा टेवा पुर्याउन, बसोबास कर छुट भएका परिवारहरूलाई प्रति परिवार १,००,००० येन नगद उपलब्ध गराउने निर्णय गरेको छ।
बसोबास करको दायराभित्र नपरेका र भुक्तानीका लागि योग्य भएका परिवारहरुलाई फुकुओका सिटि नगरपालिकाले अनुदान रकमको विवरण वा पुष्टि गर्नुपर्ने बिषयवस्तुहरु उल्लेखित पुष्टिकरण पत्र पठाएको छ।
अनुदान रकम प्राप्त गर्नका लागि प्रक्रियाको आवश्यक पर्छ।
पुष्टिकरण पत्र प्राप्त गर्नुहुने महानुभावहरुले विवरणको राम्ररी जाँच गरि, पुष्टिकरण जारी भएको मितिबाट ३ महिना भित्र फिर्ता पठाउनुपर्छ।
अनुदान रकमको बारेमा परामर्श लिन सकिने फोन नम्बर, ०१२०-०१८-०९२ हो।
सोमबारदेखि शुक्रबार, बिहान ९:०० देखि बेलुका ६:०० बजेसम्म कल स्वीकार गरिन्छ।
अंग्रेजी, चाइनिज, कोरियाली, नेपाली, भियतनामी, स्पेनिश र पोर्चुगिज भाषाहरूमा परामर्श लिन सकिन्छ।