ブログ

ポッドキャスト

ポッドキャスト RSS

बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

2020.10.15[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【जाडोको लुगा बाहिर निकाल्ने र मुशिबोशी सम्बन्धि परिचय】

यो, दराजमा थन्काएर राखिएका जाडोको लुगा बाहिर निकाल्ने मौसम होI जापान एक उच्च आर्द्रता भएको देश हो, त्यसैले यहाँ लुगालाई सुरक्षितसाथ राख्ने आफ्नै बिधि छ जसलाई "मुशिबोशी" भनिन्छ।

मुशिबोशी शब्द सुन्दा तपाईं के जस्तो लाग्छ होला?

बास्तवमा मुशिबोशी भनेको लुगाहरुमा धुसि नपरोस् भनेर, धोएर सुख्खा पारि, सफा ठाउँमा राख्ने बिधि हो। जब मौसम राम्रो र हावा सुख्खा हुन्छ, यस्तो बेलामा लुगा सुकाउँदा  किराले खानबाट रोक्नुको साथै, ओसिलोपन हटाउँछ र धुसि पर्नबाट पनि जोगाउँदछ। गर्मीयाम सकिन लागेको बेला October-November मा मात्र नभई, बर्षायाम शुरु हुनु अघिको बेला  July-August र हावा सुख्खा हुने समय January-February गरि, वर्षको तीन चोटी मुशिबोशी गरिन्छ।

 

【फुकुओका शहरले जारी गरेको जानकारीमुलक सूचना】

”नि:शुल्क शिशु शिक्षा र बाल हेरचाहको बारे”

यो सूचना साना बच्चाहरू भएका सबैका लागि हो।

३ देखि ५ वर्षको उमेरका बच्चाहरूको लागि किन्डरगार्टेंन,  नर्सरी स्कुल र प्रमाणित बाल संस्थाहरूमा अक्टूबर २०१९  देखि नि:शुल्क गरिएको छ।

तापनि,  तपाईंले यातायात, खाजा, र कार्यक्रमहरूको लागि पैसा तिर्नु पर्छ।

किन्डरगार्टेंन र  नर्सरी स्कुल अनुसार, सम्पूर्ण शुल्कमा पूर्ण रूपमा निःशुल्क नहुन सक्छ।

नबुझेको केही कुरा भएमा, वार्ड कार्यालयमा सम्पर्क राख्नुहोस्I

वार्ड कार्यालयमा, १८ वटा भाषाहरुमा परामर्श लिन सक्नुहुन्छ।

फोन नम्बर, ०९२-७५३-६११३I

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

त्यसपछि,  आफू बस्ने वार्ड अनि तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

 

“धुम्रपान आचरण सम्बन्धि”

के तपाईंलाई धुम्रपानका नियमहरू थाहा छ?

हिड्दा वा साइकल चलाउँदा धुम्रपान नगरौं।

फुकुओका शहरमा, विशेष गरी धेरै मानिसहरू हुने तेन्जिन, डाइम्यो र हाकाता स्टेशन परिसरको सडकहरुमा धुम्रपान गर्न निषेध गरिएको छI

हिंड्दा वा भिडभाडमा धुम्रपान गर्नु एकदम डरलाग्दा कार्यहरु हुन्I

व्यक्तिसँग ठोक्का, चुरोटको आगोले गर्दा पोल्ने वा लुगालाई जलाउने जोखिमको सम्भावना हुन्छ। धुँवाले गर्दा वरपरका मानिसहरुलाई अप्ठ्यारो पर्न पनि सक्छ।

साथै, धुम्रपान गरेको चुरोट सडकमा फाल्दा, आगलागि हुने सम्भावना पनि छ।

आफूले पिएको चुरोटको ठुटालाई, तोकिएको ठाउँमा फाल्नु राम्रो आचरण होI

बाहिर धुम्रपान गर्दा, पोर्टेबल एशट्रेसँगै बोक्ने गरौं।

धुम्रपान गर्दा, तोकिएको स्थानमा गर्न अनुरोध गर्दछौं।

नियम र आचरणहरुलाई अनुसरण गरि, तपाईंको वरपरका मानिसहरूको पनि सुरक्षित र आरामदायक जीवनयापनको लागि, सहयोगको अपेक्षा राख्दछौंI

 

 

2020.06.11[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【नेपालमा आजकल चलिरहेको कुरा】

आजकल नेपालमा, लकडाउनको समय उपयोग गर्दै, प्रायःजसोले Youtube मा हेरेर; नयाँ नयाँ परिकारहरु पकाउने, social media जस्तै कि Facebook , Instagram , Tiktok मा फोटो र भिडियो share गर्ने चलन धेरै बढि रहेको छI हुन पनि, २ महिनाभन्दा बेसीको यो घर बसाईमा, परिवारका सबैजना मिलिजुली नयाँ परिकारहरु पकाउने र खाने नै, एक किसिमको रमाईलो नै हो जस्तो लाग्छ मलाईI मेरो त नेपालमा बस्नु हुने परिवार, साथीहरु यस्तै गरि दिन बिताईरहेका छन्! शायद तपाईंहरुको परिवारजन तथा साथीहरु पनि यसरी नै दिन बिताईरहनु भएको होला नि है!

 

बाल भत्ताको वर्तमान स्थिति प्रतिवेदन सम्बन्धि

यो फुकुओका शहरबाट जारी सूचना होI

जुनियर हाईस्कूलसम्मका बच्चाहरुलाई हुर्काउँदै गरेको व्यक्तिहरुलाई बाल भत्ता प्रदान गरिंदै आइरहेको छI

भत्ता रकम तपाईंको आम्दानी र बच्चाको उमेर अनुसार ५,००० देखि १५,००० येन होI

४ महिनाको एकमुष्ठ रकम; जून, अक्टोबर र फेब्रुअरी महिनाहरूमा भुक्तानी गरिनेछI

बाल भत्ता प्राप्त गर्नको लागि तपाईंले हरेक वर्ष वर्तमान स्थिति प्रतिवेदन (गेन्क्योउ तोदोके) बुझाउनु पर्नेछI

जुन महिनाको शुरुतिर, फुकुओका शहरबाट सम्बन्धित व्यक्तिलाई वर्तमान स्थिति प्रतिवेदनको कागजपत्र पठाईएको छI

कृपया आवश्यक जानकारीहरु भरेर, जुनको ३० तारिखभित्र पुग्ने गरी हुलाक मार्फत पठाउनु होला|

यदि तपाईंले यो रिपोर्ट बुझाउनु भएन वा पूर्ण विवरण पेश गर्नु भएन भने, तपाईंले यो भत्ता पाउनुहुन्नI त्यसैले कृपया ध्यान दिनुहोला I

यदि तपाईंसँग केहि प्रश्नहरू छन् भने, कृपया, वार्ड अफिसको परामर्श सेवामा सम्पर्क राख्नुहोस्।

१८ वटा भाषाहरुमा, फोनमार्फत परामर्श लिन सक्नुहुन्छ। फोन नम्बर, ०९२-७५३-६११३,

फेरि एकपटक, ०९२-७५३-६११३

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

त्यसपछि,  तपाईं बस्ने वार्ड अनि तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

 

साईकल चलाउने नियम सम्बन्धी

गत वर्ष फुकुओका शहरमा १,७७० साइकल दुर्घटना र १ जनाको मृत्यु पनि भएको थियो।

त्यसैले साइकलको नियम र आचरणको पालना गर्न अत्यन्त आवश्यक छ।

अब म, जापानमा साइकल चलाउदा ध्यान दिनुपर्ने, मुख्य नियमहरुको बारेमा बताउन गईरहेकी छु।

जापानमा सैद्धान्तिक रूपमा साइकल, मोटर-बाटोको बायाँ पट्टिबाट चलाउनु पर्छI

सडक-पेटीमा पैदल यात्रीलाई प्राथमिकता दिनुपर्छ। सडक-पेटीबाट चलाउँदा मोटर-बाटो पट्टिको साइड भएर बिस्तारै चलाउनुपर्छ। 

राति नबिर्सिकन लाइट बाल्नुपर्छ।

साइकल सडकमा राखिएको पाईएमा, हटाइने हुनाले, साइकल पार्किंग स्थलमा पार्क गर्नुपर्छ।

अनि, समानान्तर रूपमा सँगसँगै साईकल चलाउन निषेध छ।

यस अतिरिक्त, फुकुओका शहरले Share Cycle Service अर्थात् Charichari (च्यारीच्यारी) पनि शुरु गरेको छI

अहिले साइकल पोर्टहरु, शहरभित्र २५० भन्दा बढी छ, र पोर्टको संख्यामा लगातार वृद्धि गर्ने योजना रहेको छI

Charichari को app प्रयोग गरी साइकल भाँडामा लिनुहोस् र प्रयोग गरिसकेपछि, गन्तव्यको नजिकको पोर्टमा फिर्ता गर्नुहोस्I

शुल्क, प्रति मिनेट ४ येन हो I शुल्क, कन्भिनी वा क्रेडिटबाट तिर्न सक्नुहुन्छ।

जस्तै कि, यदि तपाईं १० मिनेटमा तेन्जिनबाट हाकाता स्टेशनमा पुग्नुभयो भने, तपाईंले ४० येनमा साइकल प्रयोग गर्न सक्नुहुनेछ।

नहिच्किचाईकन यसको प्रयोग गरेर हेर्नुहोस्I

 

 

 

 

2020.04.02[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健) , आवास(住宅) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

मेरो नाम सरिता महर्जन हो, नेपालको काठमाडौँबाट |
फुकुओका आएको ५ वर्ष भयो | मैले Kyushu University बाट Urban Planning मा PhD गरि, हाल Love FM मा नेपाली भाषामा कार्यक्रमको DJ सँगसँगै, Professionally as an Architect, Japanese Design and construction company मा पनि काम गर्दैछु | यसको साथै, नेपाली भाषा सिक्न चाहाने Japanese हरुलाई बिगत ३ वर्षदेखि नेपाली भाषा पनि सिकाउदै आइरहेकी छु |
मलाई पुरानो Japanese buildings को अध्ययनको साथसाथै नयाँ शैलीको building design गर्न मनपर्छ |

अबबाट Fukuoka City ले जारी गरेको जानकारीमुलक सूचना दिन लागि रहेकी छु |

अबबाट फुकुओका शहरले जारी गरेको जानकारीमुलक सूचना दिन लागिरहेकी छु |
फुकुओकामा विदेशीहरुलाई समस्या भईरहेको जुनसुकै बिषयमा पनि परामर्श लिनका लागि, Fukuoka City Consultation Support Center for Foreign Residents को सुबिधा रहेको छ |
नयाँ बसोबासमा भएको समस्या, जापानी भाषा भएर नबुझेको कुरा वा कुनै पनि बिषयमा तपाईंले परामर्श लिन सक्नुहुनेछ | यो सुबिधा १९ भाषाहरुमा राखिएको हुनाले, अबश्य यो सुबिधालाई प्रयोग गर्नुहोस् |
परामर्शका लागि फोन नम्बर ०९२-२६२-१७९९ मा सम्पर्क गर्नु होला |
यो फुकुओका शहरबाट जारी सूचना थियो |

1 2 next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ