福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2020.04.16[Thu] 09:00
चिकित्सा तथा स्वास्थ्य(医療・保健)
कोरोना भाईरसको संक्रमणको विस्तार रोकथामको लागि अनुरोध
तपाईंहरुले सुन्नुनै भयो होला, फुकुओका प्रान्तलाई अप्रिल ७ मा आपतकालीन क्षेत्र भनेर घोषित गरिएको छ। फुकुओकाको गभर्नरले सबै बासिन्दालाई मे ६, बुधवारसम्म, अनावश्यक रुपमा बाहिर नजानको लागि आग्रह गर्नुभएको छ। यसका साथै, मुख्यतया: तीनवटा कुराहरुको बारे जानकारी लिनु र व्यवहारमा ल्याउनु पनि अत्यन्तै आवश्यक छ। ती हुन् :
१. हावा आवतजावत कम हुने बन्द कोठामा नबस्नुहोस्।
२. भीडभांडका ठाउँहरूमा नजानुहोस्।
३. कसैसँग पनि सम्पर्कमा आउँदा वा कुराकानी गर्दा दूरी बनाउनुहोस्।
यी कुराहरु ध्यानमा राखेर, कोरोना भाइरसलाई फैलिन नदिन, कुनै पनि कार्यक्रम वा ठूलो जमघट आदिमा, सहभागी नहुनुहोस्।
आपतकालीन भन्नाले शहर नाकाबन्दी होइन। रेल, बस र अन्य प्रकारका सार्वजनिक यातायात सञ्चालन जारी रहनेछ र सडकहरू अवरुद्ध हुनेछैन। त्यसैले नआतिनुहोस्।
साथै, अभिभावकहरु जसले आफ्नो बच्चालाई प्रमाणित नर्सरी स्कूल वा स्कूलमा बच्चाहरुको क्लब, जापानिजमा रुसुखातेई कोदोमो खाई, मा पठाउनुहुन्छ, उहाँहरुले सम्भव भएसम्म घरमै आफ्ना बच्चाहरूको हेरचाह गर्नुहोस् भनि फुकुओका शहरबाट आग्रह गरिएको छ।
अधिक जानकारीको लागि, कृपया वेबसाइटहरु मार्फत, फुकुओका प्रान्त र फुकुओका शहरले निकालेका जानकारीहरु अन्य लिदैंगर्नुहोस्।