福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2020.11.19[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健) , आवास(住宅)
【Labour Thanksgiving Day】
यो वर्ष सकिन अब केवल एक महिना मात्र बाँकी छI
नोभेम्बर २३, बर्षको अन्तिम सार्वजनिक बिदाको दिन, “Labour Thanksgiving Day” हो। श्रमको सम्मान गर्ने, उत्पादनलाई मनाउने र एक अर्कालाई धन्यवाद दिने उद्देश्यले, सन् १९४८ मा सिर्जना गरिएको जापानका अन्य बिदाहरूमध्ये एक हो।
निइनामेसाई भन्ने, त्यस वर्षको फसल भगवानलाई चढाएर धन्यवाद दिने र अर्को वर्ष पनि राम्रो फसल होस् भनि कामना गर्ने यस बिदाको मुख्य उदेश्य मानिन्छI
नोभेम्बर २३, दैनिक अन्नदातालाई धन्यवाद दिंदै, आफ्ना वरिपरिका मानिसहरूको कडा दैनिकि परिश्रमका लागि एक अर्कालाई धन्यवाद ज्ञापन गर्ने दिन होI यस आधारमा, “Labour Thanksgiving Day” एउटा रमाईलो बिदाको दिन होI
यस बिदाको दिन घरमा आरामले दिन बिताउने, वा ओन्सेन्मा गएर फ्रेस हुने, तथा बच्चाहरुले आमाबुबालाई धन्यवादको रुपमा उपहार दिने आदि तरिकाले मनाउने गर्दछन्I
तपाईं चाहिँ नोभेम्बर २३ कसरी मनाउनुहुन्छ होला?
【विश्व एड्स दिवस १२/१】
डिसेम्बर १ विश्व एड्स दिवस हो।
एड्स फैलिनबाट रोक्न तथा बिरामी र संक्रमित व्यक्तिहरू विरुद्ध भेदभाव र पूर्वाग्रह हटाउने उद्देश्यले, WHO द्वारा सन् १९८८ मा स्थापना गरिएको यस दिवस, प्रत्येक वर्ष डिसेम्बर १ लाई केन्द्रित गरि, विश्वभर एड्स सम्बन्धि जनचेतना जगाउने गतिविधिहरू आयोजना गरिन्छ।
प्रत्येक वार्डको Health and Welfare Center मा, HIV परिक्षण निःशुल्क र गोप्य रूपमा गर्न सक्नुहुन्छ।
HIV संक्रमणको प्रारम्भिक पहिचान र उचित स्वास्थ्य सेवा र उपचारले एड्स फैलिने गतिलाई ढिलाइ गर्न सक्दछ। त्यसैले, प्रारम्भिक परिक्षण गर्ने गरौँ।
परिक्षण गर्न मिल्ने दिनको निश्चित समय भएकोले, कृपया जानुअघि अग्रिम जानकारी लिनुहोला।
यसका अतिरिक्त, एड्स पीडित व्यक्तिहरूलाई बुझ्ने र समर्थन गर्ने ईच्छुकत्तालाई रातो रिबनको प्रतिकले दर्शाउँछI
रातो रिबनले, एड्सको बारेमा कुनै पूर्वाग्रह नभएको र एड्स भएकासाथ बस्नेहरूसँग भेदभाव गर्दैनौं भन्ने सन्देश दिन्छ।
विश्व एड्स दिवसको लागि, एड्सको बारेमा सही ज्ञान र यसको रोकथाम उपायहरूको बारेमा सबैजनाले मनन गरेर हेरौं।
【आगोबाट सावधानी】
शरददेखि हिउँदसम्म, हावा सुक्खा भई आगलागि हुने यो मौसम होI
गत वर्ष, फुकुओका शहरमा ३०७ वटा आगलागिको घटनाहरु घटेका थिए।
आगलागिको मुख्य कारणहरू चुरोट, ग्याँस चूलो, स्टोभ आदि हुन्।
कपडा वा पर्दा, स्टोभमा छोएर आगलागी भएका धेरै उदाहरणहरु छन्I
त्यस्तै, सुतिरहेको बेला सिरक वा ओछ्यान स्टोभमा छोएर आगलागी हुन सक्छI
त्यसैले, स्टोभ नजिक ज्वलनशील वस्तु राख्नु अत्यन्त खतराजनक हुन्छ।
स्विच अफ गर्न नबिर्सन सावधान हुनुहोस्I
साथै, ग्याँस चूलोको आगोबाट पनि सावधानी अपनाउनु जरुरी छ।
जाडो बढ्दै आए पछि, नाबे आदि, ग्याँस चूलोको धेरै प्रयोग हुन्छI यसको प्रयोग गर्दा, कहिल्यै त्यतिकै छोडेर नराख्नुहोस्।
त्यस्तै, चुरोट पनि आगोको एक कारण हो।
ओछ्यानमा बसेर कहिल्यै चुरोट नपिउनुहोस्, चुरोटको ठुत्ताहरु जम्मा गरि नराख्नुहोस् अनि चुरोटको आगोलाई पूर्ण रुपमा निभाउने गर्नुहोस्I
आफ्नो घरको फायर अलार्म र आगो निभाउने उपकरणहरूको मिति सकिएको छ-छैन नियमित रूपमा जाँच गराउने गरौँ।
हामी प्रत्येकले, हरेक दिन आगलागी हुनबाट रोक्न प्रयास गरौं।